१५ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री चौधरी र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता

काठमाडौं । वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकासमन्त्री गिता चौधरी र विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक डेभिड सिस्लेनबीच भेटवार्ता भएको छ । चैत २४ गते भएको सो भेटवार्तामा नेपाल सरकार र विश्व बैंकबीचको दीर्घकालीन सहकार्य तथा साझेदारीलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको हो । साथै सरकारले अघि सारेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कानुन मन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत डा.ड्यानियल म्युलीबिच भेटवार्ता भएको छ । आज कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता भएको हो । राजदूत म्युलीले नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरे । भेटवार्ताका क्रममा मन्त्री गौतम र राजदूत म्युलीबीच नेपाल र स्विट्जरल्यान्डबीचको दीर्घकालीन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रियसभाका समिति सभापतिहरूले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतका चार वटा विषयगत समितिका नव निर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार आयोजित एक विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शपथ लिने सभापतिहरुमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी पूजा चौधरी, विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाय, सङ्घीयता सबलीकरण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालसहित आयोजना गरिएको उक्त संवाद कूटनीतिक मर्यादामा नयाँ अभ्यास स्थापित गर्ने उद्देश्यसहित तय गरिएको बताइएको छ । भेटवार्ता आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छ । यसअघि भने प्रधानमन्त्री नियुक्त भएपछि विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्रहरीद्वारा हेटौँडामा ६ हजार लिटर अवैध लोकल मदिरा नष्ट

हेटौँडा । मकवानपुर जिल्लामा शान्ति सुरक्षालाई सुदृढ बनाउने उद्देश्यले नेपाल प्रहरीले हेटौँडामा करीब ६ हजार लिटर लोकल मदिरा नष्ट गरेको छ । हेटौँडा प्रहरीले सञ्चालन गरेको विशेष सुरक्षा अभियान ‘अपरेसन ड्रप’ले उक्त मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका–१८स्थित शिवम् सिमेन्ट नजिक रहेको एक कारखानाबाट करिब […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बस्दै

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख अर्यालले बैठक बोलाएका हुन् । बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुनेईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम रूप दिन संयुक्त राज्य अमेरिकासँग पाकिस्तानको राजधानी इस्लामाबादमा दुई हप्ता लामो वार्ता गर्ने घोषणा गरेको छ । यससँगै तेहरानले जारी द्वन्द्वमा आफूले ऐतिहासिक विजय हासिल गरिसकेको दाबी समेत गरेको छ । परिषद्ले जारी गरेको विस्तृत विज्ञप्ति अनुसार, ईरानले वाशिंगटनलाई १० बुँदे रणनीतिक र आर्थिक मागहरू […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संविधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै

काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्न गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ गठन गरिएको हो । कार्यदलमा राष्ट्रिय स्वतन्त्र […]

मुख्‍य समाचार सुदूरपश्चिम

बाजुराको हिमालीमा कृषकलाई आधुनिक मिल वितरण

बाजुरा । बाजुराको दुर्गम हिमाली गाउँपालिकामा कृषकलाई आधुनिक मिल वितरण गरिएको छ । रिरास परियोजना मार्फत उक्त मिल वितरण गरिएका हुन् । हिमाली गाउँपालिका वडा नं. ४,५,६ र ७ अगुवा कृषकहरूलाई विद्युतीय पल्टिक्रस प्रेसर, कम्बाइन राइस मिल र विद्युतीय घट्ट मेसिन कृषकलाई हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । मिल वितरणले कृषकहरूलाई राहत मिल्ने रिरास परियोजना […]

मधेश मुख्‍य समाचार समाचार

मिर्गौला पीडित कुल बहादुरको जीवन बचाउन हारगुहार

रौतहट । जुन हातहरूले हिजोसम्म दैनिक ज्यालादारी गरेर परिवारको बिहान–बेलुकीको छाक टार्ने गर्दथे, आज तिनै हातहरू आफ्नै जीवनको भिक्षा माग्दै अस्पतालको शय्याबाट छटपटाइरहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका–४ का कुल बहादुर सुनार अहिले मृत्यु र जीवनको दोसाँधमा छन् । दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनको संसार नै अन्धकार बनेको छ । हाल काठमाडौंस्थित टिचिङ अस्पतालमा […]

बागमती मुख्‍य समाचार समाचार

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । हाँस्य कलाकार तथा मोडल सागर लम्साल (बले) लाई जिल्ला प्रशासन कार्यालय काठमाडांैले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । अमेरिकामा बस्ने एक किशोरीले बलात्कार आरोप लगाएपछि पक्राउ परेका बलेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । ति किशोरीले सामाजिक सञ्जाल फेसबुक मार्फत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीले आज विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज विदेशी राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले दिउँसो १२ बजे राजदूतहरुसँग सामूहिक भेटवार्ता गर्ने भएका हुन् । यसअघि प्रधानमन्त्री भएलगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास रहेको थियो । भेटवार्तामा परराष्ट्र मन्त्री शिशिर खनालसमेत सहभागी हुने बताइएको छ ।