३० आश्विन २०८३, शुक्रबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

टिप्परको ठक्करबाट एकको मृत्यु

म्याग्दी, १३ माघ । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बेनीबाट सिङ्गा तातोपानीतर्फ जाँदै गरेको ग १ क ५७३५ नम्बरको टिपरले शनिबार साँझ सिङ्गा तातोपानीबाट बेनी आउँदै गरेको ध ७ प ४००५ नं को मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका एक जनाको उपचारका क्रममा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जामा रुपान्तरण

काठमाडौँ, १३ माघ । हरित अर्थतन्त्र भन्नेबित्तिकै वातावरणीय दिगोपनलाई प्राथमिकता दिने आर्थिक प्रणाली बुझिन्छ । यसमा आर्थिक विकास र पर्यावरण संरक्षण सँगसँगै अघि बढ्ने नीति समावेश गरिन्छ । हरित अर्थतन्त्रका लागि स्वच्छ ऊर्जाको रूपान्तरण एक प्रमुख आधार हो, जसले प्रदूषण घटाउँदै ऊर्जा आवश्यकतालाई पूरा गर्छ र दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत गर्दछ । उत्थानशील […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

चितवन, १३ माघ । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै भत्ता […]

मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

दुई मुख्य दलबीचको सहकार्य मजबुत छः महासचिव पोखरेल

महोत्तरी, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी एमाले का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताएका छन् । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार सञ्चालनका विषयमा आपसी सहमति र विश्वासमा अघि बढिएको उनले स्पष्ट पारे । बर्दिबासमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव […]

मधेश मुख्‍य समाचार समाचार समाज

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ

महेन्द्रनगर धनुषा, १३ माघ । जनकपुरलगायत धनुषाको विभिन्न ठाउँमा सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको हो । यस वर्षको सरस्वती पूजा यही माघ २१ गते परेको छ । सोही पूजालाई लक्षित गरी मूर्ति बनाउन मूर्तिकार व्यस्त भएका हुन् । पूजामा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

बाँसखर्क अर्थात् सुन्तलाखर्क पाखैभरि पहेँलपुर सुन्तला

गण्डकी, १३ माघ । बासखर्कका सुन्तलाबारे सुन्दै आएकी गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा जिसी श्रेष्ठ शुक्रबार त्यहाँको सुन्तला बगान देखेर छक्क परे । पाखैभरि पहेँलपुर सुन्तला देख्दा कस्को पो मन नलोभिएला र किसानको प्रतिनिधित्व गर्ने मन्त्रीका रूपमा उहाँका लागि त्यो दृश्य झनै लोभलाग्दो थियो । बोटै निहुरिने गरी टलरम्म फलेका सुन्तलाको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौ । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा दुई सय रुपैयाँ घटेर १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ६० हजार ६ सय रुपैयाँ रहेको थियो । […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा बढ्दै यौन व्यवसाय, प्रहरी प्रशासन मौन

मकवानपुर । मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिकामा रहेका होटल तथा लजहरूमा यौन व्यवसाय बढ्दै जान थालेको छ । हेटौँडाको सबैभन्दा ठूलो बसपार्क हेटौडा बसपार्कमा यौन व्यवसायीहरू पछिल्लो समय होटल केन्द्रित हुन थालेपछि यौन व्यवसाय बढेको पाइएको हो । पहिला हेटौँडा उपमहानगरपालिका वडा नं. १० मा रहेको वनविज्ञान प्रतिष्ठानकोको जंगलमा यौन सम्बन्ध राख्ने युवतीहरू अहिले होटलमा केन्द्रित […]

मधेश मुख्‍य समाचार समाचार समाज

मापदण्ड विपरित रहेको चन्द्रपुर स्केट पार्क शिल गरियो

रौटहट । मापदण्ड विपरित सञ्चालनमा ल्याइएको भन्दै चन्द्रपुर स्केट पार्क नामक स्केटिङ् हाउसमा शिल गरिएको छ । चन्द्रपुर नगरपालिकाको टोलीले शनिबार अनुगमन गर्दा मापदण्ड विपरीत रहेको पाइएपछि शिल गरेको हो । स्केटिङ् हाउस दर्ता नरहेको, केही दिन अघि एक किशोर स्केटिङ् गर्ने क्रममा लड्दा चोट समेत लागेको र बाल श्रमिक राखेको अनुगमनका क्रममा पाइएपछि शिल […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्मार्ट ट्राफिक लाइट ३६५ दिन नै चल्छ : मेयर मर्हजन

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु मर्हजनले ललितपुर महानगरपालिकाको स्मार्ट ट्राफिक लाइट कहिल्यै पनि बन्द नहुने बताएका छन् । आइतबार साप्ताहिक ट्राफिक सचेतना सुभारम्भ कार्यक्रममा बोल्दै उनले महानगरले जडान गरेका स्मार्ट ट्राफिक लाइटहरु ३६५ दिन नै अनवरत रुपमा चल्ने बताएका हुन् । उनले भने, ‘ट्राफिक सचेतना कार्यक्रम र हालसालै हामीले स्मार्ट ट्राफिक लाइटको स्थापना गर्यौं […]

मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाधाममा लौरो प्रहार गरि महिलाको हत्या, श्रीमान पक्राउ

धनुषा । धनुषाधाम नगरपालिकामा एक महिलाको हत्या भएको छ । धनुषाधाम नगरपालिका वडा नं ५ पर्वताका देवलाल ठाकुरको श्रीमती जनकपुरधाम उपमहानगरपालिकाको महुवा कपिलेश्वर माइती भएकी अन्दाजी २९ वर्षीया संगीता ठाकुरको हत्या भएको छ । प्रारम्भिक अनुसन्धानका अनुसार महिलाको श्रीमान देवलाल ठाकुरसंग राति करिब २ः३० बजे संगीताको झगडा हुँदा देवलालले टाउकोमा लौरो प्रहार गरि हत्या गरेको […]

मधेश मुख्‍य समाचार समाचार समाज

विद्यालय व्यवस्थापन समिति हटाउन आवश्यक : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले देशको शिक्षा सुधारकालागि विद्यालयहरुबाट विद्यालय व्यवस्थापन समिति हटाउनु आवश्यक रहेको बताएका छन् । प्रधानाध्यापकहरुको संगठन प्रिन्सिपल एसोसिएसन अफ नेपालले शनिबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयमा समेत राजनीति हुने गरेको र यसले शैक्षिक गुणस्तरीयता खस्किरहेको धारणा व्यक्त गरे । उनले […]