९ श्रावण २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

इस्लाम धर्मावलम्बीद्वारा माध्यमिकी परिक्रमाका यात्रीको स्वागत

महोत्तरी, २१ फागुन । इस्लाम धर्मावलम्बीले मडैबाट ध्रुवकुण्ड पुगेका मिथिला माध्यमिकी परिक्रमाका यात्रीलाई आज स्वागत गरेका छन् । परिक्रमा यात्राको सातौँ दिनको रात्रि विश्रामस्थल ध्रुवकुण्ड हो जहाँ इस्लाम धर्मावलम्बीको बाहुल्य छ । बलवा नगरपालिकाका रौजा, धमौरा र अधियानपुरका इस्लाम धर्मावलम्बीले यात्रीलाई खादा र माला लगाइ दिएर स्वागत गरेका हुन् । सत्ययुगमा राजा उत्तानापाद र सौतेनी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपमेयर डंगोलले खोजिन् फिल्ममा महिलालाई समान पारिश्रमिक

काठमाडौँ । ‘चलचित्रमा नारी’ नारासहित ‘महिला चलचित्र महोत्सव’ मंगलबारबाट सुरु भएको छ । चलचित्र बिकास बोर्डमा सुरु महोत्सव तीन दिनसम्म चल्नेछ । बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले ११५ औं महिला दिवसको अवसर पारेर आयोजना गरेको महोत्सवको उद्घाटन काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गरिन् । महोत्सव आयोजना भएकोमा खुसी व्यक्त गर्दै डंगोलले फेस्टिभलले धेरैभन्दा धेरै […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

ढोरपाटनका किसानलाई अनुदानमा हाते ट्याक्टर

ढोरपाटन बागलुङ, २१ फागुन । बागलुङको ढोरपाटन नगरपालिकाले किसानलाई आधुनिक प्रविधिसँग जोड्न हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाका नौ वटै वडाबाट सिफारिस भएर आएका किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो । किसानको माग र आवश्यकलाई मध्यनजर गरी नगरपालिकाले हाते ट्याक्टर उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत चीरञ्जीवी घिमिरेले बताए। विभिन्न वडाका १९ […]

बागमती मुख्‍य समाचार समाचार समाज

थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो

काठमाडौँ, २१ फागुन । थापाथलीमा मङ्गलबार बिहान फुटेको मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपलाइन मर्मत भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएलको प्राविधिक टोलीले फुटेको पाइपलाइन आज बिहान ४ बजे मर्मत पूरा गरेको केयुकेएलका इन्जिनियर प्रकाश बरालले राससलाई जानकारी दिए ।

गण्डकी मुख्‍य समाचार समाचार समाज

श्रमदानबाटै सिँचाइ योजना मर्मत

म्याग्दी बेनी २१ फागुन । म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् । चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् । गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन […]

बागमती मुख्‍य समाचार समाचार समाज

मैतीदेवीको गोदा वेणुगोपाल मन्दिरमा विशेष धार्मिक अनुष्ठान

काठमाडौँ, २१ फागुन । काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । फागुन २१ गते साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते […]

बागमती मुख्‍य समाचार समाचार समाज

नुवाकोटका माझी समुदायले पहिलो पटक मनाए लदी पर्व

त्रिशूली नुवाकोट, २१ फागुन । नुवाकोटका माझी समुदायले मङ्गलबार पहिलो पटक सामूहिक रुपमा लदी पर्व मनाएका छन् । जिल्लाभरका माझीहरु सामूहिक रुपमा भेला भएर ‘प्रथम लदी पर्व तथा प्रकृति पूजा’ कार्यक्रमको आयोजना गरेर मनाएको पर्वले लोप संरक्षणको लागि सहयोग पुग्ने उक्त समुदायका अगुवा तेजबहादुर माझीले बताए। “विगतका वर्षमा माझीले डुङ्गा चलाइ खोला नदी वारपार गराउँदै […]

बागमती मुख्‍य समाचार समाचार समाज

ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, २१ फागुन । ललिता निवासको जग्गा हिनामिनाका सन्दर्भमा विशेष अदालतले गरेको फैसला त्रुटीपूर्ण रहेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले ललिता निवास क्याम्पभित्रको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा प्रतिवादी कलाधर देउजासमेत रहेको विशेष अदालतबाट भएको फैसला चित्त बुझ्दो […]

कोशी मुख्‍य समाचार समाचार समाज

रेडपाण्डा संरक्षणका लागि जैविकमार्ग

मङ्गलबारे इलाम, २१ फागुन । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ । जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु गरिएको हो । कृषि मन्त्रालयका नाममा रहेको उक्त आठ हजार चार सय २४ रोपनीमध्ये अधिकांश जग्गा प्रयोगबिहीन छ । सोही जमिनको सदुपयोग […]

कोशी मुख्‍य समाचार समाचार समाज

इलामका चार सय ५६ परिवार बेसारखेतीमा रमाउँदै

इलाम, २१ फागुन । रोङ गाउँपालिका–४ कोल्बुङस्थित इको चिया उत्पादक सहकारी संस्थामा चार सय ५६ घरपरिवार आबद्ध छन् । तीमध्ये एक सय १५ परिवार व्यावसायिक चियाखेती गर्छन् भने ८० परिवारले बेसारखेती सुरु गरेका छन् । सहकारीमा आबद्ध अन्य सदस्यका परिवारले आंशिक रूपमा विविध खेती गरिरहेका छन् । गत वर्ष गाउँपालिकाले बेसारखेती प्रवर्द्धन गर्न सहकारीमार्फत तालिमसँगै […]

बागमती मुख्‍य समाचार समाचार समाज

वन्यजन्तु मानव द्वन्द्वः छ महिनामा दश जनाको मृत्यु

चितवन, २१ फागुन । वन्यजन्तुको आक्रमणमा परी चालु आर्थिक वर्षमा १० जनाको मृत्यु भएको छ । गत साउन यता चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गैँडा, हात्ती र बाघको आक्रमणबाट उनीहरूको मृत्यु भएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गैँडाको आक्रमणबाट आठ जना, हात्ती र बाघको आक्रमणबाट एक–एक जनाको मृत्यु भएको हो । […]

अर्थ मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

फोहर बेचेर मनग्य मोहर कमाउँदै धनगढी उपमहानगर

गोदावरी कैलाली, २१ फागुन । धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो । उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा […]