१४ असार २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार

दक्षिण पूर्वी एसियाबाट ठगीमा परेका ६१२ नेपालीको उद्धार

काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एसियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तीब्रता दिएको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीकाअनुसार हालसम्म थाइल्याण्ड, म्यानमार, कम्बोडिया र लाओसबाट कुल ६१२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दैै उनले उद्धार गरिएकामध्ये कम्बोडियाबाट ४८७ जना, म्यानमारबाट १११ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने

जनकपुर । जनकपुरधामको जानकी मन्दिरमा सवा लाख द्विप प्रज्ज्वलन गरिने भएको छ । जानकी नवमीको उपलक्ष्यमा भोली (शनिबार) बेलुका जानकी मन्दिर प्राङ्गणमा सवा लाख द्विप प्रज्ज्वलन गरिने हिन्दूवादी संगठन जानकी सेनाले जानकारी दिएको छ । जानकी सेनाको अगुवाईमा विगत पाँच वर्षदेखि जानकी मन्दिरमा विशेष पर्वका बेला द्विप प्रज्ज्वलन गरिँदै आएको छ । द्विप प्रज्ज्वलनमा सम्पूर्ण […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रवास नेपाली ज्ञान, अनुभव र राष्ट्रिय भावनाको ठूलो शक्ति हो : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले देशबाहिर रहेका नेपाली केवल श्रमशक्ति मात्र नभई ज्ञान, अनुभव र राष्ट्रिय भावनाको महत्वपूर्ण स्रोत भएको बताएका छन् । शुक्रबार काठमाडौंमा गैरआवसीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै उनले प्रवासमा रहेका नेपालीले नेपालसँग जोडिएको बौद्धिक र भावनात्मक योगदान दिइरहेको उल्लेख गरे । उनका अनुसार गैरआवसीय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रसायनिक मल बढी खपत भएपनि अपेक्षित उपलब्धि नदेखिएकोप्रति चिन्ता

काठमाडौं । वन तथा वातावरण तथा कृषि पशुपन्छी विकासमन्त्री गिता चौधरीले जनचेतनाको कमी भएका कारण रसायनिक मल बढी खपत भइरहेको बताएकी छिन् । शुक्रबार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको कृषि उत्पादनका साधन मल, बिउबिजनको आपूर्ति अवस्था एवं किसान प्रोत्साहन कार्यक्रमको लागि सरकारको तयारीबारे भएको छलफलमा उनले यस्तो बताएकी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुकुम्बासी बाउँछोरा भन्छन् : ‘गोली खान तयार छौं तर विस्थापन स्वीकार छैन’

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीले प्रभावित समुदायमा त्रास र आक्रोश दुवै बढाएको छ । शनिबारदेखि बस्ती खाली गराउने योजना अघि बढेसँगै प्रहरी प्रशासनले बिहीबार साँझदेखि नै माइकिङ गरी स्थान खाली गर्न निर्देशन दिइसकेको छ । तर, वैकल्पिक व्यवस्था र स्पष्ट पूनर्वास योजना बिना बस्ती हटाउन लागिएको भन्दै सुकुम्बासीहरु […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुकुम्बासी बस्तीमा प्रदर्शन, सत्ताको आडमा ‘डोजर आतङक’ बन्द गर्न माग

काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् । उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन्छ’, ‘हुनेलाई महल नहुनेलाई सडक ?’ ‘कहाँ छ तिम्रो न्याय ?’ ‘यो सरकारको बाचा यहि […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रुस–युक्रेन युद्ध : युक्रेनी सेनाद्वारा तेल पम्पिङ स्टेशनविरुद्ध ड्रोन आक्रमण

रुसले बिहीबार आफ्नो सेनाले २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि प्रहार गरेको जनाएको छ । यता, युक्रेनी सेनाले सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको तेल पम्पिङ स्टेशन विरुद्ध ड्रोन आक्रमण गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विगत एक दिनमा रुसी सेनाले युक्रेनी सेनाले प्रयोग गर्ने ऊर्जा र यातायात पूर्वाधार, साथै १३८ क्षेत्रहरूमा युक्रेनी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लोकतन्त्रका लागि ज्यान दिन तयार थियौँ, तर आजको नेतृत्वले जनताको पीडा बिर्सियो : सानुबाबु महर्जन

काठमाडौं । नेपालको इतिहासमा वि.सं. २०६२/६३ को जनआन्दोलन एउटा यस्तो मोड थियो, जसले शताब्दीऔँ पुरानो राजतन्त्रलाई विस्थापित गरेर लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । त्यो १९ दिने आन्दोलनको राप र तापमा देशभरका युवाहरू सडकमा ओर्लिएका थिए । तिनै युवाहरूमध्येको एक प्रभावशाली नाम हो सानुबाबु महर्जन । तत्कालीन समयमा नेपाल विद्यार्थी संघ, ललितपुरको सभापतिका रूपमा उनले ललितपुरको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

विश्व खोप सप्ताह अभियान सुरु

काठमाडौं । हरेक वर्ष अप्रिल महिनाको अन्तिम साता मनाइने विश्व खोप सप्ताह यस वर्ष पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष विश्व खोप सप्ताह अप्रिल २४ देखि ३० सम्म विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम साथ मनाउन लागेको हो । यस वर्षको नारा ‘फर एभ्री जेनेरेशन भ्याक्सिन वर्क’ रहेको छ, जसले खोप हरेक पुस्ताका लागि […]

बागमती मुख्‍य समाचार समाचार

शुक्रबार सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैया कायम भएको छ । बिहीबार २ लाख ९८ हजार ७ सय रुपैयाँ कायम भएको थियो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पत्रकार आचारसंहिता उल्लङ्घन र मिथ्या सामग्रीप्रति काउन्सिलको चेतावनी

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यममा सम्प्रेषित सामग्रीको अनुगमन गर्दै पत्रकार आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ। प्रेस काउन्सिल नेपाललले शुक्रबार सार्वजनिक गरेको सूचनामा पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिताविपरीत उजुरी तथा जनगुनासो बढिरहेको उल्लेख गरिएको छ । काउन्सिलका अनुसार यस्ता उजुरीहरूमा तथ्यहीन, अपुष्ट तथा भ्रामक सामग्री प्रकाशन गर्ने प्रवृत्ति देखिएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज बीसौँ लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं । बीसौँ लोकतन्त्र दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते जनआन्दोलनको दबाबपछि तत्कालीन राजा ज्ञानेन्द्रले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेपालमा लोकतान्त्रिक परिवर्तनको नयाँ अध्याय सुरु भएको थियो। यही दिनलाई २०६४ सालदेखि लोकतन्त्र दिवसका रूपमा मनाउन थालिएको हो। संसद् विघटनपछि देशमा राजनीतिक अस्थिरता बढेको थियो। २०६१ माघ १९ गते राजा […]