९ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखामा निःशुल्क स्वास्थ्य शिविरः सात सय ७४ जना लाभान्वित

गोरखा, २१ फागुन । धार्चे गाउँपालिका–२केरौजामा मङ्गलबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा सात सय ७४ जनाले उपचार सेवा लिएका छन् । शिविरमा एक सय ७७ जनाले स्त्री तथा प्रसूति र तीन सय ३४ जनाले नाक, कान र घाँटी, एक सय ५६ जनाले युएसजी र ७२ जनाले इसिजी सेवा लिएका थिए । काठमाडौँस्थित ग्रीन सिटी हस्पिटलको प्राविधिक […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस

काठमाडौँ, २१ फागुन । अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेषगरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी हुन नदिने जागरुकता वृद्धि अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र खासगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६८, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) […]

पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

विश्वभर नेपालको पर्यटन प्रबद्र्धन गर्न आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना, मन्त्री पाण्डेद्वारा उद्घाटन

काठमाडौं । नेपाल पर्यटन बोर्डले जर्मनीको बर्लिनमा सुरु भएको आईटीबी बर्लिन–२०२५ मा नेपाल पभेलियन स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मंगलबार नेपाल पभेलियनको उद्घाटन गरेका हुन् । नेपाललाई विश्वभरका पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन नेपाल पर्यटन बोर्डले २८ प्रतिष्ठित पर्यटन व्यवसायीहरूलाई यस मञ्चमा सहभागी गराउनु भएको छ, जसमा एडभेन्चर टुरिजम, सांस्कृतिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका महानिर्देशक, विश्व वन्यजन्तु कोष नेपालका निर्देशक, सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्षलाई आमन्त्रण गरिएको छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग […]

मधेश मुख्‍य समाचार समाचार समाज

स्थानीय सेवा ऐन संशोधनका लागि सुझाव समितिले बुझायो प्रतिवेदन

जनकपुर । मधेश प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न गठित सुझाव समितिले मुख्यमन्त्री सतिश कुमार सिंहलाई आफ्नो प्रतिवेदन बुझाएको छ । मधेश भवनस्थित मुख्यमन्त्री निवासमा समितिका संयोजक तथा मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रतिवेदन हस्तान्तरण गरेका हुन् । प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा […]

मधेश मुख्‍य समाचार समाचार समाज

मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ । मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैठौं दिन मडै पुगेको थियो । आज सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि […]

कर्णाली खेलकुद मुख्‍य समाचार समाचार समाज

कोहलपुर गोल्डकपमा अफ्रिकन घानालाई हराउँदै काँक्रेविहार सेमिफाइनलमा

बाँके । मुख्यमन्त्री कोहलपुर गोल्डकपमा काँक्रेविहार फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । मंगलबार अफ्रिकन घाना फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै काँक्रेविहार अन्तिम चारमा प्रवेश गरेको हो । काँक्रेविहारको जितसँगै सेमिफाइनलको समिकरण पुरा भएको छ । दोस्रो हाफको ५१ औँ मिनेटमा काँक्रेबिहार फुटबल क्लब सुर्खेतका धनसिंह सुनारले पहिलो गोल गरेर टिमलाई अग्रता दिएका थिए । […]

मधेश मुख्‍य समाचार समाचार समाज

धनुषाका डिएफओ विनोद सिंहले पाए उत्कृष्ट वन प्राविधिक पुरस्कार

जनकपुर । डिभिजन वन कार्यालय धनुषाका डिएफओ विनोद सिंहलाई उत्कृष्ट वन प्राविधिक पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ । वन प्राविधिक संघको ५०औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव समारोहमा काठमाडौमा मंगलबार आयोजित एक कार्यक्रममा सो पुरस्कार डिएफओ सिंहलाई प्रदान गरिएको हो । वन संरक्षणको कार्यमा अतुलनिय योगदान पुर्याए बापत कार्यको उच्च मूल्यांकन सहित नगद पुरस्कार र […]

बागमती मुख्‍य समाचार समाचार समाज

सिन्धुलीको खाङ्साङमा बन्यो प्रहरीको आफ्नै भवन

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–४ खाङ्साङमा नेपाल प्रहरीको आफ्नै भवन बनेको छ । वाग्मती प्रदेश सरकारको ३ करोड ४६ लाख २१ हजार ५ सय २४ रुपैयाँको लागतमा सो भवन बनेको हो । वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला एवं कानुन मन्त्री सुरजचन्द्र लामिछाने र वाग्मती प्रदेशका प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले मंगलबार संयुक्त रूपमा प्रहरी चौकीको […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रतिनिधिसभा बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ पेस गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश स्वीकृतिका निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको […]