३० आश्विन २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दाइको हत्या आरोपमा भाइ पक्राउ

कैलाली, १३ माघ । धनगढी उपमहानगरपालिका–१७ दीपनगर टोलमा गएराति भाइको कैँची प्रहारबाट सहोदर दाइको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय लालबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल

काठमाडौँ, १३ माघ । सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा एमाले सँग छलफल गरेका छन् । सभामुख घिमिरेले आज कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलालाई सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा आमन्त्रण प्रतिनिधिसभामा रहेको संवैधानिक परिषद्सम्बन्धी विधेयक र मर्यादासम्बन्धी विधेयकका विषयमा धारणा माग […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

रसुवामा निःशुल्क स्वास्थ्य शिविर, बाह्र जनाको पाठेघरमा समस्या

रसुवा, १३ माघ । स्थानीय महिलाको स्वास्थ्यावस्थालाई लक्षित गरी उत्तरी रसुवाको स्याफ्रुबेँसीमा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । स्थानीय लाङ्टाङ लिरूङ अस्पतालमार्फत गरिएको पाठेघरसम्बन्धी ‘भिआइए’  परीक्षणबाट  १२ जनामा ‘पोजेटिभ’ देखिएको सञ्चालक डा जीवन तामाङले जानकारी दिए । परीक्षणका क्रममा पाठेघरमा समस्या देखिएका बिरामीलाई विशेषज्ञ चिकित्सकको सम्पर्कमा राखी […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

सात हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै

बाजुरा, १३ माघ । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ । जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको […]

बागमती मुख्‍य समाचार समाचार समाज

विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुग्छ  : भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका छन् । आइतबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले प्रविधिको फेरबदलसँगै परिवर्तन हुन जरुरी रहेकाले विद्युतीय व्यापार सम्बन्धि विधेयकलाई चाँडो टुंगोमा पुर्याउनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रविधिको फेरबदलसँगै हामी परिवर्तन हुनपनि […]

कोशी मुख्‍य समाचार समाचार समाज

दन्तकाली मन्दिरमा स्वस्थानी व्रतालुको भिड

धरान सुनसरी, १२ माघ । इटहरी–२० तरहराका राधिका बस्नेत प्रत्येक वर्ष स्वस्थानी व्रत बस्छन् । उनी पूजाका लागि दन्तकाली मन्दिरमा जान्छन् । “दैनिकजसो पूजा गर्न आउन नपाए पनि स्वस्थानी व्रतको समयमा म सधैँ दन्तकाली मन्दिरमा पूजा गर्न आउँछु, यहाँ आएर पूजा गर्न पाउँदा मन प्रशन्न हुन्छ”, उनले भने । धरान उपमहानगर–१४ विजयपुरमा रहेको पौराणिक महत्व […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा गर्ने बनारसीधाममा मेला

काठमाडौँ, १३ माघ । दलित र ब्राह्मणले संयुक्त रुपमा पूजा आराधना गर्ने बैतडी जिल्लाको गुजर बनारसीधाममा माघ शुक्ल प्रतिपदादेखि दशमीसम्म बाइसताल स्नान मेला लाग्ने भएको छ । यसवर्ष यही माघ १७ गतेदेखि २५ गतेसम्म मेला लाग्ने श्री बनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्ष गणेशप्रसाद पन्तले राससलाई जानकारी दिए । मेलाबारे साथ र सहयोग जुटाउन सङ्घीय राजधानी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेले संसदीय दलको बैठक बोलायो

काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बोलाइएको जानकारी दिए। उनले बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने हिउँदे अधिवेशनको तयारी र आगामी संसद् अधिवेशनलाई कसरी प्रभावकारी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

 ‘ट्राफिक सचेतनाले सडक सुरक्षामा सुधार ल्याउने’

पाटन ललितपुर, १३ माघ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक सचेतनाले यात्रीको जीवनरक्षा र सडक सुरक्षामा अर्थपूर्ण सुधार ल्याउने विश्वास व्यक्त गरेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको सहकार्यमा ललितपुर महानगरपालिकाले आज जावलाखेलमा आयोजना गरेको साप्ताहिक ट्राफिक सचेतनाको सुभारम्भ कार्यक्रममा उनले यात्रुको सुरक्षाका लागि ललितपुरका सडकमा जडान गरिएका ‘स्मार्ट र इन्टेलिजेन्ट’ ट्राफिक लाइट तीन […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई

डुम्रे तनहुँ, १३ माघ । यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ । भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा सहिद सप्ताहका कार्यक्रमहरु सुरु

मकवानपुर । सहिद सप्ताह–२०८१ का अवसरमा आज(आइतबार) रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तरगत आइतबार हेटौंडा–११, स्थित सहिद स्मारक परिसरमा आयोजित रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् । स्मारक विकास समितिको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी हेटौंडा–११ शाखाको व्यवस्थापन तथा रक्त सञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । स्मारक […]