१० श्रावण २०८३, आईतवार
कोशी मुख्‍य समाचार समाचार समाज

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ, ४ फागुन । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ । […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

विद्यार्थीले सुरु देखिनै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत

जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विद्यार्थीहरुलाई विद्यार्थीकाल देखिनै राजनीतिमा लाग्न आग्रह गरेका छन् । उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिएका हुन् । विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सातौं बागमती गोल्डकपमा आज एपीएफ र हानामी भिड्दै

हेटौंडा । सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आज आइतबार एक खेल हुँदैछ । बागमती–४ स्थित सहिद स्मृति रंगशालामा हुने खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) र चितवनको हानामी बिएफसी बीच प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ । आजको विजय टिमले संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने प्रतियोगितामा ए […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टरलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले लेस्टर सिटीलाई पराजित गरेको छ । शनिवार भएको खेलमा आर्सनलले लेस्टरलाई २–० ले पराजित गरेको हो । लेस्टरको घरेलु मैदानमा आर्सनलको जितमा दुवै गोल मिकेल मोरिनोले गरे । मोरिनले खेलको अन्तिम समय तिर गोल गरे । उनले खेलको ८१ र ८७औं मिनेटमा गोल गरे । आर्सनल २५ खेलबाट ५३ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रू ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रू ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रू २५, आलु रातो प्रतिकेजी रू ३५, आलु […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रिय सभाका सचिव […]

बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूद्वारा आर्थिक सहयोग

रामेछाप । मन्थली नगरपालिकाका एक क्यान्सर पीडित विद्यार्थीको उपचारका लागि शिक्षकहरूले रकम सङ्कलन गरेर आर्थिक सहयोग गरेका छन् । बोन म्यारो क्यान्सरबाट पीडित भई उपचार गराइरहेका मन्थली मावि मन्थलीमा कक्षा ८ मा अध्ययनरत मन्थली नगरपालिका–७ निवासी १५ वर्षीय सन्देश पाण्डेको उपचारका लागि मन्थली माविका शिक्षकहरूले रकम सङ्कलन गरी सहयोग गरेका हुन् । सो विद्यालयमा कार्यरत […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

भारतलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हराएको हो । कप्तान विजयसँगै टोलीमा मनिष केसी, निश्चल महर्जन र निकेश राखल मगरले उत्कृष्ट प्रदर्शन गरेका थिए । निकेश नै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनले […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै , आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यस्तै, सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

गोपाल योञ्जनको सांगीतिक क्षेत्रको योगदान अतुलनीय छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले स्रष्टाको सम्मानका लागि सरकारले कार्यविधि बनाएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । शनिबार संगीतकार स्वर्गीय गोपाल योञ्जनको पुस्तक ‘गोपाल योञ्जन’को विमोचन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा नेपाल […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ती जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आजदेखि लागू हुने छ । नयाँ […]