१ कार्तिक २०८३, शनिबार
अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

लमजुङमा चारसय मेट्रिकटन सुन्तला उत्पादन

लमजुङ, २३ पुस । चालु आर्थिक वर्षमा जिल्लामा चार सय मेट्रिकटन सुन्तला उत्पादन भएको छ । एक सय ३० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाखेतीबाट चार सय मेट्रिकटन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । विगतमा प्रशस्त सुन्तला उत्पादन हुने गरेकामा किसानको बेवास्ता, बोटमा रोग र किरा लाग्नेलगायत समस्याले उत्पादनमा वृद्धि हुन नसकेको कार्यालयका […]

अन्तर्राष्ट्रिय अर्थ खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय स्पर्धाका पदक विजेता खेलाडी प्रधानमन्त्रीबाट पुरस्कृत

काठमाडौँ, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छन् । युवा तथा खेलकुद मन्त्रालयले आज प्रधानमन्त्री निवासमा आयोजना गरेको कार्यक्रममा सरकारको गत मङ्सिर २८ गतेको निर्णयबमोजिम उहाँहरूलाई पुस्कार प्रदान गरिएको हो । प्रधानमन्त्री ओलीको […]

बागमती मुख्‍य समाचार समाचार समाज

जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी

नवलपुर नवलपरासी, २३ पुस । यस वर्ष चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदी आसपासका सिमसार क्षेत्रमा जलपन्छीको प्रजाति र सङ्ख्यामा कमी आएको छ । सोमबारदेखि सुरु भएको जलपन्छी गणना अन्तर्गत चरा गणनामा संलग्न निकुञ्जका मध्यक्षेत्र संयोजक एवं चराविज्ञ मनेष लिम्बूले विगतमाझँै चराको प्रजाति र सङ्ख्या नभेटिएको बताए । “अघिल्लो वर्ष जलपन्छी गणनामा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

उनन्तीस वर्षदेखि ओडारमा व्यापार

मन्थली रामेछाप, २३ पुस । दोलखाको तामाकोसी गाउँपालिका–५ का छत्रबहादुर कार्कीले २९ वर्षदेखि सोही वडास्थित भोर्ले भिरको ओडारमा व्यापार गर्दै आएका छन् । विसं २०५२ मा देवीटारमा निर्माणाधीन खिम्ती जलविद्युत् आयोजनका लागि तामाकोसी हुँदै देवीटारसम्म कच्ची मोटरबाटोको सुविधा पुगेपछि रामेछाप र सिन्धुलीका मानिस मन्थलीबाट खिम्ती हुँदै यही बाटो भएर काठमाडौँ ओहोरदोहोर गर्न थालेपछि उहाँले ‘चिया […]

बागमती मुख्‍य समाचार समाचार समाज

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ

काठमाडौँ, २३ पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबी लेसातदोबाटोस्थित एक कल सेन्टरमा छापा मारेर दुई भारतीयसहित ५३ जनालाई अनलाइन जुवा खेलाएको अभियोगमा पक्राउ गरेको छ । सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार उनीहरुलाई ‘अनलाइन क्यासिनो’ खेलाएका अभियोगमा पक्राउ गरिएको हो । हाल अनुसन्धान जारी रहेको तथा आज अदालतबाट म्याद लिएर थप अनुसन्धान […]

अर्थ पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘पर्यटक बसपार्क’ निर्माण गर्न माग

काठमाडौँ, २३ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटक बस राख्नका लागि अलग्लै ‘पर्यटक बसपार्क’ आवश्यक रहेको बताएका छन् । यहाँस्थित अस्थायी बसपार्कको निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा पर्यटक बसपार्कको आवश्यकता छ भने। “नेपाल पर्यटकीय दृष्टिकोणले धनी देश हो, पर्यटकीय गन्तव्य सबै ठाउँमा पर्यटक बसपार्क आवश्यक छ, यसका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य स्थिर,चाँदीको मूल्यमा बृद्धि

काठमाडौं । आज(मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मङ्गलवार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको हो । गत आइतबार र सोमबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। महासंघका अनुसार सोमबार […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसिपका नाममा ठगी, दुई जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित बाम्दीमा संचालित ‘पोखरा मोटो–ईन्डुरो क्रस च्याम्पियनसीप–२०२४’को नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पोखरा राईडर्स क्लबका अध्यक्ष सोनिक क्षेत्री समेत दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । गएको वर्ष चैत २३ र २४ गते बाम्दिमा संचालित उक्त च्याम्पियनसिपमा प्रथम […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ तरकारी र फलफूलको आजको मूल्य

काठमाडौँ, २३ पुस । कालिमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेडा ठूलो भारतीय प्रतिकेजी रु ८०, गोलभेडा सानो लोकल प्रतिकेजी रु ३०, गोलभेडा सानो भारतीय प्रतिकेजी रु ३५, गोलभेडा सानो तराई प्रतिकेजी […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य केन्द्र स्थापनाले टेम्केमैयुङवासीलाई सहज

भोजपुर, २३ पुस । आधारभूत स्वास्थ्य केन्द्र स्थापनाले भोजपुरको भौगोलिक रूपमा विकट रहेका दुई गाउँका स्थानीयले सहज स्वास्थ्य सेवा पाएका छन् । वर्षौँदेखि स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका टेम्केमैयुङ–५ मझौले र चोलन्ती गाउँका स्थानीयलाई सहजता भएको हो । भौगोलिक विकटताका कारण सामान्य स्वास्थ्य सेवा लिन पनि यहाँका नागरिकलाई तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो […]

अर्थ बागमती मधेश मुख्‍य समाचार विचार समाचार समाज

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

बागमती, २३ पुस । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा उच्चस्तरीय प्राविधिक टोलीबाट […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

हराउँदै गयो गुन्द्री बुन्ने चलन

२३ पुस, वालिङ (स्याङ्जा) । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ । खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक […]