३१ असार २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू

म्याग्दी, १३ असार । विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र वडा नं १० को ओखले आधारभूत विद्यालय शैक्षिकसत्र २०८२ देखि बन्द भए ।   शैक्षिकसत्र २०८० मा एक सय दुई र २०८१ मा ७२ जना विद्यार्थी रहेको विस २०१५ मा स्थापना भएको भानु माविमा पछिल्लो केही वर्षयता विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

जगन्नाथ रथयात्रा गरिँदै

काठमाडौँ, १३ असार । अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) ले जगन्नाथ रथयात्रा महोत्सवको आयोजना गर्ने भएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज एक विशेष समारोहकाबीच सो रथयात्रा महोत्सवको शुभारम्भ गर्न लागिएको हो । रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् जगन्नाथको पूजाअर्चना र आरती गरी शुभारम्भ गर्नुहुने जनाइएको छ । इस्कोनले प्रत्येक वर्ष आषाढ शुक्ल […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’

एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ ।   चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । बरफको चिसोमा तयार गरिने भात सामान्यतया ताजा फलफूल, कुरकुरे, बदाम, […]

पर्यटन मधेश मुख्‍य समाचार विचार समाचार समाज

राजाजी डाँडाबाट सलहेस सर्किटसम्म : लहानको नयाँ पर्यटकीय सपना

सिरहा, १३ असार । लहान नगरपालिका–१६ मा अवस्थित राजाजी डाँडा अब केवल एउटा धार्मिकस्थल मात्र होइन, एक ऐतिहासिक चेतनाको प्रतीक र पर्यटकीय सम्भावना बोकेको स्थलका रूपमा परिचित हुन थालेको छ । स्थानीयवासीको अपेक्षा, धार्मिक आस्था र नगरपालिकाको योजनाबीचको समन्वयले राजाजी डाँडा एकीकृत धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास हुन थालेको हो ।   सयौँ वर्ष पुरानो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ : मन्त्री पौडेल

काठमाडौँ, १३ असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराएका छन् ।     थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पौडेलले नागरिकको स्वास्थ्य तथ्याङ्क छरिएर रहेकामा एकीकृत गर्नका लागि नेपालले नीतिगत रुपमा निर्णय गरेर सुधार प्रयास थालिसकेको प्रतिबद्धता […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

हेटौँडा, १३ असार । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्ने अतिलोपोन्मुख वनकरिया केराको पातको छानाबाट जस्तापाताको छाना हुँदै अहिले विस्तारै पक्की घरमुनि बास बन्न थालेका छन् । शिक्षा, महिला सशक्तीकरण र उद्यम विकासले २० वर्ष अगाडिसम्म कन्दमूलका भरमा फिरन्ते जीवन बिताइरहेको वनकरियाको जीवनशैली र बसोबासमा परिवर्तन ल्याएको हो ।   घरवरपर पाइने कच्चा पदार्थ एवं जडीबुटीको […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

गुल्मी, १३ असार । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।     बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण

सिरहा, १३ असार । सिरहाको गोलबजार नगरपालिका–१० वडा कार्यालयले स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्दै आएका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।     वडा कार्यालयको आयोजनामा आयोजित कार्यक्रममा पाँच स्वास्थ्य स्वयंसेविकालाई एक एक थान साइकल प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उपसभापति दिलीप लामाले महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको प्रशंसा गर्दै वडा कार्यालयले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

हुम्लामा सडक सञ्जाल पु‍र्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् ।     ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा पूरा हुन थालेको उल्लेख गरेका हुन् ।     प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्दै ‘हालसम्म राष्ट्रिय सडक सञ्जालमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।   थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्री दर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।   युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा […]