९ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन बागलुङ, १६ फागुन । आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो । निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाल र जापानबीच आयात–निर्यातको सम्बन्ध विकसित हुन थालेको छ : प्रधानमन्त्री

काठमाडौँ, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताएका छन् । सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि

१६ फाल्गुन,  मुगु ।  मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै  खुसी भएका हुन् । मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ । यससँगै जिल्लामा  बिद्युत सेवा पनि अवरुद्ध भएको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सडक सञ्चालनको १६ वर्षपछि रुम्टाखोलामा पुल निर्माण सुरु

ढोरपाटन बागलुङ, १६ फागुन । बागलुङ र गुल्मी जोड्ने कुस्मिशेरा–बरेङ–शान्तिपुर सडकअन्तर्गत रुम्टाखोलामा मोटरेबल पुल निर्माण भइरहेको छ । विसं २०६५ मा सडक निर्माण भई यातायात सञ्चालनमा आए पनि जैमिनी नगरपालिका–९ र १० को सीमा क्षेत्रमा पर्ने रुम्टाखोलामा पुल निर्माण हुनसकेको थिएन, जसकारण बर्खाको समयमा यातायात ठप्प हुन्थे । सडक खुलेको १६ वर्षपछि गत वर्षदेखि यहाँ […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार विचार समाचार

पोखरामा नेपाल, भारत, चीन प्रदर्शनीः अन्तर्राष्ट्रिय पर्यटन र व्यापारमा नयाँ अवसर

पोखरा १६ फागुन पर्यटन राजधानी पोखरामा पहिलोपल्ट आयोजना भएको नेपाल, भारत, चीन प्रदर्शनी २०२५ नेपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने नयाँ अवसर भएको सरोकारवालाले बताएका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन पाटा नेपाल च्याप्टरको अगुवाइ नाइस फर माइस एण्ड मोर भन्ने नारासहित पर्यटकीय सहर पोखरामा सम्पन्न तीनदिने प्रदर्शनीले तीन देशको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महत्वपूर्ण अवसर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

क्यान्सर प्रभावित पत्रकारलाई उपचारका लागि सहयोगको अह्वान

चितवन, १६ फागुन । पत्रकार सङ्गीता बानियाँको उपचारका लागि सहयोग गर्न परिवारले आह्वान गरेको छ । पश्चिम चितवनको रेडियो शिवशक्तिमा कार्यरत बानियाँ लामो समयदेखि क्यान्सर रोगबाट प्रभावित छन् । उनको उपचारका लागि आर्थिक अभाव हुँदै गएपछि उपचारमा सहयोग गरिदिन परिवारले आग्रह गरेको हो । नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्य बानियाँलाई सुरुआतमा स्तन क्यान्सर देखिएको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन

खोटाङ, १६ फागुन । दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ । सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

‘सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै !’

सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरुसँगको अन्तर्कियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । मधेसी जनता मधेसवादको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

ग्याल्पो ल्होसारः शेर्पा समुदायको पहिचान, परम्परा र नयाँ वर्षको उल्लास

फुङ्लिङ ताप्लेजुङ, १६ फागुन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङका तेन्जिङ शेर्पा बुधबार घरबाट ल्होसार मनाउन काठमाडौँतर्फ प्रस्थान गरे । उनको परिवार केही महिनाअघि मात्र पापुङबाट काठमाडौँ सरेकाले आफन्तहरूसँग नयाँ वर्ष मनाउन उनी राजधानी गएका हुन् । स्थानीय कञ्चन शेर्पा भने बिहीबार बिहानदेखि नै ल्होसारका लागि आवश्यक तयारीमा व्यस्त छन् । उनले घर तथा पूजा कोठा […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

खलङ्गा दार्चुला १६ फागुन महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ । पहिरो खसेपछि आज बिहानदेखि यातायात सेवा ठप्प भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । सडक अवरुद्ध हुँदा बिहानैदेखि तराइबाट जिल्ला सदरमुकामका लागी छुटेका तथा जिल्लाबाट बाहिरिने सवारीसाधन बाटोमै थन्किएका छन् । यात्रु बाटोमै अलपत्र परेका महाकाली काउन्टर दार्चुलाका […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

सल्टिँदै लहानमा खानेपानीको समस्या

सिरहा, १६ फागुन । लहान नगरपालिका–२४ मलन्हाकी सुशीला सदायलाई छ महिना अघिसम्म इनारको धमिलो पानी खानुपरेको तीतो अनुभव ताजै छ । हिउँदको समयमा थोरै रसाउने त्यही इनारको धमिलो पानी गाउँभरिका मानिसहरुले बाँडीचुँडी पिउनुपर्ने बाध्यता थियो । त्यसमाथि बालबच्चा बिरामी परिरहने समस्या उनले अझै विर्सन सकेका छैनन् । इनारकै पानी खाने, नुहाउने, लुगा धुनेलगायत काममा प्रयोग […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुन्छ’

गण्डकी, १६ फागुन । शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चाडपर्वले राष्ट्रिय एकता सुदृढ हुने बताएका छन् । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइने उनको भनाइ छ । “यस्ता पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि […]