१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्री सुधन गुरुङद्धारा त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । पटक–पटक सर्वसाधारणबाट आएको गुनासो र असुविधालाई मध्यनजर गर्दै उनले हिजो साँझको समयमा आफ्नो टोलीसहित विमानस्थल अनुगमन गरेका हुन् । अनुगमनका क्रममा गृहमन्त्री गुरुङले सेवाग्राहीलाई कुनै पनि प्रकारको असुविधा नपरोस् भन्ने सुनिश्चित गर्दै सम्बन्धित कर्मचारीलाई निर्देशन दिइएका छन् । उनले विदेशबाट फर्किने नागरिकले विमानस्थलमै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । स्थानीय तहमा लामो समयदेखि कायम ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली हटाउन सरकार अघि बढेको छ । प्रशासनिक सुधारको अभियान अन्तर्गत ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत र अतिरिक्त समूहमा रहेका ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा पठाउँदै […]

मुख्‍य समाचार विशेष समाचार सुदूरपश्चिम स्वास्थ्य

स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित

महेन्द्रनगर, २० चैतः सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वासमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ७६९ जना लाभान्वित भएका छन् । सात नम्बर वैद्यनाथ बाहिनीको २५ औँ स्थापना दिवसका अवसरमा आयोजना गरिएको शिविरमा विशेषगरी ज्येष्ठ नागरिक, महिला र बालबालिकाले सेवा लिएका थिए । शिविरमा आँखा, स्त्रीरोग, दन्तरोगलगायत विभिन्न रोगको परीक्षण गरिएको थियो । आँखासम्बन्धी समस्याका २९४ महिला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ, २० चैतःहाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका हिमाली भागका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ। पत्रमा भनिएको छ, ‘देशमा […]

कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

२७ दिन पछि भेरी नदिमा इनिशाको अन्त्यष्टि

सुर्खेत । गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएका इनिशा बिकको २७ दिनपछि भेरी नदिमा अन्त्यष्ठि गरिएको छ । सामुहिक बलात्कार पछि इनिशाको हत्या गरिएको र दोषिलाई कारवाही नहुँदासम्म शव नबुझ्ने परिवारको अडान पछि २७ दिनदेखि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमा राखिएको थियो । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसदको दोस्रो बैठक २२ चैत्रमा बस्ने

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्काे बैठक २२ चैतमा बस्ने गरी पहिलो बैठक समापन भएको घोषणा गरेका हुन् । दोस्रो बैठकमा सभामुख चयनको प्रक्रिया अघि बढ्ने जनाइएकाे छ । ‘०८२ चैत २२ गते आइतबार ११ बजे बस्ने गरी स्थगित हुन्छ’ जेष्ठ सदस्य केसीले भने ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् । उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् । त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तत्कालीन सरकारको घमण्डले नै देश अशान्तिको ज्वालामा होमिएको हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो जीवन बलिदान गरेकोले निष्पक्ष छानबिन भएर कारबाही गर्न आग्रह गरे । उनले भने, ‘जेनजी आन्दोलनमा ७६ जना युवाहरूले आफ्नो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमसीसी खारेज गरी समयको सम्मान गरियोस् : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद हर्क साम्पाङले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सदन र सरकारमा समय व्यवस्थापन र जनताका मागप्रति गम्भीर ध्यान दिनुपर्नेमा जोड दिएका छन् । साम्पाङले आफूले आफैंलाई परिवर्तन गर्न आवश्यक रहेको उल्लेख गर्दै समयको मूल्य बुझ्नुपर्ने बताएका छन् । उनले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई परिवर्तन गर्नुपर्छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हामीले दलितहरुमाथि गरेको माफीको मूल्य न्यायले निर्धारण गर्छ :रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि भएको ऐतिहासिक अन्यायप्रति सरकारको तर्फबाट सार्वजनिक रूपमा माफी मागेका छन् । बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्ना मित्र खगेन्द्र सुनार निर्वाचित भएर सदनमा आएको प्रसंग उठाउँदै चुनावी दौडका क्रममा आएका विवादबारे उल्लेख गरे । उनले भने, ‘मेरा मित्र खगेन्द्र सुनार निर्वाचित भएर यहाँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

हेटौंडामा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन’ कार्यक्रम आयोजना हुने

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक (हुप्रा) चौरमा ‘२१औँ विश्वशान्ति महामैत्री बोधि मार्ग दर्शन तथा मैत्री धर्म आध्यात्मिक अनुष्ठान कार्यक्रम–२०८२’ आयोजना हुने भएको छ । ‘लिटल बुद्ध’ भनेर चिनिएका रामबहादुर बम्जनका अनुयायीहरुको अगुवाइमा उक्त कार्यक्रम हुन लागेको हो । बोधी श्रवण धर्म संघ–नेपालको आयोजनामा उक्त कार्यक्रम चैत २६ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । […]