१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको छ । हिजो सुनको मूल्य तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को ‘आकस्मिक’ बैठक बोलाएका छन् । मंगलबार दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको गृहमन्त्री सुधन गुरुङको सचिवालयले जनाएको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज संघीय संसद्का तीन समितिको बैठक बस्दै, सभापति चयन मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद अन्तर्गतका तीन वटा समितिको बैठक आज बस्दैछ । सबै बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक संघीय संसद सचिवालयमा बस्नेछ । बैठकमा समितिको सभापति निर्वाचन सम्बन्धी विषयमा छलफल हुने कार्यसूची छ । त्यस्तै, सिंहदरबार स्थित संसद भवन नं २ मा बस्ने अर्को […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

काठमाडौं । नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन–प्रसारण गर्न रोक लगाउने सरकारको निर्णयविरुद्ध देशव्यापी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी परिपत्रमार्फत नेपाल प्रेस युनियनका सबै प्रदेश, जिल्ला शाखाहरू तथा प्रतिष्ठान शाखाहरूलाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम ७ दिनभित्र आयोजना गरी प्रतिवेदन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

गृहमन्त्री गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षण गर्न जाने भएका छन् । गृहमन्त्री गुरुङ आज आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको स्थलगत निरीक्षणमा जाने भएका हुन् । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकासदेखि सुशासनसम्मका एजेन्डामा जोड

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा भएको उक्त बैठक सोमबार सिंहदरबारमा बसेको थियो । छलफलमा चालु आर्थिक वर्ष २०८२ र ८३ भित्र कार्यान्वयन गर्न सकिने कार्यक्रम, दीर्घकालीन पूर्वाधार विकास, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सुशासन तथा सामाजिक विषयहरूमा व्यापक बहस भएको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महानगरपालिकाको ४८ औँ कार्यपालिका बैठक सम्पन्न  विविधसहित २७ वटा विषयमा छलफल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ४८औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । सोमबार काठमाडौं प्लाजाको सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकमा विविधसहित २७ वटा प्रस्ताव कार्यसूचीमा थिए । बैठकको प्रारम्भ गर्दै कार्यवाहक प्रमुख डंगोलले सहरी विकास र विकास व्यवस्थापनका मुद्दामा नेपाल सरकार र काठमाडौं महानगरपालिकाका बिच समन्वय र सहकार्यमा सहज परिस्थिति निर्माण भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

हाल देखिएको उर्जा संकट खनिज इन्धनको परनिर्भरता त्याग्ने ऐतिहासिक अवसर हो : कुशल गरुङ

काठमाडौं । करिब एक महिनादेखि पश्चिम एशियामा चर्किएको इरान र इजरायल बिचको युद्धले यतिबेला विश्वबजारमा खनिज इन्धनको मूल्य र आपुर्तिमा ठूलो उतारचढाव ल्याएको छ । नेपालपनि यसबाट अछुतो रहन सकेको छैन् । जसका कारण नेपालमा पनि उर्जा संकटको जोखिम उत्तिकै बढेको छ । यसलाई एउटा चुनौतीका रुपमा मात्रै नहेरेर पेट्रोल, डिजेल र एलपी ग्यास जस्ता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बैठक सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा दिउँसो १ बस्ने भएको हो । बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा ब्यापक कटौती गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इन्धन संकटबाट अर्थतन्त्रलाई जोगाउन इन्धन सुविधा कटौती गर्ने निर्णय स्वीकृत गरेका हुन् । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, आपूर्तिमा आएको कमी र चालु आर्थिक वर्षमा लक्ष्य अनुसार राजस्व संकलन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भवन निर्माणमा घुस : इन्जिनियर सहितका कर्मचारी अख्तियारको फन्दामा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटा र भोजपुर जिल्लामा भवन निर्माणसँग सम्बन्धित घुसकाण्डमा तीन जनालाई नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब–इन्जिनियर रविन श्रेष्ठले भोजपुरस्थित विद्यालयको भवन निर्माण अन्तिम बिल भुक्तानी प्रक्रियामा बाधा पु¥याउँदै सेवाग्राहीसँग ८५,००० रुपैयाँ घुसररिसवत […]

बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी आज विश्व स्वास्थ्य दिवस मनाउन लागेको हो । स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउनुपर्ने आवश्यकतामा जोड दिँदै नेपालमा हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओं) को स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन यो […]