२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार

नेपाल र थाइल्याण्डबीच सांस्कृतिक समानताहरू छन्ः परराष्ट्रमन्त्री

काठमाडौँ, ९ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानताहरू रहेका उल्लेख गरेका छन् । आज राजधानीमा आयोजित ‘थाइ फ्लेभस् ‘इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायत धेरै क्षेत्रमा समानता रहेका बताए । मन्त्री राणाले दुई देशका […]

बागमती मुख्‍य समाचार राजनीति

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् । शुक्रबार सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए । दुवै दलका सांसदहरूले आफ्नो कुरा राखेपछि दुवै पार्टीका सांसदहरू संसद बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।  

बागमती मुख्‍य समाचार राजनीति

भ्रष्टाचार र मानव तस्करीको विषयमा सरकारको उदासीनता : सांसद कठायत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले भिजिट भिसाको आवरणमा भइरहको भ्रष्टाचार र मानव तस्करीको विषयमा गम्भीर आपत्ति जनाउँदै सरकारको उदासीनता प्रति कडा आलोचना गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कठायतले विगत लामो समयदेखि संसद र सडक दुवैमा यो विषय उठिरहँदा पनि सरकारले कुनै प्रभावकारी कदम नचालेको उल्लेख गरेकी हुन् […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतमा कारगिल दिवसको तयारी, युद्ध स्मारक क्षेत्र झकिझकाउ

एजेन्सी । २६औं कारगिल विजय दिवसका अवसरमा लद्दाखमा रहेको प्रतिष्ठित कारगिल युद्ध स्मारकमा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ । स्मारक फहराउँदै गरेको तिरङ्गाले सजाइएको छ । सैनिकहरूले ठूलो उत्साहका साथ अन्तिम व्यवस्थामा सक्रिय छन् ।   १९९९ को कारगिल युद्धमा भारतीय सैनिकहरूको बहादुरी र बलिदानको सम्झनामा हरेक वर्ष जुलाई २६ लाई भारतभर कारगिल विजय दिवस […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निराश हुन जरूरी छैन, हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् । राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु

हेनान चीन, ९ साउनः साङ्घाई सहयोग सङ्गठन साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ । यही साउन ७ देखि ११ गतेसम्म चल्ने यो सम्मेलनमा विभिन्न मुलुकका ४०० भन्दाबढी बौद्धिक व्यक्तित्व तथा सञ्चार प्रतिनिधिहरू सहभागी छन् । आयोजक पक्षका अनुसार […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

बाटोमै बच्चा जन्माएकी बाजुराकी पवित्रा लोहारको कथा

बाजुरा । आर्थिक अभावले श्रीमान् साथमा छैनन् । गाडी चढ्न पैसा छैन अनि समाजले हेर्ने दृष्टिकोणले गर्दा सरसहयोग माग्न पनि लाज लाग्छ । त्यही लाज र डरले बाजुराकी पवित्रा लोहारले सुत्केरी व्यथाले च्यापिँदासमेत स्वास्थ्य चौकी पुग्न सकिनन् र आफ्नै बलमा, बाटोमै अर्थात खुला आकाशमुनि सन्तान जन्माइन् । कथा केवल पवित्राको मात्र होइन, सुदूरपश्चिमका ती आमाहरूको […]

मधेश मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्रीबाट तराई–मधेसको सुख्खा क्षेत्रको अवलोकन

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो । वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाईँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले […]

बागमती मुख्‍य समाचार समाचार

बाँसको टेबुल र कुर्सी बोकेर मेयर भट्टराई सर्वोच्चमा, प्रधानन्यायधीशलाई बुझाए मागसहितको उपचार

काठमाडौँ । दिक्त्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगरप्रमुख तीर्थराज भट्टराइले प्रधानन्यायधीश प्रकाशमान सिहं रावतलाई बाँसबाट तयार गरिएका सामग्रीहरु हस्तान्तरण गरेका छन् । बाँसलगायतका स्थानीय सामग्रीको उपयोग गर्न नीति निर्माण र कार्यान्वयनका लागि नेपाल सरकारलाई निर्देशन दिनुपर्ने माग राख्दै शुक्रबार प्रधानन्यायधीशकै कार्यकक्षमा पुगेर बाँसका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्रीमा कुर्सी र टेबल समावेश छन् । […]

कोशी मुख्‍य समाचार राजनीति

प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री कार्कीले विदेशी अध्ययनप्रति आकर्षण कम गर्न र नेपाली विद्यार्थीलाई देशमै अवसर […]

बागमती मुख्‍य समाचार

विश्वमा सनातन जस्तो उत्कृष्ट धर्म अरु छैन : डा. काशीनाथ मिश्र

काठमाडौं । विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा। काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए । उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर […]

मधेश मुख्‍य समाचार समाज

मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समाधान हुन्छ : मन्त्री यादव

पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको हातेमालोसँगै साझा जिम्मेवारीको आवश्यकता रहेको बताएका छन् । शुक्रबार पर्सा स्थित ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले तराई–मधेशका जिल्लाहरू हाल इतिहासकै एक गम्भीर जलसङ्कटको सामना गरिरहेका बताएका हुन् । […]