१ कार्तिक २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

धर्मभक्त माथेमाको आँट युवाहरुले सिक्नुपर्ने पाठ हो : सुनिता ढंगोल

काठमाडौं । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको दिन र स्थानमा स्मृति सभा गरिएको हो । आइतबार सभा गरिएको स्थानभन्दा करिब पाँच मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो

वीरगञ्ज पर्सा, १३ माघ । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा रु २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको […]

कोशी मुख्‍य समाचार समाचार समाज

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते

फुङ्लिङ ताप्लेजुङ्, १३ माघ । पाथीभरा क्षेत्रमा शनिबार प्रहरी र केवलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते भएका छन् । काफ्लेपाटीभन्दा माथि रहेको बलुडाँडामा झडप भएको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् । आन्दोलनकारीतर्फ दुई व्यक्ति घाइते भएको बताइएको छ । आन्दोलनकारीले […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उद्योगी–व्यवसायीलाई विदेश पलायन हुन दिंदैनौं, कांग्रेसले यसमै काम गर्छ : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन् । नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै उनले देशभरका उद्यमी, व्यवसायी एवम नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

वनहरामा पक्की पुल निर्माण अन्तिम चरणमा

कञ्चनपुर , १३ माघ । शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमा पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । निर्माण कम्पनीले सम्झौताअनुसार रु २५ करोड ९६ लाख ३६ हजार तीन सय ४० लागतमा पुल निर्माण गरिरहेको छ । ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र निर्माण अगाडि बढाइएको छ । सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गरिसक्नुपर्ने भएकाले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती

गोरखा, १३ माघ । सहिद लखन गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमसँगै विद्यार्थीमा सीप विकासका लागि च्याउखेती गर्न सुरुआत गरिएको छ । गाउँपालिका शिक्षा शाखामार्फत पालिकाभित्रका ४६ सामुदायिक विद्यालयमा च्याउखेती गर्न थालिएको गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिए । “विद्यालयमा उत्पादित च्याउ विद्यार्थीका लागि दिवा खाजामा प्रयोगमा ल्याउने लक्ष्य पालिकाको छ, यसबाट बालबालिकाले पोषणयुक्त दिवा […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

घोराही दाङ्, १३ माघ । कोइलाबास भन्सार कार्यालयमा राजस्व सङ्कलन घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु ७१ लाख मात्र राजस्व सङ्कलन गरेको छ । नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

राईजिङ भरतपुर गोल्डकपको उद्घाटन

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा मिन्नानो राईजिङ भरतपुर गोल्डकप सुरु भएको छ । शनिबार बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जनले प्रतियोगिताको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले बागमती समग्र खेलकुद क्षेत्रको विकासका लागि आवश्यक सहयोग समन्वय गर्न बागमती सरकार तयार रहेको बताए । उनले आगामी वर्षको बजेटमा चितवनको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

कांग्रेस संसदीय दलको बैठक बस्दै,

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजदेखि सुरु हुने बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संसद्को हिउँदे अधिवेशनबारै छलफल हुने र बैठक दुई दिन चल्ने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत […]

बागमती मुख्‍य समाचार समाचार समाज

बाढीको वितण्डापछि जुर्मुराउँदै बेथानचोकका किसान

धुलिखेल काभ्रेपलाञ्चोक, १३ माघ । यत्रतत्र छरिएका ढुङ्गा, काठ र रुखका जराले बारी बगरमा परिणत भएको छ । यहाँका किसान ती जरा झ्यास र ढुङ्गा पन्छाउँदै बारी सफा गरेर अब आलु रोप्ने तयारीमा छन् । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण यहाँको पाट्ने खोलामा आएको बाढीले बारी सबै पुरिएपछि समस्यामा रहेका […]

कोशी मुख्‍य समाचार समाचार समाज

नाचिन छाडे धाननाच

तेह्रथुम, १३ माघ । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ लिम्बू जातिको सांस्कृतिक नाच धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । याक्थुङ लिम्बू समुदायमा हुने सुखदुःखका कर्मकाण्डसँगै मेलाहाट, विभिन्न पर्व र उत्सवमा युवायुवतीबीच एकापसमा हात समाएर गोलाकार घेरा बनाई धान नाच्ने संस्कृति छ । पचासको दशकसम्म अत्यन्तै लोकप्रिय धाननाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेको […]