९ श्रावण २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

आँबुखैरेनी अस्पतालमा ‘मौसमी’ बिरामी बढे

तनहुँ, २१ फागुन । जिल्लाको आँबुखैरेनी अस्पतालमा अहिले मौसमी बिरामी बढेका छन् । अस्पतालमा दैनिक एक सय ५० देखि दुई सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् । यसअघि अस्पतालमा दैनिक एक सय ५० जनासम्म बिरामी आउने गरेकामा पछिल्लो समय रुघाखोकी, दम, ज्वरो, श्वासप्रश्वास, सुगर, प्रेसरलगायत मौसमी बिरामीको सङ्ख्या बढेको अस्पतालका डा सुपरिटेन्डेन्ट डिबी क्षेत्रीले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

मुस्ताङमा हिमपातहुँदा किसान खुसी

मुस्ताङ, २१ फागुन । हिमाली जिल्ला मुस्ताङमा स्याउलगायतका रैथाने बालीको उत्पादन वृद्धि हुने प्रक्षेपण गरिएको छ । स्याउलगायतका रैथाने बालीको समुचित बगैँचा व्यवस्थापनका साथै आंशिक वर्षा र हिमपात भएकाले स्याउ लगायतका रैथाने अन्नबालीको गुणस्तर तथा उत्पादन वृद्धि हुने कृषि ज्ञान केन्द्र मुस्ताङले प्रक्षेपण गरेको हो । लगातार जिल्लामा दुई वर्षसम्म अनुकूल मौसममा समेत हिउँ नपरेकाले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सुन्दर भवनभित्र अभाव झेल्दै विद्यामन्दिर

बलेवा बागलुङ, २१ फागुन । ठूलो पक्की भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताको भरमा बनेका भवन उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडकसँग जोडिएका छन् । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाले मात्रै विद्यालयले मनग्ये आम्दानी गरिरहेको छ । विद्यार्थीका लागि आवश्यक सबै पूर्वाधार बनिबनाउ छन्, विद्यालयमा अभाव केहीकुरामा नहोला, तर […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यथार्थपरक नयाँ बजेट तर्जुमा गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ, २१ फागुन । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया प्रारम्भ गरेको छ । सोही क्रममा मन्त्रालयले आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै सम्बद्ध विभाग र निकायसँग परामर्श गरेको छ । उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट अनुशासित र यथार्थपरक हुने प्रतिबद्धता व्यक्त गरे । […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी अधिकारी र मिरुना मगरलाई अनुबन्ध गराएको छ । अभिनेता विजय बराल, गौरव पहाडी र रियर राई यसअघि नै अनुबन्ध भइसकेका छन् । ‘जनै हराएको बाहुन’ […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन् । यसअघि उनले ‘माला’ र ‘रुद्रप्रिया’ को निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक पारिवारिक सिनेमा कम मात्रमा निर्माण भैरहेको अवस्थामा निर्देशक सिंहले ’श्री बुकुरो’ […]

बागमती मुख्‍य समाचार समाचार समाज

काभ्रेको चौँरी देउरालीमा स्काउटको अभिमुखीकरण

रामेछाप । काभ्रे जिल्लाको चौँरी देउराली गाउँपालिकामा पालिका स्तरीय विद्यालय केन्द्रित स्काउट अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट वाग्मती प्रदेशको आयोजनामा कात्तिकै देउराली स्थिति नमुना श्री प्रभा माध्यमिक विद्यालयमा कार्यक्रम भएको हो । गाउँपालिका शिक्षा शाखा प्रमुख कालीप्रसाद पाण्डेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष रेणुका चौलागाईँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्काउटको बारेमा सरोकारवालालाई अभिमुखीकरण […]

कर्णाली बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

आगामी आव २०८२/८३ मा कार्यान्वयन हुने आयोजनाको प्रस्ताव माग

काँक्रेविहार सुर्खेत, २१ फागुन । कर्णाली प्रदेश सरकारले प्रदेश मतहतका जिल्लाका कार्यालयलाई पत्राचार गरेर आयोजनाको प्रस्ताव माग गरेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वन गर्नेगरी जिल्लास्थित कार्यालयमा प्रदेश सरकारका मन्त्रालयबाट आयोजनाको प्रस्ताव माग गरिएको हो । सबै मन्त्रालयबाट जिल्लास्थित कार्यालयमा पत्राचार गरी आयोजनाको प्रस्ताव माग गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिइएको प्रदेश सरकारका प्रवक्ता […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

मन्त्री महर्जनले गरे युनिक बक्सिङ क्लब भवनको शिलन्यास

मकवानपुर । मकवानपुरको हेटौंडा वडा नं. १४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास गरिएको छ । बागमती प्रदेशका युवा तथा खेलकूदमन्त्री मीनकृष्ण महर्जनले एक कार्यक्रमका बीच बक्सिङ भवनको शिलान्यास गरेका हुन् । सो अवसरमा बोल्दै मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पतीका विषयमा आफूले अध्ययन गरिरहेको बताए । उनले भने,‘हामीले सबै जिल्लाका […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन

काठमाडौं । ब्याटर र राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले रेडियन्ट क्रिकेट एकेडेमीको उद्घाटन गरेका छन् । बुधबार मल्लले ललितपुर, सानेपास्थित उक्त एकेडेमीको उद्घाटन गरेका हुन् । सोही क्रममा उनले नेपालमा क्रिकेटलाई एकेडेमिक हिसाबले अगाडि लैजाने उद्देश्यले २००९ मा काठमाडौं क्रिकेट टे«निङ सेन्टरको स्थापना गरेको भन्दै रेडियन्ट क्रिकेट एकेडेमी त्यसैको निरन्तरता भएको बताए । उनले भने, […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्नाम गरेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो भएको भन्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा […]

कोशी मुख्‍य समाचार समाचार समाज

आज सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस

झापा । आज फागुन २१ गते झापाको सुखानीमा हत्या गरिएका सहिदहरूको स्मृति दिवस । २०२९ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा लागेका पाँच जना योद्धाहरू झापाको सुखानीमा मारिएको दिन । तत्कालीन शासकहरूले झापाको चन्द्रगढी जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, बिरेन राजवंशी र नारायण श्रेष्ठलाई जेल सार्ने बहानामा आजकै दिन सुखानीको जङ्गलमा हत्या गरेका थिए […]