३० आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

त्रिदेशीय सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध टस जित्यो

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपालले टस जितेको छ । कीर्तिपरस्थित टियु क्रिकेट मैदानमा टस जितेर नेपालकी कप्तान इन्दु बर्माले ब्याटिङ रोजेकी छिन् । यसअघि पाँच खेलमा हार व्यहोरेको नेपालले आज अन्तिम खेल थाइल्याण्डविरुद्ध खेल्न लागेको हो । नेपाली टोलीमा २ परिवर्तन भएको छ । आजको खेलमा इन्दु बर्मा(कप्तान), […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

चित्रकार विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी

नवलपुर नवलपरासी, २५ माघ । अर्बुद क्यान्सर रोगबाट पीडित नवलपरासी बर्दघाट–सुस्तापूर्व का गैँडाकोटका कवि तथा चित्रकार गोविन्दराज विनोदीको उपचार सहयोगार्थ चित्रकला प्रदर्शनी गरिएको छ । पेटको क्यान्सरबाट पीडित विनोदीको उपचार खर्च जुटाउने उद्देश्यले गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान र कलावती आर्ट काउन्सिलले संयुक्तरूपमा यही माघ १५ गतेदेखि चित्रकला प्रदर्शनी गरेको हो । विनोदीले लेखेका ४५ वटा […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज सूचना प्रविधि

रिडी–बल्कोट सडक एक महिना बन्द

गुल्मी, २५ माघ । मदन भण्डारी राजमार्ग सडक अन्तर्गत आजदेखि गुल्मीको रिडी–बल्कोट सडकखण्ड बन्द भएको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका –१ स्थीत साँखराभिर क्षेत्रमा चट्टान फोर्ने, सडक चौडा गर्ने र ग्रेड मिलाउने काम सुरु भएपछि करिब एक महिनाका लागि उक्त सडक बन्द भएकोे हो । मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीले सार्वजनिक रुपमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘जनप्रतिनिधिले जनतालाई अनावश्यक दुःख दिने काम अन्त्य हुनुपर्छ’

कामठाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिबाट अनावश्यक रुपमा जनतालाई दुःख दिने कामको अन्त्य हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौं महानगरपालिका वडा नं २९ को प्रशासनिक भवन उद्घाटन समारोहमा उनले जनप्रतिनिधिले जनताको गुनासो सुनेर त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेतिर नै जोड दिएर लाग्नुपर्ने बताए । उनले भने,‘सबैभन्दा बढी जनताले के खोजिरहेका छन् । […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

शुक्रबार सुनको मूल्य घट्यो

काठमाडौं । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो । महासंघका अनुसार विहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

पर्यटनका लागि कोशीले अन्य प्रदेशसँग मजाले प्रतिस्पर्धा गर्नसक्छ : विशाल घिमिरे

कोशी प्रदेश नेपालका अन्य प्रदेशहरु सँगसँगै पर्यटनको क्षेत्रमा प्रतिस्पर्धा गरेर अगाडि जानसक्ने प्रदेश हो । किनकी विश्वको सर्वोच्च शिखर सगरमाथासँगै नेपालका आठ हजार मिटर माथिका हिमालहरुमध्ये पाँचवटा कोशीमै छन् । हिमालयन टुरिज्मका दृष्टिले कोशी अब्बल छ । पछिल्लो समय रेडपाण्डा पर्यटन जोडिएको छ । विशाल घिमिरे सचिव कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

जुम्लामा ११ किलोमिटर सडक निर्माण

जुम्ला, २५ माघ । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा ११ दशमलव तीन किलोमिटर सडक निर्माण गरेको छ । उक्त कार्यालयका निमित्त प्रमुख प्रभाकरप्रसाद सिंहले जिल्लाभित्रका सडकलाई प्राथमिकतामा राखेर निर्माण भइरहेको बताए । उनले भने, “यो आर्थिक वर्षमा १८ वटा सडक निर्माणका आयोजना सञ्चालनमा छन् । ती योजनाका लागि रु १८ लाखदेखि […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

प्रेस सेन्टर रौतहट अध्यक्ष पदमा विवाद

रौतहट । प्रेस सेन्टर नेपाल रौतहटको अध्यक्ष पदमा विवाद हुँदा तेस्रो जिल्ला अधिवेशनको बन्द सत्र स्थगित भएको छ । जिल्ला अधिवेशनबाट सर्व सहमतिमा नयाँ नेतृत्व चयन गर्न खोजिए पनि हुन नसकेको हो । सेन्टरका निवर्तमान सचिव रमेश कुमार यादव र रानी साह (मञ्जु बराइली) ले अध्यक्षको चाहना राखेपछि सर्वसहमतिमा नेतृत्व चयन हुन नसकेको प्रेस सेन्टर […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

छ महिनामा छ खर्ब ६७ अर्ब ६० करोड खर्च

काठमाडौँ, २५ माघ । चालु आर्थिक वर्षको छ महिनामा रू छ खर्ब ६७ अर्ब ६० करोड ७८ लाख बजेट खर्च भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार आव २०८१र८२ मा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बजेट विनियोजन भएकोमा २०८१ पुस मसान्तसम्म कूल विनियोजनको ३५ दशमलव ८९ प्रतिशत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

२५ माघ, काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक मूल्याङ्कन प्रतिवेदन अनुसार, विप्रेषण आप्रवाह (नेपाली मुद्रामा) चार दशमलव एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव दुई […]

बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

ठगी सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका प्रतिवादी चित्र बहादुर घलान पक्राउ परेका छन् । मकवानपुर थाहा नगरपालिका ८ स्थायी ठेगाना भएका हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २ सानेपा बस्ने आएका घलान पक्राउ परेका हुन् । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटि गएको प्रहरी टोलीले ललितपुर महानगरपालिका वडा नं.२ सानेपाबाट पक्राउ गरेको हो । घलानबिरुद्ध जिल्ला प्रहरी […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

ढोरपाटन बागलुङ, २५ माघ । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिए । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् । ओखरखेतीका लागि प्रधानमन्त्री कृषि […]