१० श्रावण २०८३, आईतवार
मुख्‍य समाचार लुम्बिनी समाचार समाज

रोगले सुकेर उजाडिए सुन्तला बगैँचा

रामपुर पाल्पा, २ फागुन । सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन् । पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन् । पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका […]

बागमती मुख्‍य समाचार समाचार समाज

 ‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारेको छ’

काठमाडौँ, २ फागुन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाल पर्वतीय देश भएको हिसाबले जलवायु परिवर्तनका असरले अप्ठ्यारो पारिरहेकाले जलवायुजन्य चुनौती सामना गर्न तयार हुनुपर्नेमा जोड दिएका छन् । आज यस स्किम्स कलेज, पोखरा विश्वविद्यालयमा स्थापित नेपाल क्लाइमेट इनिसिएटिभद्वारा आयोजित ‘पुस्तक विमोचन एवं जलवायु वित्तका लागि जलवायु विज्ञानको अपरिहार्यता’ विषयक कार्यशालामा उनले जलवायुले निम्त्याउनसक्ने […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज स्वास्थ्य

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी, २ फागुन । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्वस्वास्थ्य सङ्गठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो । विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्वस्वास्थ्य सङ्गठन नेपालका […]

मधेश मुख्‍य समाचार समाचार समाज

गोतामे पत्रकारिता स्वर्णपदकबाट पत्रकार बडु सम्मानित

वीरगञ्ज पर्सा, २ फागुन । गोतामे पत्रकारिता स्वर्णपदकबाट दार्चुलाका पत्रकार मनोज बडु सम्मानित भएका छन् । पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगञ्जले आज यहाँ आयोजित एक कार्यक्रमबीच पत्रकार बडुलाई सम्मानित गरेको हो । प्रतिष्ठानले मोफसलमा सक्रिय पत्रकारिता गर्दै आइरहेका एक पत्रकारलाई बर्सेनि एक तोला सुनको स्वर्णपदकसहित सम्मान गर्दै आइरहेको छ । संविधानसभाका सदस्य अनिलकुमार रुगँटा र […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

तनहुँमा स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ, २ फागुन । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका छन् । विगत एक महिनाअघिदेखि जिल्लामा यो रोग देखापर्न थालेको हो । जिल्लाका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यासगरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । जिल्लामा १६ बङ्गुर मरिसकेका र २२ बङ्गुर बिरामी अवस्थामा रहेका छन् । प्रयोगशालामा नमुना परीक्षण […]

बागमती मुख्‍य समाचार समाचार समाज

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

काठमाडौँ, २ फागुन । त्रिभुवन विश्वविद्यालय त्रिवि परीक्षा नियन्त्रण कार्यालय पनिका ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थोलेको छ । ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन […]

मधेश मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

मधेश प्रदेशमा नसर्ने रोग पहिचानका लागि एकमहिने अभियान सुरु

महेन्द्रनगर धनुषा, २ फागुन । ‘समयमै नसर्ने रोगको जाँच गराऔँ, स्वस्थ र दीर्घ जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ आज जनकपुरधामस्थित जनस्वास्थ्य प्रयोगशालामा निःशुल्क स्वास्थ्य जाँच सुरु गरिएको छ । नसर्ने रोगको रोकथाम तथा सचेतनाका लागि मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले एकमहिने विशेष अभियान शुभारम्भ गरेका हुन् । मन्त्री सिंहले अभियान मधेश […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सामूहिक रूपमा गहुँखेती

दमौली तनहुँ, २ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ । यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती […]

बागमती मुख्‍य समाचार समाचार समाज

सामाजिक सञ्जाल विधेयक स्वीकार्य छैन्, देशभर आन्दोलन चर्किन्छ : अध्यक्ष जैसी

पछिल्लो समय सरकार मिडियाप्रति झन् झन् अनुदार हुने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कानुन बनाएर हस्तक्षेप गर्न खोज्ने, लोकतान्त्रिक पद्धति विपरित कदम चाल्ने कार्य लोकतन्त्रप्रेमी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षधरहरुलाई स्वीकार्य हुँदैन् । जन्मदेव जैसी अध्यक्ष श्रमजीवी पत्रकार संघ नेपाल काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक र […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

आज रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा, २ फागुन । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेषगरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ । कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकका रूपमा अर्थ्याइने गरेका कारण पनि त्यहाँ […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक

काठमाडौं । निगम श्रेष्ठले निर्देशन गरेका चलचित्र ‘भाइरल गोर्खे’को फस्र्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । शुक्रबार भ्यालेनटाइन डेको अवसरमा सार्वजनिक पोस्टरमार्फत् चलचित्र आगामी वर्षको जेठ ३० गतेबाट प्रदर्शनमा आउने जानकारी दिइएको छ । सार्वजनिक गरिएको एउटा पोस्टरमा अभिनेता सौगात मल्ललाई भाइरल भएपछि सामाजिक सञ्जालमा लाइभ बसेको अवस्तामा प्रस्तुत गरिएको छ । अर्को […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुलीमा यही फागुन ५ गतेदेखि प्रथम खेलकुद महोत्सव हुने

सिन्धुली, २ फागुन । जिल्ला खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा यही फागुन ५ देखि १३ गतेसम्म प्रथम खेलकुद महोत्सव, २०८१ हुने भएको छ । खेलकुदको माध्यमबाट सामूहिक भावनाको विकास गराई स्थानीय स्तरबाट खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको खेलकुद विकास समिति, सिन्धुलीका अध्यक्ष वीरबहादुर थिङ तामाङले जानकारी दिए । […]