२ कार्तिक २०८३, आईतवार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

माओवादी केन्द्रीय समितिको छैठौं बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो । जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए । बैठक मंगलबार विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमाले केन्द्रीय कमिटी बैठक : पार्टी निमार्णमा देखिएका समस्याको समाधानमा जोड

काठमाडौं । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमाले केन्द्रीय कमिटी बैठकले पार्टी निर्माणमा देखिएका समस्याको समाधानका विषयमा विशेष जोड दिइरहेको बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गौतमले पार्टीभित्रका कुनै किसिमका गुटबन्दीहरु पार्टीले सहनुहुन्न र कहिँकतै गुटगत आशयका गतिविधि भयो भने पार्टीले निगरानीमा राख्ने कुरामा समेत पार्टीले जोड दिएको बताएका हुन् । उनले भने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौँ, २२ पुस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताएका छन् । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताए । उनले कान्ति बाल अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचारको व्यवस्था बनाइसकेको समेत उल्लेख गरे । कान्ति बाल अस्पतालमा भौतिक […]

अर्थ मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

राष्ट्रको सिमाना रक्षा गर्न सरकार संवेदनशील छः गृहमन्त्री

काठमाडौँ, २२ पुस । गृृहमन्त्री रमेश लेखकले सरकार राष्ट्रको भूमि र सिमानाको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । आफ्नो भूमिको सुरक्षा गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै त्यसनिम्ति सरकार संवेदनशील भएर लागेको बताए । राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले भारतीय नागरिकले कञ्चनपुरको शुल्लाफाँटाको जग्गामा खेतीपाती गरेको विषयलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर

काठमाडौं । आज श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच एक सम्झौतामा हस्ताक्षर भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको उपस्थितिमा उक्त्त सम्झौतामा हस्ताक्षर भएको होे । उक्त सम्झौताको उद्देश्य एक अर्कालाई आवश्यक पर्ने सूचना तथा तथ्याङ्कको माध्यमबाट आदानप्रदान गरी श्रम सम्बन्धी कानूनहरुको परिपालनाको साथै सामाजिक सुरक्षाको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

 ‘प्रजातन्त्र सेनानीको सक्रियताले नेपालमा परिवर्तन सम्भव’

महेन्द्रनगर धनुषा, २२ पुस । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रजातन्त्र सेनानीको सक्रियताका कारण नेपालमा परिवर्तन सम्भव भएको बताएका छन् । नेपाली जनताले आजसम्म जे जति अधिकार प्राप्त गरेका छन् त्यसमा प्रजातन्त्र सेनानीको भूमिका रहेकोे उनले उल्लेख गरे । जनकपुरधाममा आज नेपाल प्रजातन्त्र सेनानी सङ्घ मधेश प्रदेशको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता निधिले राणा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ

तिलाठी सप्तरी, २२ पुस । पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै गत असोज १७ देखि यही पुस २२ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेकोa हो । फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएका उनीहरूबाट ३३ वर्ष ११ महिना सात दिन कैद तथा रु […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

दिग्भ्रमित पार्न सक्ने खतराबाट आमसञ्चारका माध्यमहरू सचेत हुनुपर्छ :  राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलन मात्र नभएर सामाजिक र आर्थिक रुपान्तरणमा नेपाली पत्रकारिता क्षेत्र र नागरिक संस्थाका हैसियतले नेपाल पत्रकार महासंघले पु¥याएको योगदान सराहनीय भएको बताएका छन् । नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सृदृढीकरण र स्थायित्व पत्रकारहरूको मुख्य लक्ष्य हुनुपर्ने बताएका हुन् । उनले भने,‘स्वतन्त्र र निष्पक्ष […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

इ–नेवल नेपालद्वारा अमेरिकन प्रविधिबाट निर्मित कृतिम हात निःशुल्क वितरण

काठमाडौं । इ–नेवल नेपालले अमेरिकन प्रविधिद्वारा निर्माण भएको कृतिम हात वितरण गरेको छ । जन्मजात हात नभएका तथा विभिन्न दुर्घटनामा परि हात गुमाएका व्यक्तिहरुको सहजताका लागि संस्थाले निःशुल्क हात प्रदान गरेको हो । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायको विशेष उपस्थितिमा संस्थाले आज एक कार्यक्रमकाबीच १० जना हत्केला नभएका मानिसहरुलाई प्राविधिकहरुको सहयोगमा कृतिम हात प्रदान गरेको […]

अर्थ पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नेपाल सत्कार दिवस’ काठमाडौंमा माघ २ गते हुने

काठमाडौं । होटल संघ नेपालले माघ २ गते बुधबार काठमाडौंमा नेपाल सत्कार दिवस २०२५ (Nepal Hospitality Day २०२५) को आयोजना गर्न लागेको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्ने जनाएको हो । होटल क्षेत्रले वर्षैभरी भोगेका अवस्थाहरु र विकासका सम्भावना, […]

अर्थ बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘ममी’ को पहिलो गीत ‘म त यसै नक्कली’ सार्वजनिक

काठमाडौं । समर निरौलाको डेव्यु निर्देशकिय सिनेमा ‘ममी’को पहिलो गीत सार्वजनिक गरिएको छ । एसडी योगीको संगीत रहेको ‘म त यसै नक्कली’ बोलको गीतमा हर्क साउदको शब्द रचना तथा रिकेश गुरुङले एरेञ्ज गरेका हुन् । समीक्षा अधिकारी र विज्ञानी पराजुलीको स्वर रहेको गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री प्रिंयका कार्की र दीया मास्के फिचर्ड छन् […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एमालेमा

काठमाडौँ, २२ पुस । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमाले मा फर्केका छन् । एमालेको केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकका क्रममा उहाँलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले पार्टी प्रवेश गराएका हुन् । उनी एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका ‘सहइञ्चार्ज’ थिए । मकवानपुर निवासी उनी […]