२९ आश्विन २०८३, बिहीबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

बागमती गोल्डकप : चर्च ब्वाइज र मच्छिन्द्र क्लब भिड्दै

बागमती, १२ फागुन । सातौँ संस्करणको बागमती गोल्डकप फुटबलको उपाधिका लागि मच्छिन्द्र क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिष्पर्धा हुँदैछ । आज दिउँसो २ बजे मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति फुटबल रङगशालामा हुने उपाधिा भिडन्तमा दुबै टोली उपाधि हात पार्न उच्च मनोबलका साथ मैदानमा उत्रिने छ । पहिलो सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई […]

कोशी मुख्‍य समाचार समाचार समाज

व्यावसायिक कफीखेतीमा जुट्दै हतुवागढीका किसान

भोजपुर, १२ फागुन । भोजपुरका किसान व्यावसायिक कफीखेतीमा जुटेका छन् । विगत सामन्य रुपमा कफीको खेती गर्दै आएका किसान यहाँको उत्पादन बाह्य बजारमा जान थालेपछि व्यावसायिक कफी खेतीमा जुटेका हुन् । भोजपुरको हतुवागढी गाउँपालिकाको सिन्द्राङ, होम्ताङ, लुङ्गिन, लुम्थुङसँगै आमचोक गाउँपालिकालगायत क्षेत्रका किसानले यसको खेती गरिरहेका छन् । यहाँका किसानले उत्पादन गरेको कफी, धरान, इटहरी, विराटनगर […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

नक्कली परीक्षार्थी पक्राउ

गड्डाचौकी कञ्चनपुर, १२ फागुन । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिए […]

मधेश मुख्‍य समाचार समाचार समाज

वन मुद्दा फछ्र्यौटमा समस्या

वीरगञ्ज पर्सा, १२ फागुन । पर्सा जिल्लामा वनपैदावर तथा वन्यजन्तुसँग सम्बन्धित दुई सय २२ मुद्दा वन ऐन २०७६ सँग दुबिधा भएकाले फछ्र्यौट हुन सकेको छैन । जिल्लामा आव २०८०/८१ सम्म दुई सय दुई वन मुद्दा दर्ता भएका छन् भने चालु आर्थिक वर्ष २०८१/८२ मा थप २० वन मुद्दा थपिएका छन् । वन ऐन २०७६ को […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

लमजुङमा भूकम्पको महसुस

लमजुङ, १२ फागुन । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

धवलागिरिका दुर्गम गाउँमा सडक पहुँचमा जोडियो

म्याग्दी, १२ फागुन । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरका हरिप्रसाद तिलिजालाई नजिकको बजार मालिका गाउँपालिकाको केन्द्र दरवाङ पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्दथ्यो । “किनमेलाका लागि दरवाङ, मुदीको वडा र मुनाको गाउँपालिका कार्यालय पुग्न पुरै दिन पैदलयात्रा गर्नुपर्ने अवस्था थियो,” वडा सदस्य समेत रहेका उनले भने “खच्चड, भरिया मार्फत दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानीका क्रममा महँगो शूल्क […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

छयानब्बे वर्षमा नागरिकता

चैनपुर बझाङ, १२ फागुन । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उनले भनिन्, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास

काठमाडौँ, १२ फागुन । सरकारले श्रम–सुशासनका क्षेत्रमा लागू गरेका नीतिगत, कानूनी तथा प्रक्रियागत विषयमा यूएईको राजधानी अबुधावीस्थित नेपाली दूतावासले श्रमिकलाई सचेतना अभिवृद्धि गराएको छ । सामाजिक सुरक्षा कोषमा श्रमिकको आवद्धता, सोको प्रक्रिया, नेपाली राजदूतावास अबुधाबी, नेपाली समाज युएई र गैरआवासीय नेपाली सङ्घ, एनसीसी युएईलगायतका सङ्घ–संस्थाको सहयोगमा उक्त अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको हो । अबुधावीदेखि तीन […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

सर्लाहीमा सधैँ रेबिजको भ्याक्सिन अभाव

बरहथवा सर्लाही, १२ फागुन । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उनी तत्काल बरहथवा नगर अस्पताल पुगे । तर, अस्पतालले भ्याक्सिन नहुँदा उनलाई फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु छ सय ५० तिरेर भ्याक्सिन लगाए । तीन–तीन दिनको […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ झापाको कचनकवलबाट सुरु हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् । अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् । कहाँ–कहाँ कहिले–कहिले छ अभियान ? […]

मधेश मुख्‍य समाचार समाचार समाज

भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई माईती नेपाल धनुषाले गर्यो उद्धार

जनकपुर । माईती नेपाल धनुषाले नेपालबाट भारततर्फ जाँदै गरेका १०२ जना बालबालिकालाई उद्धार गरेको छ । माईती नेपालले जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका हुँदै भारततर्फ गइरहेको अवस्थामा अनुगमन टोलीले प्रहरीको सहयोगमा उनीहरूको उद्धार गरेको जानकारी दिएको छ । उद्धार गरिएका मध्ये १८ वर्षमुनिका ५३ […]