१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय

काठमाडौँ, १४ माघः स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख १८ हजार ८०० त्यति नै चाँदीको मोल रु सात हजार ३०० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख नौ हजार ३०० […]

बागमती मुख्‍य समाचार समाचार

ढिलाइ र लागत वृद्धिको उदाहरण बनेको कान्ति लोकपथ, अझै ३ वर्ष कुर्नुपर्ने

हेटौँडा । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौँडालाई जोड्ने सबैभन्दा छोटो वैकल्पिक मार्गका रूपमा चिनिएको कान्ति लोकपथ सात दशक बितिसक्दा पनि अधुरै छ । २०१३ सालमा सुरु भएको आयोजना अझै पूर्ण हुन नसक्दा यसलाई नेपालका दीर्घकालीन र ढिलासुस्तीले ग्रस्त पूर्वाधार आयोजनाको उदाहरणका रूपमा लिन थालिएको छ । ७९ किलोमिटर लामो कान्ति लोकपथ हालसम्म […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मनहरीमा एमाले सशक्त बन्दै, समाजवादीका प्रभावशाली नेताहरू पार्टी प्रवेश

हेटौंडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीसँगै मकवानपुरको मनहरी गाउँपालिकामा राजनीतिक गतिविधि तीव्र बनेको छ। नेकपा एमाले मनहरी गाउँपालिका कमिटीको विस्तारित बैठकका क्रममा नेकपा (एकीकृत समाजवादी) का पालिका उपाध्यक्षसहितका प्रभावशाली नेताहरू एमालेमा प्रवेश गरेका छन्। एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले नेकपा (एकीकृत समाजवादी) मनहरी गाउँपालिका उपाध्यक्ष रामबहादुर दर्जी, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाका सभापति रवि लामिछाने अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्। माघ ५ गते जनकपुरमा सम्पन्न एक कार्यक्रममा सहभागी हुने क्रममा उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समयक्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन […]

मधेश मुख्‍य समाचार समाचार समाज

बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

रौतहट । बाराको परवानीपुर गाउँपालिकामा आमा र छोराको हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले मृतककी बुहारीलाई पक्राउ गरेको छ। घरभित्र पसेर गरिएको धारिलो हतियारको आक्रमणमा ४६ वर्षीया सुमिन्त्रा देवी मण्डल र उनका २८ वर्षीय छोरा रामेश्वर मण्डलको मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतक रामेश्वरकी श्रीमती २५ वर्षीया मनिता देवी मण्डललाई नियन्त्रणमा लिई सोधपुछ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बागबजार–वरवरमहल सडकमा बक्स कल्भर्ट निर्माण, वैकल्पिक मार्गको व्यवस्था

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गर्ने भएको छ । यस योजनाको लागत ५७ लाख ७२ हजार ६९४ रुपैयाँ निर्धारण गरिएको छ भने प्रारम्भिक लागत अनुमान ७० लाख ७२ हजार १८२ रुपैयाँ थियो। यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव तर्फ १४ मिटरको हुनेछ […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटना

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ । बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दर्घटना भएको हो । अजित पवार जिल्ला परिषद् (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ, १४ माघः विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण मनी लाउण्डरिङ निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ माघः नेपाल राष्ट्र बैंकले आज बुधबार का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी, १४ माघ : पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा सङ्कटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रूपमा काठबाट कँुदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका भाँडाहरू भित्रिएसँगै आफ्नो पेसा सङ्कटमा परेको मालिका गाउँपालिका‐७ घमिरका नरबहादुर कार्कीले बताए […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अनुमगनको क्रममा कैफियत फेला परेपछि एक फर्मलाई जरिवाना

काठमाडौँ, १४ माघ : नियमित रुपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु ५१ हजार जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत फेला परेपछि नागार्जुन नगरपालिका–४ सितापाइलामा रहेको स्टोर अन द डोर प्रालिलाई रु ५१ हजार जरिवाना गरेको छ । विभागले काठमाडौँ, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो

काठमाडौँ, १४ माघः निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिइएको आयोगले जनाएको छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक बिषयसँग सम्बन्धित विषयमा […]