३१ असार २०८३, बुधबार
मधेश मुख्‍य समाचार समाचार समाज

ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

रौतहत । पर्सामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु र एक जना घाइते भएका छन ।   वीरगञ्ज महानगरपालिका–२८ स्थित बगहीमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा १६ वर्षीय आकाश पटेल र १७ वर्षीय गोलु पटेलको च्यापिएर घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।   ट्याक्टर तीब्र गतिमा रहेका कारण अनियन्त्रित भई सडकबाट झन्डै […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

प्राविधिक शिक्षालयको शिलान्यास

झापा, १३ असार । पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले नेपालले निरङ्कुशताविरुद्ध लामो सङ्घर्षपछि हासिल भएको वर्तमान राजनीतिक प्रणालीलाई बलियो नबनाई मुलुक र जनताको हितमा समृद्धि हासिल गर्न नसकिने बताएका छन् ।   कचनकवल गाउँपालिकामा निर्माण हुन लागेको प्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उनले लोकतान्त्रिक व्यवस्था विश्वकै उत्कृष्ट व्यवस्था भएकाले नयाँ व्यवस्थामा नयाँ सोच र चिन्तन […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेका छौँ : मुख्यमन्त्री शाह

अत्तरिया (कैलाली), १३ असार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सुदूरपश्चिममा लगानीमैत्री वातावरण बनाउन चाहेको बताएका छन् ।     नेपाल उद्योग परिसङ्घ सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको प्रदेश कार्यालय उद्घाटन तथा पदस्थापन कार्यक्रममा उहाँले भन्नुभयो, “विभिन्न सङ्घसंस्थालाई जोडेर हामी अगाडि बढ्न चाहन्छौँ, यहाँ लगानी मैत्री वातावरण बनाउन चाहन्छौँ, त्यसका लागि प्रक्रिया, […]

बागमती मुख्‍य समाचार समाचार समाज

शिक्षा समितिमा बाल विकास शिक्षाको विषयमा सहमति

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति समितिमा बाल विकास शिक्षाको विषयमा सहमति जुटेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा सभापति अम्मरबहादुर थापाले बाल विकास शिक्षाको विषयमा प्रस्ताव गरेका थिए ।   समिति सदस्यहरूले उक्त विषयमा सहमति जनाएसँगै शिक्षालाई आधारभूत शिक्षामा समेटिएको हो । बाल विकास शिक्षा सार्वजनिक विद्यालयमा दुई वर्षभन्दा […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानसेनापतिद्वारा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ, १३ असार । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।   सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा यही असार ९ गते बढुवा भएका उपरथी केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना  निर्देशनालयले जनाएको छ ।   करिब एक वर्ष नेपाली सेनाको प्रवक्ताका रुपमा काम गरेका केसी केही समयअघि मात्र सरुवा भई त्यहाँ निमित्त पृतनापतिको जिम्मेवारीमा गएका थिए ।   पदोन्नतिसँगै उपरथी केसी पूर्वी पृतनापतिको जिम्मेवारी दिइएको छ ।  

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा वीपी प्रतिष्ठान पर्दैन : महामन्त्री थापा

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनभित्र नपर्ने नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बताएका छन् ।   पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत भएका थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन पहलका लागि काठमाडौं आएका सर्वदलीय टोलीसँग कुराकानी गर्दै वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

सुदूरपश्चिम, १३ असार । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरुलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेशसभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद

विराटनगर। कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।   असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो । प्रदेश सरकारले चालुतर्फ १८ अर्ब […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति

डोल्पा । डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।   गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ ।

मधेश मुख्‍य समाचार समाचार

लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ

रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो ।   स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

वन्यजन्तुका लागि पानी खान पोखरी निर्माण

घोडाघोडी (कैलाली), १३ असार । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानी खानका लागि पोखरी निर्माण गरिएका छन् । जिल्लाको लम्की चुहा नगरपालिका–१ मा रहेको चेतना सामुदायिक वन, वडा नं ३ मा रहेको मुक्तकमैया सामुदायिक वन, जानकी गाउँपालिका–८ र ९ स्थित अमरावती सामुदायिक वन र मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । वन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काठमाडौंमा आँप महोत्सव : प्रतिकिलो चार लाख पर्ने आँप प्रदर्शनमा

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) सुरु भएको छ । वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि सुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।   नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आँप […]