२९ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार समाज

व्यावसायिक माहुरीपालन फस्टाउँदै

मन्थली रामेछाप, १२ फागुन । जिल्लामा व्यावसायिक माहुरीपालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरुमा माहुरीपालन गर्नेको सङ्ख्या बढदै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाँउपालिकालगायतका स्थानीय तहमा व्यावसायिक माहुरीपालन गरिएका छन् । कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरीपालनतर्फ आकर्षित भएका हुन् । सुख्खा ठाँउमा पनि माहुरीपालन गर्न सकिने भएकाले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

ढोरपाटनमा हिमपात

ढोरपाटन बागलुङ, १२ फागुन । यहाँको ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन् । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, १२ फागुन । सुनचाँदीको मूल्य बढेको छ । आजको सुनको मूल्य प्रतितोला रू पाँच सय र चाँदी प्रतितोला रू १५ बढेको हो । आइतबार प्रतितोला रू एक लाख ७० हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ७० हजार आठ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै, आज […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

शसस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी

पोखरा । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् । सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन् । शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

पिपलाडी स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन

कञ्चनपुर, १२ फागुन । शुक्लाफाँटा नगरपालिका– ४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाइएको छ । स्वास्थ्य चौकीमा सुत्केरी हुनेलाई दक्ष स्वास्थ्यकर्मीले प्रसूति गराउँदै आएका छन । बर्थिङ सेन्टर चौबिसै घण्टा खुल्ला रहने व्यवस्था गरिएको छ । सुत्केरी हुने र शिशुको स्वास्थ्यलाई ध्यानमा राखि सरसफाइमा विशेष ध्यान दिइने गरिएको स्वास्थ्य चौकीका प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार समाज

सर्वोच्चको दोस्रो पत्रपछि एनआरएनएभित्र तरंग, डा.केसी पक्ष रुष्ट

काठमाडौं । गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले आइतबार परमादेशको कार्यान्वयन गर्न निर्देशन दिएपछि पक्ष र विपक्षमा बहस सुरु भएको छ । काठमाडौँस्थित संघको सचिवालयलाई एक पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई नै बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएपछि डा.बद्री केसी समूहले अदालतको निर्देशनलाई ठाडो चुनौति […]

बागमती मुख्‍य समाचार समाचार समाज

मन्त्री पाण्डेको नेतृत्वमा पशुपतिमा प्रभातफेरी, दर्शनलाई सहज बनाउन निर्देशन

काठमाडौं । महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ मन्दिर परिसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषको आयोजना गरिएको प्रभातफेरीमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीका साथमा मन्त्री पाण्डे बिहान पशुपतिनाथ मन्दिर पुगेका हुन् । प्रभातफेरीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

नसर्ने रोगको पहिचानः काभ्रेमा एक महिने ‘स्क्रीनिङ’अभियान

काभ्रेपलाञ्चोक, १२ फागुन । नसर्ने रोगको रोकथामका लागि काभ्रेपलाञ्चोकमा एक महिने ‘स्क्रीनिङ’ अभियान थालिएको छ । नसर्ने रोगका मानिसको सङ्ख्यामा वृद्धि हुँदै गएकाले रोकथाम गर्ने उद्देश्यले आइतबारदेखि स्क्रीनिङ अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । पछिल्ला केही वर्षदेखि तीस वर्ष भन्दामाथि उमेर समूहकामा नसर्ने रोगको जोखिम बढ्दै गएको देखिएकाले स्क्रीनिङ अभियान सुरु […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कालीगण्डकीमा केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री

वालिङ स्याङ्जा, १२ फागुन । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले केराको ‘फाइबर’बाट हस्तकलाका सामग्री बनाउँदै आएको छ । गाउँपालिकाले नवप्रवर्तन साझेदारी कृषि कार्यक्रम अन्तरगत स्थानीय कच्चा स्रोतको व्यापारिक उपयोगितासम्बन्धी परियोजनामार्फत गण्डकी प्रदेशसँगको साझेदारीमा हस्तकलाका सामग्री बनाउँदै आएको हो । आव २०७९र८० मा प्रदेशको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा परियोजना सञ्चालनमा आएको हो । रु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद रेणु चन्द

काठमाडौँ, १२ फागुन । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएको लगभग एक वर्ष भयो । तल्लो सदनभन्दा माथिल्लो सदन दुईवटा दायित्वबाट मुक्त छः एउटा बजेट निर्माण र अर्को सरकार निर्माण । राष्ट्रियसभाको विधायिकी भूमिका अलिक बढी छ भन्ने अनुभव भयो । तुलनात्मक रुपमा यहाँ अनुभवी र लामो समयसम्म राजनीतिक क्षेत्रमा काम गरेका साथीहरु सभाको सदस्य बनेर आउनु […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

डोजरले खसालेको ढुंगाले लाग्दा ६ वर्षका बालकको मृत्यु

मुगु । मुगुको सोरु गाउँपालिका अन्तरगत पर्ने वडा नम्बर १० बजुरेदेखि दोमुख जोड्ने सडक निर्माणको क्रममा डोजरले ढुंगा खसाल्दा एक जनाको मृत्यु भएको छ । हुम्लाबाट आफ्नो घर धैन तिर फर्किदै गर्दा सोरु गाउँपालिका १० बलाडि नजिकै डोजरले खसालेको ढुङ्गा लागेर धैन घर भएका ६ वर्षका बालक लोकजङ्ग नेपालीको घटना स्थलमै मृत्यु भएको हो । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एम्बुलेन्स चालकहरूको गुनासो : ट्राफिक प्रहरी र निजी सवारी धनीबाटै हैरान छौं

काठमाडौं । पाटन अस्पतालको एम्बुलेन्स चालकका रूपमा अनिल तामाङले काम गर्न थालेको चार वर्ष भइसक्यो । विभिन्न किसिमका बिरामीहरुलाई अस्पताल पुर्याउनु र थप उपचारका लागि राजधानीका अन्य अस्पताल लैजानुपर्ने उनको मुख्य जिम्मेवारी छ । जिम्मेवारी पूरा गर्ने क्रममा ट्राफिक जामले अवरोध गर्ने गरेको अनुभव उनको छ । चालक तामाङ भन्छन्, ‘एम्बुलेन्स एउटा संवेदनशिल सवारी साधन […]