१० आश्विन २०८३, शनिबार
खेलकुद मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

जनकपुर । मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ । बिहीबार (आज) देखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८ वटै जिल्लाका महिला क्रिकेट खेलाडीहरुको उपस्थिती रहेको छ । मधेश खेलकुद परिषद्को अगुवाई र धनुषा जिल्ला क्रिकेट संघको सहकार्यमा सुरु भएको ८ दिनसम्म चल्ने यस […]

मधेश मुख्‍य समाचार समाचार

सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक : १४१ परीक्षार्थीमध्ये २० मात्र ग्रेडेड

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका अन्तर्गतका सामुदायिक माध्यमिक विद्यालयहरूको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा अत्यन्त कमजोर देखिएको छ । नियमित तथा ग्रेडवृद्धि दुवै परीक्षामा ठूलो संख्यामा विद्यार्थी ‘ननग्रेडेड’ भएपछि स्थानीय शिक्षा क्षेत्रको गुणस्तरबारे गम्भीर प्रश्न उठेको छ धनकौल गाउँपालिका शिक्षा शाखाका अनुसार नियमिततर्फ कुल १ सय ४१ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका […]

बागमती मुख्‍य समाचार समाचार

मारवाडी समुदायमाथि भइरहेको अन्यायले स्वदेशी पूँजी निरुत्साहितः महन्थ ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले मारवाडी समुदायमाथि अन्याय भइरहेको भन्दै स्वदेशी पूँजीलाई नै निरुत्साहित गरिएको बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभा समितिको बैठकमा बोल्दै उनले व्यवसायीमाथि बारम्बार कारबाही र पक्राउको वातावरण बनाइँदा स्वदेशी लगानीकर्ता डराएको टिप्पणी गरे । उनले भने, ‘मारवाडी समाज नामैले बदनाम भएको जस्तो बनाइएको छ […]

बागमती मुख्‍य समाचार समाचार

अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ, नागरिक अधिकार कटौती हुनथाले : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको बताएका छन् । उनले न्यायलयमाथि प्रहार भएको संकेत गरेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सरकारले संविधानको धारा माथि नै ग्रहण लाग्नेगरी अध्यादेश ल्याएको भन्दै संविधानलाई निष्क्रिय बनाइएको आरोप लगाए । उनले भने,‘यतिबेला सर्वोच्च अदालतमाथि गम्भीर आक्रमण भइरहेको छ । किनकी हामीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘सरकारको नीति तथा कार्यक्रम समावेशी छैन्’

काठमाडौं । प्रतिनिधि सभाकी सदस्य पार्वती विकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम समावेशी नभएको टिप्पणी गरेकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा हुने व्यवहारले भावी पुस्तामा गलत सन्देश जानसक्ने भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘मलाई डर लागिरहेको छ, यो गरिमामय सदनमा एकले अर्कोलाई सक्काउन सहयोग त गरौँला र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

होल्डिङ सेन्टरका सुकुम्बासी भन्छन्, ‘डोजरले घर मात्र भत्काएन, सपना पनि चकनाचुर बनायो’

बाँके । ‘हामीले यो ठाउँलाई केवल बस्ने ठाउँ मात्रै बनाएका थिएनौँ, यहीँ हाम्रो जीवन थियो, बच्चाहरूको भविष्य थियो, बूढाबूढीको सहारा थियो,’ शान्तिनगरकी देवकला सापकोटाले भक्कानिँदै भनिन्, ‘डोजर चलेको दिनदेखि बच्चाहरू डराएर रातभर सुत्न सकिरहेका छैनन् । उनीहरू आफ्नो किताबकापी खोजिरहेका छन् । स्कूल जानुपर्ने उमेरका छोराछोरी अहिले खुला आकाशमुनि बस्न बाध्य छन् । बिहान उठ्दा […]

बागमती मुख्‍य समाचार समाचार

कच्ची सडक पुगेको त्यो गाउँ, जहाँबाट देशकै उत्कृष्ट शिक्षाको सुगन्ध फैलिँदै छ

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४, बेथान, भौगोलिक रूपमा विकट, वरिपरि भिराला डाँडाकाँडा र जेनतेन पुगेको धुलाम्मे कच्ची सडक । बाहिरबाट हेर्दा यो एउटा सामान्य दुर्गम गाउँ लाग्छ । ढुङ्गा र माटोले बनेका पुराना घरहरू अनि बिहानैदेखि घाँस–दाउरामा व्यस्त हुने ग्रामीण जीवन यहाँको परिचय हो । तर, यही सामान्य गाउँको एउटा कुनामा यस्तो चमत्कार भइरहेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नीति तथा कार्यक्रम पुरानै निरन्तरता मात्र भएको रामकुमारी झाँक्रीको टिप्पणी

काठमाडौं । राष्ट्रियसभा सदस्य एवं नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्रीले सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता मात्र भएको टिप्पणी गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले हाल प्रस्तुत नीति तथा कार्यक्रममा केही बुँदा घटाएर पुरानै कार्यक्रमलाई दोहोर्याइएको भन्दै धेरै टिप्पणी गर्नुपर्ने विषय नरहेको बताइन् । उनले भनिन्, ‘अस्ति २१ गतेको निर्वाचनमा हाम्रा पार्टीलगायत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेश पराजुलीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको रुलिङ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका नेता गणेश पराजुलीले सदनमा दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुख डोप्रसाद अर्याल (डिपी) ले निर्देशन दिएका छन् । वैशाख २९ गते बसेको बैठकमा सांसद पराजुलीले संसदमा ‘भरौटे, लुगा लगाएर पनि नाङ्गै हिँडे जस्तोगरी’ भनेर प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् । उनले भने, वैशाख […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्छ : सांसद कार्की

काठमाडौं । नेकपा एमालेका सांसद अर्जुन कुमार कार्कीले नेपालको परराष्ट्र नीतिमा आर्थिक कूटनीतिलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र स्वाभिमानसँग जोडिएका राष्ट्रिय विकासका एजेन्डामा अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्न राज्य गम्भीर बन्नुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रो मुलुको पररास्ट्र नीति खास गरेर आर्थिक कूटनीतिलाई महत्त्व […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कलेज शुल्क र किसान समस्यामा सरकार गम्भीर बनोस् : सांसद राई

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले कलेजहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क असुल्ने गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एसइई उत्तीर्ण गरेपछि उच्च शिक्षा अध्ययनका लागि अध्ययन गर्न आउने विद्यार्थीमाथि कलेजहरूले विभिन्न बहानामा अनेक किसिमका शुल्क लिने गरेको बताए । उनले यस्तो गतिविधिमाथि सरकारले निगरानी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

हामीले सदमा प्रधानमन्त्रीको अनुहार होइन, जवाफदेहिता खोजेका हौं :सांसद ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुम्बु ओलीले सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको बताएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्र केवल चुनाव जित्ने प्रणाली नभई निरन्तर संवादको अभ्यास भएको भन्दै सदनमा प्रधानमन्त्रीको माग केवल अनुहार हेर्नको लागि नभई जवाफदेहीताको खोजी भएको धारणा राखिन् । उनले भनिन्,‘लोकतन्त्र […]