१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभा समितिमा साइबर अपराध नियन्त्रण र विपद् तयारीबारे छलफल

काठमाडौं । बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा साइबर बुलिङ्गलगायत साइबर अपराध नियन्त्रणका लागि भइरहेका प्रयासहरू तथा वर्षायामको सुरुवातसँगै आगलागी, बाढीपहिरो, महामारी लगायत विपद्जन्य जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र पुनर्लाभ तयारीबारे छलफल गरिएको छ । बैठकमा बोल्दै सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) गणेश ठाडामगरले विभिन्न खालका विपद्जन्य तालिमसहित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भवन उद्घाटन गर्दै महानिरीक्षक कार्कीले भने : सुरक्षाका बृहत्तर क्षेत्रमा काम गर्न प्रहरी सक्षम छ

काठमाडौं । नेपाल प्रहरी अन्तर्गतको ट्राफिक प्रहरी वृत्त, नयाँ बसपार्कको पुनःनिर्मित कार्यालय भवनको बिहीबार एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजी) दानबहादुर कार्कीले भवन निर्माणमा सहयोग पुर्याउने सबैप्रति आभार व्यक्त गरे । उनले नागरिकस्तरबाट प्राप्त सहयोग र सद्भावले प्रहरी संगठनलाई थप जिम्मेवार बनाएको उल्लेख गरे । उनले भने, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न नेपाल पत्रकार महासंघको माग

काठमाडौं । नेपाली सञ्चार क्षेत्र लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारी विज्ञापनसम्बन्धी हालैको निर्णयप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ । महासंघले उक्त निर्णयले निजी तथा सामुदायिक सञ्चारमाध्यममाथि विभेद गरेको भन्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २०८२ चैत १८ गते जारी गरेको सचिवस्तरीय परिपत्रमा संघ, प्रदेश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी विज्ञापनमा विभेदको आरोप, पत्रकार महासंघ रामेछापद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रामेछाप । सरकारले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र उपलब्ध गराउने निर्णय गरेकोप्रति नेपाल पत्रकार महासंघ रामेछाप शाखाले आपत्ति जनाएको छ । महासंघको केन्द्रीय समितिको निर्णयअनुसार शाखाले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उक्त निर्णय तत्काल खारेज गर्न माग गरेको हो । २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भएको सचिवस्तरीय निर्णयले निजी सञ्चारमाध्यमको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु बाध्यात्मक थियो : आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु निर्वाचन आयोगको संवैधानिक दायित्व भएको बताएका छन् । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिको कार्यक्रममा बोल्दै उनले हाल सम्पन्न निर्वाचन आवधिक नभई अग्रिम रूपमा घोषणा गरिएको बाध्यात्मक निर्वाचन भएको स्पष्ट पारे । उनका अनुसार पाँच वर्षमा हुनुपर्ने निर्वाचन करिब ४० महिनामै सम्पन्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नीति, कार्यक्रम र बजेटमा बालबालिकाको सवाल समेट्न राष्ट्रिय सभा सदस्यहरूको जोड

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूले बालबालिकाको सवाललाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्ने बताएका छन्। बिहीबार बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आयोजना गरेको ‘सरकारको नीति, कार्यक्रम र बजेटमा बालबालिकाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनीहरूले वर्तमान बजेट निर्माण प्रक्रिया बालमैत्री मात्र होइन, सांसदमैत्री समेत नरहेको टिप्पणी गरे। राष्ट्रिय सभा सदस्य गणेश बिकले विकासलाई प्रायः सडक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कानूनमन्त्री गौतम र जापानका राजदूत तोरुबीच भेटघाट, कानून सुधार र एआई नियमनमा नेपाल–जापान सहकार्यबारे छलफल

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटघाट गरेका छन्। भेटका क्रममा जापानी राजदूतले नवनियुक्त मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। मन्त्री गौतम र राजदूत माएडा बीच कानून सुधारका विषयमा विगतदेखि हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्रिपरिषद्का तीन निर्णय : एडीबी ऋण सम्झौता, प्रहरी प्रतिष्ठानको जग्गा पूर्ववत् र आईटी अध्ययन कार्यदल गठन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न तीन महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले एकीकृत पानी तथा ढल व्यवस्थापन क्षेत्रका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ११५ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतामा अन्तिम रूप दिन अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अध्यक्ष साम्पाङ प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधान संशोधनसम्बन्धी विस्तृत प्रस्ताव सार्वजनिक गरेका छन् । उनले ‘संविधान संशोधन कार्यशाला २०८३’ जारी गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आफ्नो प्रस्ताव अघि सारेका हुन् । उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, सरकार गठन गर्दा निर्वाचित कार्यकारी प्रमुखका व्यक्तिहरूले लिएर मन्त्री परिषद् गठन गरिने, मन्त्री […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग, रास्वपाका युवा नेताहरुले बुझाए ज्ञापन

धनगढी । सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्र धनगढीमा रात्रीकालीन व्यवसाय सञ्चालन गर्न माग गर्दै रास्वपाको जेनजी समूहले कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएको छ । राति १० बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने वर्तमान व्यवस्था समयसापेक्ष नदेखिएको यसले व्यापार, पर्यटन, रोजगारी, सेवा प्रवाह तथा समग्र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पारेको रास्वपाको ठहर छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल’ बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा ‘संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदल–२०८२’ दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो । बैठकमा राजनीतिक दलका लिखित धारणा समेतका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे छलफल हुनेछ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।