१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

निजी सञ्चार माध्यमलाई आथिर्क नाकाबन्दी लगाउने निर्णय विरुद्ध आन्दोलन गर्ने चेतावनी

काठमाडौं । नेपाल सरकार प्रधानमन्त्री कार्यालयबाट २०८२ चैत १८ गते जारी गरिएको निर्देशनले सञ्चार माध्यमको अस्तित्व नै गम्भीर संकटमा पर्ने भन्दै तत्काल फिर्ता नलिए आन्दोलन गर्ने विभिन्न पत्रकार सम्बद्ध संस्थाहरुले चेतावनी दिएका छन् । आइतबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव राम प्रसाद दाहालले वर्तमान सरकारको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता के हो भन्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजेदेखि कार्यालय खुल्ने

काठमाडौं । आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने, ‘पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परीक्षा केन्द्रमै नोबेल एकेडेमीको प्रचार, परीक्षा दिइरहेका विद्यार्थी प्रभावित

काठमाडौं । हाल देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भइरहेको छ र विद्यार्थीहरू परीक्षामा व्यस्त छन् । परीक्षाको आज तेस्रो दिन हो । तर, यसबीच केही निजी विद्यालय तथा कलेजहरूले भने परीक्षाकेन्द्र बाहिरै आक्रामक प्रचार–प्रसार थालेका छन् । विशेषगरी बानेश्वरमा अवस्थित नोबेल एकेडेमीले नमुना मच्छिन्द्र माध्यमिक विद्यालयको मूल गेटअगाडि नै बसेर आफ्ना शैक्षिक कार्यक्रमहरूको प्रचार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज (आइतबार) मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । आजको मन्त्रिपरिषद् बैठकले केही महत्वपूर्ण निर्णयहरू गर्ने बताइएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महासंघमा महिला सहभागिता बढाउन सुनिता नेमाफुकीको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा आज आइतबार नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता भएको छ । आइतबार भावी अध्यक्ष अन्जन श्रेष्ठ समूह वस्तुगत तथा एसोसियटको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको महिला सदस्य पदमा उम्मेदवारी दिर्ता गराएकी सुनिता नेमाफुकीले महिलाहरुको उपस्थिति संघहरुमा वृद्धि गर्नको लागि उम्मेदवारी दिएको बताइन् । उम्मेदवारी घोषणा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्रीपरिषद्को बैठक आज बस्दै

काठमाडौं । मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १३ बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बस्ने भएको हो ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मूल्य तोलमा २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य ४ हजार ८३० […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री र तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोल प्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दिर्घ संसद अुनभव बोकेका अग्रजहरुको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित भएको औपचारिक घोषणा

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन । उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक […]

मुख्‍य समाचार विशेष समाचार समाचार सुदूरपश्चिम

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षती, ३५० घरधुरी प्रभावित

बाजुरा । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । हिउँदे वर्षा वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पु¥याएको हो । पहिरोले पावर हाउस मात्र नभई नहर समेत बगाएको उपभोक्ता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

डीपी अर्याललाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल लाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिने भएको छ । संघीय संसद् भवन, सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा अर्याललाई सभामुख पदमा औपचारिक घोषणा गरिने कार्यसूची रहेको छ । अर्याल शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका हुन् । उनको उम्मेदवारीमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको गृहमन्त्री गुरुङको टिप्पणी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको बताएका छन् । गृहमन्त्री गुरुङले काठमाडौंका विभिन्न ठाउँमा गुण्डागर्दी गर्दै आएका युवालाई नियन्त्रणमा लिएपछि ३६ वर्षसम्म सुरक्षाकर्मीलाई हतकडी लगाएको टिप्पणी गरेका हुन् । आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘३६ वर्षसम्म हत्कडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ गरुङ गृहमन्त्री बनेपछि भ्रष्टाचार काण्डमा मुछिएका व्यापारी देखि नेता […]