१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । ओली र लेखक यहि चैत्र १४ गते पक्राउ परेका थिए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वित्तीय सुशासनका आधारमा सहकारीको गुण दोष हेर्नु पर्नेमा कार्यवाहक प्रमुख डंगोलको जोड

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहकारी क्षेत्रलाई व्यवस्थित र विश्वासिलो बनाउन पारदर्शिता, उत्तरदायित्व र जबाफदेहितालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् । ६९औँ सहकारी दिवसको अवसरमा काठमाडौं महानगरका सहकारी विभाग र जिल्ला सहकारी सङ्घ काठमाडौंले संयुक्त रूपमा आयोजना गरेको ‘सहकारीमा बचत फिर्ता तथा ऋण असुली र व्यवस्थापनका व्यवहारिक समाधान’ विषयक विचार गोष्ठीलाई सम्बोधन […]

मधेश मुख्‍य समाचार विशेष समाचार

दुर्घटनामा ज्यान गुमाएका वृद्धाको परिवारले क्षतिपूर्ति रकम पाएनन् : चालक धरौटीमा रिहा, प्रहरीको भूमिकामाथि प्रश्न

सर्लाही । चन्द्र नगर गाउँपालिका–२, बिर्ता टोलमा दुई महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अहिलेसम्म क्षतिपूर्ति रकम नपाएको गुनासो गरेका छन् । गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुर गम्भीर घाइते भएका थिए । ठाकुरलाई बयलवासमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने

काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ । शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सागर लम्साल विवाद : महिला कलाकारहरूको मिश्रित प्रतिक्रिया

काठमाडौं । नेपाली मनोरञ्जन क्षेत्रका चर्चित कलाकार सागर लम्साल (बले) माथि गम्भीर आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा कलाकारहरूले प्रतिक्रिया जनाइरहेका छन् । अमेरिका बस्ने एक युवतीले वर्षदिनअघि आफूलाई जबर्जस्ती करणी गरिएको दाबी गर्दै सामाजिक संजालमा आफ्ना भोगाइहरु सार्वजनिक गरेपछि कलाकारहरुको फरक फरक प्रतिक्रिया आउन थालेको हो । आरोप पुष्टि वा खण्डनको प्रक्रिया कानुनी रूपमा अगाडि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षा र हिमपात भई रहेको । दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ […]

अर्थ मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थमन्त्री वाग्लेको एकसाता : राजस्व वृद्धि र निजी क्षेत्रको मनोबल बढाउन केन्द्रित, मूल्यवृद्धिमा मौन

काठमाडौं । अर्थमन्त्रीको कार्यभार सम्हालेको पहिलो सातामै डा.स्वर्णिम वाग्लेले निकै आक्रामक र परिणाममुखी कार्यशैली प्रस्तुत गरेका छन् । गत शुक्रबार पदभार ग्रहण गरेकै दिनदेखि उनले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन राजस्व चुहावट नियन्त्रण, नीतिगत सुधार र निजी क्षेत्रको विश्वास जित्ने कार्यलाई प्राथमिकतामा राखेका छन् । निजी क्षेत्रलाई भरोसा : ‘१५ कानुन खारेज र गरिखानेको देश’ कार्यभार […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ऊर्जालाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्छ : विराज भक्त श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्रको समग्र सुधारका लागि नीतिगत कार्यहरूलाई प्राथमिकता दिने बताएका छन । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार मन्त्रालयमा भएको छलफलमा उहाँले ऊर्जा क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न सरकार नीतिगत सुधारमा केन्द्रित रहेको स्पष्ट पारे । मन्त्री श्रेष्ठले ऊर्जा उत्पादन मात्र नभई खपतको रणनीतिलाई पनि […]

बागमती मुख्‍य समाचार समाचार

हाँस्य कलाकार बले पक्राउ

काठमाडौं । हाँस्य कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । उनलाई बुढानिलकण्ठबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिएका छन् । अमेरिकामा बस्ने एक युवतीले बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा बलेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनले बताएका छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने हर्कको दाबी

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब उपसभामुख चयनको निर्वाचन हुँदैछ ! हामी महिला उम्मेद्वार खडा गर्दैछौँ ! हेरौँ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नीतिगत सुधार मेरो पहिलो प्राथमिकता हुनेछ : नरेशलाल श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चैत २९ र ३० गते हुने ६० औं वार्षिक साधारणसभा तथा निर्वाचन नजिकिँदै गर्दा वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार नरेशलाल श्रेष्ठले मुलुकमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र नितीगत सुधार आफ्नो मुख्य उद्देश्य भएको बताएका छन् । लामो समयदेखि निर्यात क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले विगत तीन कार्यकालदेखि महासंघको कार्यसमितिमा विभिन्न जिम्मेवारी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो । अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ । बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।