१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन आवश्यक

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । शुक्रबार लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश मार्फत उनले लोकतान्त्रिक आन्दोलनमा सहिद भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै लोकतन्त्रलाई जनजीवनमा अनुभूत हुने व्यवस्था बनाउन सक्नु नै सबैको साझा दायित्व रहेको बताएका हुन् । उनले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरू केवल इतिहासका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ओलीसँगै १४ बर्ष जेल बसेका डा.भारद्वाज भन्छन् : पाँचबर्ष भित्रै अर्को ‘विद्रोह’ नहोस

काठमाडौं । झापा बुधवारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ बर्ष जेल जीवन विताएका भारद्धाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी थिए । आन्दोलनमा सहभागि भएका कारण १८ वर्षकै उमेरमा उनलाई २०३० सालमा तत्कालिन सरकारले पक्राउ गरेको थियो । झापा चन्द्रगढीदेखि वीरगन्ज र काठमाडौंका विभिन्न जेलहरुमा १४ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्वोच्चको निर्णयपछि कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु

काठमाडौं । लामो समयदेखि आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सर्वोच्च अदालतले सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि पार्टीले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाएको हो। निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी दर्ता बिहान ११ बजेदेखि १२ बजेसम्म हुनेछ […]

बागमती मुख्‍य समाचार विशेष समाचार

काठमाडौं महानगरभित्रका विद्यालय वैशाख १५ देखि सञ्चालन हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८३ अन्तर्गत महानगरभित्रका सबै विद्यालयको पठनपाठन तथा शैक्षिक गतिविधि आगामी वैशाख १५ गतेदेखि सञ्चालन हुने जनाएको छ। महानगरपालिकाको शिक्षा विभागले वैशाख १० गते सूचना जारी गर्दै नेपाल सरकारको निर्णय तथा काठमाडौँ उपत्यका मेयर्स फोरमको अनुरोधलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको जनाएको हो। सूचनाअनुसार नयाँ शैक्षिक सत्रको प्रारम्भ, शिक्षक, […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, शुक्रबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । सार्वजानिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कस्ता रहला आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार (आज) दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना […]

मधेश मुख्‍य समाचार समाचार

भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय चितवनले ठुलो परिमाणको अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर २९, चौकी डाँडास्थित सडकखण्डमा भारतीय पिकअप गाडीमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले ९५ केजी ९६५ ग्राम गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बिहान करिब ०९ः३० बजे बीआर ०१ पीइ६९४३ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गर्मी र आगलागी जोखिम न्यूनीकरणका लागि व्यापक तयारी आवश्यक

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले अत्यधिक गर्मी तथा तातो हावाको लहरबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक रहेको बताएका छन् । अत्यधिक गर्मी वा तातो हावाको लहरसम्बन्धी पूर्वतयारी, पूर्वकार्य तथा शीघ्र प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३ को मस्यौदामाथि आयोजित छलफल कार्यक्रममा बोल्दै उनले प्राप्त सबै सुझावहरूलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विद्यार्थी संगठनमाथि प्रतिबन्धबारे के भन्छन् कोशीका विद्यार्थी नेता ?

विराटनगर । कोशी प्रदेशका क्याम्पसहरूमा विद्यार्थी संगठनका कार्यालय, झन्डा, ब्यानर र पर्चा–पम्प्लेट हटाउन प्रहरीले आग्रह गरेको छ । शैक्षिक संस्थालाई राजनीतिक प्रभावबाट मुक्त बनाउने सरकारी नीति सार्वजनिक भएसँगै प्रदेश प्रहरी सक्रिय रूपमा क्याम्पस केन्द्रित कारबाहीमा उत्रिने भएको हो । नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभागले क्याम्पसमा विद्यार्थी संगठनका नाममा भइरहेका राजनीतिक गतिविधि नियन्त्रण गर्न मुलुकभरका […]

बागमती मुख्‍य समाचार समाचार

‘डिएफओ’विरुद्ध छानबिन गरी कारवाहीको माग गर्दै प्रदेश सरकारमा उजुरी

जनकपुर । रौतहट जिल्लाको डिभिजन वन कार्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र वन दोहन भएको आरोप लगाउँदै मधेश प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ । बिहीबार चुरे तथा वनजंगल संरक्षण अभियान, नेपालका अध्यक्ष सुनिल कुमार यादवले मधेश प्रदेशको वन तथा वातावरण मन्त्रालयमार्फत प्रदेश सरकारलाई उजुरी पत्र हस्तान्तरण गरिएको छ । उजुरीपत्रमा रौतहटका डिभिजन वन प्रमुख […]

बागमती मुख्‍य समाचार विशेष समाचार

सिन्धुली हिरासत मृत्यु प्रकरण : न्यायिक छानबिन माग, घट्ना शंकास्पद

रामेछाप । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा रहेका २२ वर्षीय श्रीकृष्ण विकको मृत्यु प्रकरणले नयाँ मोड लिएको छ । मृतकका परिवारले प्रहरी यातनाका कारण मृत्यु भएको आशंका गर्दै निष्पक्ष न्यायिक छानबिनको माग गरेका छन् भने प्रहरीले घटनाबारे फैलिएका समाचारलाई ‘भ्रामक’ भन्दै खण्डन गरेको छ । यसैबीच राष्ट्रिय दलित आयोगले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्राडा मनोहर प्रधान स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकार नियुक्त हुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारमा प्राडा मनोहर प्रधान नियुक्त हुने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उनलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने आधिकारिक निर्णय गरेसँगै सरकारले उक्त जिम्मेवारी दिने तयारी गरेको हो । चिकित्सा तथा प्राध्यापन क्षेत्रमा लामो अनुभव हासिल गरेका डा.प्रधानलाई मन्त्रालयको अवैतनिक विज्ञ सल्लाहकारका रूपमा नियुक्तिपत्र […]