२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

काठमाडौँ, १ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक उद्यमशीलता रहेका ठाउँमा रोजगारी सिर्जना हुने भएकाले औद्योगिक पूर्वाधार विकासमा सरकार केन्द्रित रहेको बताएका छन् ।   औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको आज यहाँ आयोजित ३८औँ वार्षिकोत्सव समारोहमा उनले औद्योगिक पूर्वाधार विकासमा सरकार बाधक नबनी साधक बन्ने धारणा राखे ।   उद्योग, वाणिज्य तथा आपूर्ति सचिव […]

कोशी मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

पानी पर्दा किसानलाई राहत महसुस

इनरुवा सुनसरी, १ साउनः असार अन्तिमदेखि पानी पर्न थालेपछि यहाँका किसानले राहत महसुस गरेका छन् । धान रोपाईँ गर्ने बेला घर्किनै लाग्दा समेत पानी नपरेपछि भोक्राहा नरसिंह गाउँपालिका–४ का सुरेन्द्र उराँवले बोरिङ गरेको पानी तानेर धान रोपेका थिए ।   पानी नपरेपछि रोपिसकेका धानको रोपो समेत सुकेर चिरा परेको थियो । तीन दिनदेखिको वर्षाका कारण […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

ट्रकमा करेन्ट लागेर एक मजदुरको मृत्यु

रौतहट । सर्लाही नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट लागेर एकजना मजदुरको मृत्यु भएको छ ।   लालबन्दी नगरपालिका–१, नवलपुरमा ट्रकमाथि चढेर तार पन्छाउँदा करेन्ट प्रवाह भएर रौतहटको बृन्दाबन नगरपालिका–७, बस्ने ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।   उनका अनुसार करेन्ट लागेर दुईजना अचेत […]

बागमती मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीले दिए शुभकामना

काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन् ।   उनले नेपाल र मुलुकको सौन्दर्य चिनाउने कुरामा यो सौन्दर्य प्रतियोगिता उपयोगी हुने विश्वास लिएका छन् ।   केही दिनअघि भद्रपुर विमानस्थलमा प्रतियोगिताका […]

बागमती मुख्‍य समाचार राजनीति विचार विशेष समाचार समाचार समाज

भ्रष्टाचारविरुद्ध सडक संघर्ष गर्नुपर्ने प्रचण्डको चेतावनी

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी  (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आज ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत श्रम र उत्पादनमा वाइसिएल अभियानु को औपचारिक उद्घाटन गरेका छन् ।   कार्यक्रममा उनले श्रममा प्रत्यक्ष सहभागी हुँदै इँटा लगाउने, घाँस काट्ने, वृक्षारोपण गर्ने, चौरको सरसफाइ गर्ने जस्ता कार्यहरूमा युवा स्वयंसेवकहरूसँग श्रम गर्दै सहकार्य […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ ।   स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।   घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला […]

मुख्‍य समाचार विचार समाचार समाज

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई आइसीटी पार्कको रुपमा विस्तार गरिने बताएका छन् ।   बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।   औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सम्पन्न भइसकेका आयोजनामा पनि भुक्तानी नपाएको निर्माण व्यवसायीको गुनासो

पोखरा । निर्माण व्यवसायीहरुले निर्माण सम्पन्न भइसकेका आयोजनाहरुमा समेत भुक्तानी नपाएको गुनासो गरेका छन् ।   नेपाल निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम पहारीले निर्माण व्यवसायीले निर्माण सम्पन्न भएका आयोजनामा पनि भुक्तानी नपाएको गुनासो गरेका हुन् ।   ‘अहिले निर्माण व्यवसायीको मुख्य समस्या भनेको नै भुक्तानी नपाउनु हो । स्थानिय निकायहरुमा भुक्तानीको अभाव नै […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालको ढुवानी क्षेत्रमा आधुनिकीकरण ल्याउँदै सारथी लजिस्टिक्सको आधिकारिक सुरुवात

काठमाडौं । प्रविधिमैत्री लजिस्टिक्स कम्पनी सारथी लजिस्टिक्स प्रा. लि. ले आजदेखि नेपालभर आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । आधुनिक प्रविधि र पारदर्शिता मार्फत नेपालको वस्तु आपूर्ति क्षेत्रमा नयाँ स्तरको सेवा प्रदान गर्ने सारथीको लक्ष्य रहेको छ ।   स्वयम्भू ठूलोभ¥याङ, काठमाडौंमा मुख्य कार्यालय रहेको सारथीले नारायणघाट, बिरगंज, विराटनगर, बुटवल, भैरहवा, हेटौंडा, पोखरा, ईटहरी […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार विशेष समाचार समाचार समाज

श्रावणको रौनक : लगनखेल बजार क्षेत्र भीडभाड, मेहेन्दी लगाउन अफर

ललितपुर । श्रावणको सुरुवातसँगै ललितपुरको लगनखेल बजार र टंगल क्षेत्रमा किनमेल गर्ने महिलाहरुको भीड लागेको छ । श्रावणको पहिलो दिनलाई विशेषगरी ‘हरियो महिना’ का रूपमा मनाउने नेपाली परम्परामा महिलाहरू हरियो कपडा, चुरा र हातमा मेहेन्दी लगाएर श्रृंगारमा व्यस्त देखिएका छन् ।   श्रावण सुरु हुने अघिल्लो हप्तादेखि नै बजारमा किनमेलको चहलपहल सुरु हुन्छ । विशेषगरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

७० करोडको बगैंचा रिसोर्ट : जसले एकल महिला र  राउटेहरुलाई सक्षम बनाउँदैछ

काठमाडौँ । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे छन् ।   पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ । अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् । […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आर्थिक वर्ष २०८२÷८३ को पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको  छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य तीन सय रुपैयाँले बढेको हो ।   बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । […]