९ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

सभामुखद्वारा रुलिङ

काठमाडौँ, २१ फागुन । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका विषयमा जानकारी दिन रुलिङ गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५ को उपनियम २ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीको सभामुखले गम्भीर ध्यानाकर्षण गराएका हुन् । साथै उठेका विषयलाई सभामा जानकारी गराउन पनि सभामुख घिमिरेले सरकारलाई निर्देश […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत् प्राधिकरणका बारेमा रुलिङ नभएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलहरूको अडान

काठमाडौँ, २१ फागुन । प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई सोधिएको स्पष्टीकरणबारे जानकारी माग गर्र्दै त्यसबारे सभामुखमार्फत रुलिङको माग गरेका छन् । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र सहित सबै प्रतिपक्षी दल उठेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्ने समय दिएका थिए । […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ

दशरथचन्द बैतडी, २१ फागुन । यहाँबाट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित एक जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउका ५१ वर्षीय पाल विष्ट भरुवा बन्दुक र जङ्गली जनावरको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीबाट खटिएको टोलीले भरुवा बन्दुक, […]

कोशी मुख्‍य समाचार समाचार समाज

आठ महिनामा सात सय ९४ जना प्रतिवादी पक्राउ

भण्टाबारी सुनसरी, २१ फागुन । जिल्ला प्रहरी कार्यालय सुनसरीले आठ महिनाको अवधिमा सात सय ९४ जना प्रतिवादी पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयन गर्न लामो समयदेखि फरार प्रतिवादी पक्राउ गर्न चलाएको विशेष अभियानअन्तर्गत चालु आर्थिक वर्षमा सात सय ९४ प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए । पक्राउ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पुरोहितलाई नियमन गरिँदै : अब पुराण वाचक गर्न अनुमतिपत्र लिनुपर्ने

काठमाडौँ, २१ फागुन । पुराण वाचक, ज्योतिषी कर्म गर्ने र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर अनुमतिपत्र दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको भीड लागेको छ । प्रशिक्षण लिन चाहनेको भीड लागेपछि यही महिनाको अन्तिमदेखि छ महिने कार्यक्रम सुरु गर्न लागिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। ज्योतिष र कर्मकाण्ड […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

देशलाई समृद्ध बनाउने मुख्य क्षेत्र  ऊर्जा र जलस्रोत

डुम्रे तनहुँ, २१ फागुन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशलाई समृद्ध बनाउने बाटोमा सरकार लागिपरेको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ डुम्रे भन्सार बजारमा आजदेखि सञ्चालित चौथो डुम्रे सांस्कृतिक तथा व्यापारिक महोत्सव २०८१ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशलाई समृद्ध बनाउने मुख्य बाटो नै ऊर्जा र जलस्रोत रहेको बताएका हुन् । उनले भने, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताएका हुन् । उनले भने,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार

एउटा कुलमान लेखेटे, हजारौँ कुलमान ल्याउनेछौँ, मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सांसद मनीष झाले सरकारले कुलमान लाई लखेट्न लागेको भन्दै विरोध जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले आफ्नो कार्यकर्ता भर्ती गर्न नपाएर कुलमान सँग प्रतिशोध साँधेको बताएका हुन् । उनले भने, सरकारले कुलमान घिसिङ जस्तो कम्पनिलाई फाईदामा पुर्याउनेहरुलाई मूल्यांकन जिरोमा गरि रहेको छ , विभिन्न बहनामा आफ्ना […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

४ सयभन्दा बढी विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा प्रदान

मुगु । मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेका चार वटा माध्यामिक विद्यालयको चार सय भन्दा बढी विद्यार्थीहरुलाई आयुर्वेद तथा योग शिक्षा प्रदान गरिएको छ । आयुर्वेद स्वास्थ्यबारे विद्यार्थीलाई सानै उमेर देखि जानकारी गराउने, योगको सैद्धान्तिक तथा प्रयोगात्मक सीप सिकाउने उद्देश्यका साथ कार्यक्रम गरिएको हो । आयुर्वेद स्वास्थ्य केन्द्र मुगुको आयोजनामा अध्यानरत विद्यार्थी, शिक्षक, शिक्षिका कर्मचारीलाई […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कुलमान घिसिङलाई हटाए सडक र सदनबाट आन्दोलन गर्ने राप्रपाको चेतावनी

काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाए सडक र सदनबाट दुबैबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अँध्यारो नेपालबाट उज्यालो नेपाल बनाउने घिसिङलाई हटाउने प्रपञ्च गरिएको भन्दै कुलमानलाई हटाइयो भने,नेपाललाई अन्धकारतिर धकेलेको भनेर सडक र सदन दुबैबाट आवाज उठाउने बताएका हुन् […]

बागमती मुख्‍य समाचार समाचार समाज

कुलमान घिसिङलाई हटाउन सरकार निरन्तर प्रतिशोध साँधिरहेको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन् । उनले भने,‘नेपाल सरकारको तर्फबाट विद्युत प्राधिकरणका कार्यकारी […]

बागमती मुख्‍य समाचार समाचार समाज

मुलुकको परिवर्तनका लागि योगदान दिएका सहिदहरुको सपना पुरा गर्न सबै गम्भीर हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सरकारले ‘झापा विद्रोह’ का पाँच सहिदको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ । तत्कालीन ‘झापा विद्रोह’ का पाँच सहिदको स्मृति दिवसका दिन हुलाक सेवा विभागले पाँच सहिदको सम्मानमा प्रकाशन गरेको हुलाक टिकहरुको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेको हो । बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हुलाक टिकटमा प्रथम दिवसिय टाँचा […]