बङ्गुरका पाठापाठी बेचेर वार्षिक बाह्र लाख आम्दानी
कैलाली, २६ असार । यहाँको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक रु ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ । खर्च कटाएर औसतमा वार्षिक रु १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए […]











