३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

बुद्ध एयरले राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सुरु गर्दै

१ पुस, काठमाडौं । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलबाट रात्रीकालिन उडान सोमबार अपरान्हदेखि सुरु गर्ने भएको छ । सोमबार परीक्षण उडान गर्न लागिएको हो । बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि सोमबार(आज)देखिराजविराज विमानस्थलमा रात्रीकालिन उडान […]

बागमती मुख्‍य समाचार समाचार समाज

ललितपुर महानगरपलिकाले १०६ औँ स्थापना दिवस मनाउँदै

१ पुस, काठमाडौं । ललितपुर महानगरपलिकाले मंगलबार आफ्नो  १०६ औँ स्थापना  दिवस मनाउँदैछ । सोमबार महानगरपालिकाले १०६ औँ स्थापना दिवसको अवसरमा ‘अदृश्य कामहरु दृश्यमा’ प्रदर्शनी गरिने लगायतका कार्यक्रम राखिएको जानकारी गराएको हो । उक्त कार्यक्रममा बोल्दै महानगरपलिकाका मेयर चिरिबाबु महर्जनले १९७५ पुसको २ गते स्थापना भएको महानगरपालिका सबैभन्दा जेठो भएको बताए । उनले काठमाडौं  महानगरपालिका समेत […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

योजनाहरुका विषयमा मन्त्रालयका बिचमा समन्वय नभएको गुनासो

१ पुस, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले १६ औं योजनामा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को मन्त्रालयका मन्त्रीको स्वामित्वमा नभएको गुनासो गरेका छन् । सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा योजना आयोगका सदस्यहरुसँगको छलफलमा उनले १६ औं योजनाको विषय अध्ययन गर्दा एउटा मन्त्रालयले गरेको योजनाहरु अर्को […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १ पुस । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज परिसूचक ५१ दशमलव ३७ अङ्कले घटेर दुई हजार छ सय ३० दशमलव ९१ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ९१ प्रतिशतको गिरावट हो । आज तीन सय चार कम्पनीको एक करोड २७ लाख ४५ हजार सात […]

खेलकुद फिचर (Main Feature) मुख्‍य समाचार विचार समाचार समाज

एनपिएलमा चल्न नसकेको ‘पोखरा एभेन्जर्स

सुरज घिमिरे काठमाडौँ, १ पुस : नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो, “पोखरा एभेन्जर्सका मार्की खेलाडी कुशल भुर्तेल बलर हुन् कि ब्याटर छुट्ट्याउन गाह्रो हुने उहाँको कौसल छ । मैले मात्र होइन्, विश्वले नै छुट्याउन सकिरहेको छैन जस्तो लाग्छ ।” जारी एनपिएलमा पोखराका कप्तान तथा मार्की खेलाडी […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

गण्डकी, १ पुसः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आज सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीका प्रवक्ता वसन्तकुुमार शर्माले जानकारी दिए । सहकारी ठगीसम्बन्धी मुद्दामा कात्तिक २ गते काठमाडौँबाट प्रक्राउ गरी उहाँलाई पोखरा ल्याइएका थियो ।

मुख्‍य समाचार राजनीति समाचार समाज

पीएल सिंहको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाइने

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहको शोकमा देशभरका पार्टी कार्यालयहरूमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १, २ र ३ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । साथै  मंगलबार पार्टीको केन्द्र, प्रदेश र […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

फागुन १४ गते महाशिवरात्रिमा ‘फेरी रेशम फिलिली’ रिलिज घोषणा

काठमाडौं । रौनक विक्रम कडेलको लगानीमा निर्माण भएको सिनेमा ‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा गरिएको छ । आइतबार एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १४ गते महाशिवरात्रिलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा मुख्य अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सुपुष्पा भट्ट प्रस्तुत छन् । विनय ९ वर्षअघि प्रदर्शन भएको […]

मुख्‍य समाचार समाचार समाज

पीएल सिंहबाट सिक्ने भनेको विधिको शासन हो : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले दिवंगत नेता पीएल सिंहले प्रजातन्त्रको लागि ठूलो योगदान गरेको बताएका छन् । सोमबार काठमाडौं महानगरपालिकाका प्रथम मेयर पीएल सिंहको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले सिंह लोकप्रिय व्यक्ति मात्र नभइ सम्पूर्ण जीवन प्रजातन्त्रको लागि समर्पित गरेको बताए । उनले भने, ‘प्रजातन्त्रको लागि उहाँले ठूलो योगदान गर्नु भएको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

संसदीय अभ्यासलाई उचाईमा पुर्याउन संसदीय पत्रकारीताको महत्वपूर्ण भूमिका : सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई पारदर्शि ढङ्गले अझ उचाईमा पु¥याउन संसदीय पत्रकारीताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । सोमबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजद्धार आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै उनले संसदीय पत्रकारीताले नै समाजमा संसदीय व्यवस्थाको महत्वलाई बुझाउन मद्दत गरेको बताएका हुन् । उनले भने, ‘समाजमा संसदीय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिनु हुँदैन : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार अस्थिर हुँदा त्यसको असर विकास निर्माण र जनतामा पर्ने बताएका छन् । सोमबार ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले विगतमा जस्तो सधैँ सत्ता र राजनीतिक अस्थिरतामै रुमलिन नहुने बताएका हुन् । उनले भने, ‘राजनीतिक अस्थिरता भयो भने सरकार अस्थिर हुने र सरकार […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

काठमाडौं । सोमबारका लागि तोकिएको अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो । समिति सभापति सन्तोष चालिसेका अनुसार सांसदहरूको उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकिएको हो । ‘कोरम पुर्याउनका लागि १२ जनाको उपस्थित हुनुपर्ने थियो तर हामी १० […]