१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

चार महिनापछि मधेश प्रदेश सभा बैठक बस्दै

काठमाडौं । करिब चार महिनापछि मंगलबार आज मधेश प्रदेश सभाको बैठक बस्न लागेको छ । बैठक दिउँसो १ बजे बस्ने सचिवालयले जनाएको छ । आजबाट प्रदेश सभाको चौथो अधिवेशन शुरु हुन लागेको हो । प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक गत भदौ २९ गते बसेको थियो । आज बस्ने बैठकमा प्राकृतिक श्रोत र धान समितिको प्रतिवेदन […]

कोशी मुख्‍य समाचार समाचार समाज

हलेसी तुवाचुङका कृषक समूहलाई अनुदानमा हातेट्रयाक्टर

२३ पुस, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले १२ कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराएको छ । नगरपालिकाको ६० तथा कृषक समूहको ४० प्रतिशत लागत साझेदारीमा प्रतिगोटा रु ६९ हजारका दरले खरिद गरिएको हातेट्रयाक्टर नगरभित्रका विभिन्न १२ कृषक समूहलाई उपलब्ध गराइएको हो । प्रविधिमैत्री कृषि प्रणाली लागू गर्ने नगरपालिकाको योजनासहित कृषक समूहलाई हातेट्रयाक्टर उपलब्ध गराइएको नगर प्रवक्ता […]

कोशी मुख्‍य समाचार समाचार समाज

ताप्लेजुङ, सङ्खुवासभा र पाँचथरमा भूकम्पबाट क्षति भएको छैन

विराटनगर, २३ पुस । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा यसको धक्का विशेष गरेर कोशी प्रदेशका पहाडी तथा हिमाली जिल्लामा महसुस गरिएको छ । शक्तिशाली भूकम्पले केही क्षण हल्लाए पनि ती जिल्लाको स्थिति सामान्य रहेको तथा हालसम्म क्षतिको विवरण प्राप्त नभएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । […]

कोशी मुख्‍य समाचार समाचार समाज

सोलुखुम्बुमा भूकम्पको क्षतिबारे विवरण सङ्कलन गरिँदै

सोलुखुम्बु, २३ पुस ।चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर सात रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिकोे विवरण सङ्कलन थालिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले भने, “अहिलेसम्म भूकम्पबाट भएको क्षतिको यकिन जानकारी आइसकेको छैन, तर हामी बुझ्ने प्रयास गरिरहेका छौँ, हाम्रा सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली विवरण सङ्कलनमा सक्रिय भइसकेका छन् भने स्थानीय […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सडक फराकिलो पार्न दरवाङवासीले पेटी र टहरा भत्काए

म्याग्दी, २३ पुसः मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक फराकिलो पार्न स्वःस्फुुर्त रूपमा पेटी र टहरा भत्काएका छन् । मालिका गाउँपालिकाको केन्द्रसमेत रहेको दरवाङ बजारको सडक स्तरोन्नति योजनामार्फत सडक फराकिलो पार्न स्थानीयवासीले संरचना भत्काएर सघाएका हुन् । मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले उक्त योजना प्रभावित क्षेत्रका बासिन्दा आफैँ अग्रसर भएर पेटी र टहरा भत्काएर योजना […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

भूकम्पमा परी ३६ जनाको मृत्यु

काठमाडौँ । चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको छ । मंगलबार बिहान गएको भूकम्पमा परी ३६ जनाको मृत्यु भएको चिनियाँ समाचार संस्था सीजीटीएनले जनाएको छ । नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

प्रादेशिक अस्पतालका बिरामीलाई कम्बल वितरण

सिरहा, २३ पुसः लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालका बिरामीलाई लहान नगरपालिकाले ६५ थान कम्बल सहयोग गरेको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख महेशप्रसाद चौधरीेले सोमबार ती कम्बल अस्पताललाई प्रदान गरेका हुन् । सो अवसरमा उनले गरिब तथा विपन्न बिरामीलाई शीतलहर र चिसोबाट बच्नका लागि कम्बल सहयोग गरेको बताए । उनले भने, “दिनानुदिन चिसो बढ्दै छ, […]

अर्थ प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

केरा खेतितर्फ आर्कषित रौतहटका कृषक

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिकावडा नं. ३ गैडाटारलाई केरा उत्पादनको पकेट क्षेत्र भनेर चिनिन्छ । यहाँका कृषकले धान, मकै, गहँु, तोरी, मुसुरो, जस्ता अन्नबालीको छाडेर केरा खेति गर्न थालेका छन् । केरा खेतिबाट मनग्य आम्दानी हुने भएपछि यहाँ कृषकले अन्नबाली लगाउन छाडेका हुन् । केरा खेतिको सम्भावता, अवस्थाका बारेमा चन्द्रपुर एकेडेमीकाविद्याथीहरुले सोमबार कृषकसंग भलाकुसारी गरेका छन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भूकम्पबाट सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सतर्क रहन आग्रह गरेका छन् । बिहानै भूकम्प गएपछि प्रभानमन्त्री ओलीले सामाजिक सञ्जाल मार्फत भूकम्पबाट सतर्क रहन सबैलाई आग्रह गरेका हुन् । उनले लेखेका छन्,‘‘शुभप्रभात ! हिजोआज विभिन्न भागमा ससाना भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनु होला, सुरक्षित रहनु होला ।’ नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा […]

मुख्‍य समाचार समाचार समाज

गृहका १२ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १२ सहसचिव तथा उपसचिवको सरुवा गरेको छ । सरुवामा काठमाडौंसहितका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । सरुवा सूचीअनुसार गृह मन्त्रालयका सहसचिव एवम प्रवक्ता ऋषिराम तिवारी काठमाडौंको प्रमुखजिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने त्यहाँ रहेका जयनारायण आचार्यको मन्त्रालयमा सरुवा भएको छ । यस्तै मोरङका प्रमुखजिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, झापाका […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

कानून व्यवसायीले रबि लामिछानेलाई हाजिरी जमानीमा छाड्न इजलाशसमक्ष अघि सारे यस्ता चार तथ्य

पोखरा । रबि लामिछाने पक्षधर कानून ब्यबसायीहरुले जिल्ला अदालत कास्कीको सोमबारको इजलाशमा रबि लामिछानेलाई अदालतले चाहेको बेला उपस्थित हुने गरी हाजिरी जमानीमा छाड्न माग गरेका छन् । जिल्ला न्यायाधिश नितिज राईको इजलाशमा रवि लामीछानेका पक्षबाट वकालत गरेका पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, सुशील कुमार पन्त र सुरेन्द्र थापाले लामिछानेलाई हाजिरी जमानीमा छाड्नु […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक एवं साङ्गठनिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गर्ने क्रम समाप्त नभएकाले आजपनि बैठक हुने भएको हो । बैठक आज बिहान ११ बजे पुनः बस्ने छ।