९ श्रावण २०८३, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

रिङ्कु सदाको न्यायका लागि सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उनी मृत फेला परेकी थिइन । जनतासँग माओवादी तराई मधेस जागरण अभियानको क्रममा सिरहा पुगेका […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार समाचार समाज

चन्द्रपुरमा सुविधायुक्त बसपार्क संचालनको तयारी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा सुबिधायुक्त बसपार्क संचालनको तयारी थलिएको छ । संघन सहरी तथा भवन निमार्ण आयोजना बिरगंजको सहयोगमा बसपार्क निमार्ण गरिएको हो । चन्द्रपुर वडा नं.४ टेकानटोलमा रहेको चार्जिङ स्टेशन सहितको सुबिधायुक्त बसपार्कमा शौचालय , स्नानकक्ष , विश्रामकक्ष, चमेनागृह लगायतको व्यवस्था गरिएको छ ।चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले यो बसपार्क संचालनमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज स्वास्थ्य

मुख्यमन्त्री सिँहले गरे बर्दिवासका आठ अस्पताल अनुगमन, पाँचलाई बन्द गर्न निर्देशन 

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले अवैध तथा अनाधिकृत ढङ्गले चिकित्सासेवा प्रदान गर्दैआएका महोत्तरीको बर्दिवासस्थित पाँचवटा अस्पताललाई बन्द गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार अनुगमन गरेका आठ अस्पतालमध्ये सेवा सञ्चालन अनुमति नलिएका पाँचवटा अस्पतालहरू पिनाकल हस्पिटल, सुरक्षा अर्थोपेडिक एन्ड डेन्टल क्लिनिक प्रालि, ऊँ समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर र खोमुसरा […]

मुख्‍य समाचार समाचार समाज

डिजेल र मट्टितेलको मूल्य घटयो, यस्तो छ मुल्य सूची

काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने  निर्णय गरेको हो । आईओसीबाट प्राप्त मूल्य अनुसार डिजेल र मट्टितेलको खरिद […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

परिणाम नआउने क्षेत्रमा प्रदेश सरकारले खर्च नगर्ने

कैलाली, १६ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले परिणाम नआउने योजनामा प्रदेश सरकारले बजेट खर्च नगर्ने बताएका छन् । टीकापुरस्थित जालवा देवी सेवा समितिद्वारा निर्माण गरिएको केवलानन्द डण्डी स्वामीको शालिक अनावरण गर्दै उनले यसभन्दा अघि करोडौँ खर्च भएका सयौँ संरचना अलपत्र परेको बताए । प्रदेश सरकारले आवश्यकताका आधारमा बजेट खर्च गर्ने गरेको बताउँदै उनले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

 ‘भौतिक संरचना निर्माणलाई तीव्र बनाइएको छ’

नुवाकोट, १६ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मुलुकमा पूर्वाधार विकास र भौतिक संरचना निर्माणलाई तीव्र बनाउँदै लगिएको बताएका छन् । विदुर नगरपालिका–४ र विदुर–१२ जोड्न सिमचउरामा निर्मित एक सय मिटर लम्बाइको पक्की पुल र विदुर–१ स्थित त्रिशूली बजारमा निर्मित ६० मिटर लम्बाइको पक्की पुलको उद्घाटन गर्दै उनले सरकारलेजनता केन्द्रित पूर्वाधार विकासलाई प्राथमिकतामा […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आँखा शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया

सिन्धुली, १६ फागुन । तिलगङ्गा आँखा प्रतिष्ठान, गोलञ्जोर गाउँपालिका र स्थानीय सुनकोशी सामुदायिक अस्पतालद्वारा संयुक्त रूपमा आयोजित मोतियाबिन्दुको शल्यक्रियासम्बन्धी शिविरमा पहिलो दिन नै ४० जनाको शल्यक्रिया गरिएको छ । सो गाउँपालिका–७ खुर्कोटमा आयोजित दुईदिने शिविरमा प्रतिष्ठानले शल्यक्रियाका लागि छनोट गरेका एक सय जनाको शल्यक्रिया गर्ने पालिकाका उपप्रमुख ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए । शिविरमा शल्यक्रिया गरिएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

विचाराधीन विधेयक फिर्ता नलिइकन अध्यादेश ल्याउन पाइँदैनः अध्यक्ष नेपाल

काठमाडौँ, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संसदीय समितिमा विचाराधीन विधेयक फिर्ता नलिइकन सरकारले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ ल्याउन नपाउने बताएका छन् । भूमिसम्बन्धी अध्यादेश समस्या समाधान गर्नेभन्दा पनि आफ्नाहरूलाई पोस्नका लागि ल्याएको उनको आरोप छ । जनता समाजवादी पार्टी, नेपालले यहाँ आज आयोजना […]

प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज

निजीका कारण सामूदायिक विद्यालयको गुणस्तर घट्दैन

१६ फागुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले निजी विद्यालयहरुको स्थापनाले सार्वजनिक विद्यालयको गुणस्तर नघटाएको बताएका छन् । शुक्रवार प्याप्सनको आठौं राष्ट्रिय महाधिवेशन उट्घाटन समारोहमा बोल्दै उनले निजी विद्यालयहरुलाई समाप्त गरेर सार्वजनिक विद्यालयहरुको स्तर सुध्रिन्छ भन्नु गलत भएको बताएका हुन् । उनले भने,‘सरकार आफ्नो धारणा नीतिगत रुपमा स्पष्ट पारेको छ । हरेक कुरा पारदर्शी गराएको छ […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपाल धनी छ तर नेपाली अभाव र गरिबीमा छन् : सभामुख

रामेछाप । सभामुख देवराज घिमिरेले नेपाल देश धनी भएर पनि नेपाली भने अभाव र गरिबीमा बाँचिरहेका बताएका छन् । शुक्रबार रामेछापको ऐतिहासिक खाँडादेवी मन्दिरमा खाँडादेवी विकास कोषको १२ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले नेपाल संस्कार, संस्कृति र प्रकृतिले धनी भएपनि त्यसको उपयोग गर्न नसक्दा गरिब हुनुपरेको बताए । मानव समुदायको […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सबै नागरिकलाई साक्षर बनाउने अभियानमा लाग्न प्रचण्डको आब्हान

सप्तरी । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी २०८५ सम्म सबै नागरिकलाई साक्षर बनाइसक्ने कानुनी प्रावधान सम्झाउँदै साक्षर हुन बाँकी नागरिक रहेका स्थानीय तहलाई साक्षर अभियान सञ्चालन गर्न आह्वान गरेका छन् । सप्तरीको खडक नगरपालिकाले आजदेखि सुरु गरेको साक्षर नगरपालिका निर्माण अभियान सुरु गर्दै उनले यस्तो आग्रह गरेका हुन् । संविधानले […]

प्रवास बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौं महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ : डंगोल

१६ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताइन् । उनले भनिन्, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, […]