३० आश्विन २०८३, शुक्रबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार

काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

संसद्प्रति जनताको अपेक्षा र सांसदको दायित्व

काठमाडौँ, २५ माघ । सङ्घीय संसद्का दुवै सदन–प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक यही माघ १८ गते सुरु भइसकेका छन् । २०७९ सालको आमनिर्वाचनपछिको सङ्घीय संसद्को पाँचौँ अधिवेशन हो । यो अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा हेरिएको छ । पहिलेदेखि संसद्का दुवै सदनमा रहेका, यसबीचमा प्रस्तुत भएका अध्यादेशहरु र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा विचाराधीनसमेत गरी झन्डै पाँच दर्जन कानुन […]

बागमती मुख्‍य समाचार समाचार समाज

महानिरीक्षक कुँवरबाट साँगामा नवनिर्मित छात्रावास भवनको उद्घाटन

काभ्रेपलाञ्चोक । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका छन् । शुक्रबार आयोजित विशेष समारोहबीच भवन उद्घाटन गर्दै नवनिर्मित भवनको निरीक्षण समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माणमा विशेष योगदान पुर्याउने महानुभावहरूलाई प्रंशसापत्र प्रदान गरे । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा बैठक : विधायन विधेयकमाथि छलफल

काठमाडौँ, २५ माघ । प्रतिनिधिसभाको आजको बैठकमा ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ माथि छलफल भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यो विधेयक राष्ट्रियसभामा उत्पत्ति भएको हो । विधेयकमाथि छलफलका क्रममा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

महालेखाबाट औल्याइएका बेरुजुहरु फछर्यौट गर्न आवश्यक : मन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले मन्त्रालयका कार्यक्षेत्रभित्रका विषयमा महालेखा परीक्षकको कार्यालयबाट औल्याइएका बेरुजुहरु यथासिघ्र फछर्यौट गर्न आवश्यक रहेको बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समाधान समितिको बैठकमा उनले कार्यसम्पादनको लागि वित्तिय अनुशासन कायम गर्ने बेरुजु नहुनेगरी कार्य गर्न आवश्यक रहेको बताए । उनले भने,‘निर्धारित समयमा नै गुणस्तरीय रुपमा निर्माण गराउने सन्दर्भमा मन्त्रालय निरन्तर सहयोग र […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

वेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरुसँग भेटघाट

पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरुले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे । बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका २७४ नेपाली युवाहरुको वार्षिक प्रमाणीकरणमा सहभागि भएका उनीहरुले गोर्खा सैनिकमा नेपालीहरुको सक्रियताको प्रसंशा गरेका थिए । त्यसक्रममा बेलायती सेनामा नयाँ भर्ना भएका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रतिनिधिसभा बैठक : स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न माग 

काठमाडौँ, २५ माघ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक  समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरे । सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

लुम्बिनी, २५ माघ । लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ । आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि आज प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए । सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि आज निमन्त्रणा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति एवं सांसद डीपी अर्यालले सभापति रवि लामिछानेमाथि संसद्ले पनि प्रतिशोध साधेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद्ले पनि सरकारको रबैयालाई समर्थन गरेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसद्ले पनि सरकारको रबैयालाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अवैध क्रसर सञ्चालनमा रोक लगाउन सांसद दाहालको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सुरु भएका क्रसरहरुलाई सदनबाट रुलिङ् गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले क्रसरहरुले फोहोर खोलामा फालेको कारण पर्यटकीय हबहरु उजाड भएको भन्दै यसको रोक लगाउन सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘रोसीबाट पानीभन्दा बढी लेदो बगेको छ […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

हिमपात नहुँदा सुक्न थाले हिउँदेबाली, किसान चिन्तित

मुगु । माघ महिनाको तेस्रो साता बितिसक्दा पनि मुगुलगायत जुम्ला, डोल्पा, कालीकोट, हुम्ला जस्ता हिमाली जिल्लामा हिमपात नहुँदा कृषकले लगाएको हिउँदे अन्नबाली खेतमै सुक्न थालेको छ । जसका कारण भोकमरीको त्रास थपिएको छ । मुगुसहित हिमाली जिल्लाका कृषकहरुले लगाएको हिउँदे अन्नबाली जै, गहुँ, उवा, तरकारी स्याउका बिरुवा खडेरीका कारण केही किसानले बाली नउम्रने जग्गा खाली […]