२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंँ ९ साउनः गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उनीहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, […]

बागमती मुख्‍य समाचार

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौँ, ९ साउनः ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा […]

गण्डकी मुख्‍य समाचार समाज

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

मुस्ताङ, ९ साउनः यहाँको थासाङ गाउँपालिका २ स्थित कोवाङ लार्जुङ बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन् । यस वर्षको मनसुन सरु भएदेखि हालसम्म […]

बागमती मुख्‍य समाचार राजनीति

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौँ, ९ साउनः नेपाल पर्वतारोहण सङ्घ एनएमएको अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उनले बताए। नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘पर्यटन व्यवसायी तथा सदस्यबीचको छलफल’मा आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट […]

बागमती मुख्‍य समाचार समाचार

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् । उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको […]

बागमती मुख्‍य समाचार

शून्य समयः ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

काठमाडौँ, ९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । सांसद जावेदा खातुन जागाले मधेस प्रदेशमा खानेपानीको हाहाकार, सिँचाइ अभाव, खेतबारी सुक्दै गएको बताए । उनले सरकारबाट मधेसलाई विपद् सङ्कट क्षेत्र घोषणा […]

बागमती मुख्‍य समाचार राजनीति

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् ः विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन् । उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’ आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ ।  

बागमती मुख्‍य समाचार राजनीति

संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् । उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना […]

बागमती मुख्‍य समाचार समाचार

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं,  राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेकोसमेत आरोप लगाए । वागमती प्रदेशका पूर्व–मुख्यमन्त्रीसमेत रहेका पाण्डेले गम्भीर लापरबाहीको कारण सौर्य एयर दुर्घटना भएको बताएका छन् । शक्तिको आडमा सौर्यका मालिक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबजस्त चलाएको आरोप लगाउँदै भने, ‘दिपक पोखरेल केपी ओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिदै छ ।’ १८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्न दोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए । पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे । सौर्य दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको ठोकुवा गर्दै पाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहति १९ जना किन बोकियो, सौर्यसँग असम्बन्धित चार वर्षको बालक र उर्जा मन्त्रालयमा कार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिक कार्य हो ।’ ‘विमानभित्र अत्याधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमति बिना ‘फेरी’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्यरुपमा लिन मिल्दैन’ पाण्डेले थपे । अधिवक्ता अर्जुन खड्काले पीडित परिवारको निरन्तर दबाबले ढिलै भएपनि रतिशचन्द्र लाल सुमनको नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएकोमा सुखद विषय भएको बताए । खड्काले आयोगको निष्कर्षकै आधारमा पनि नेपालको कानुन अनुसार दोषीलाई कारबाही गर्न मिल्ने प्रावधान रहेको जानाए । जहाज दुर्घटनामा तीन सन्तती गुमाएका पत्रकार प्रकाश खतिवडाले दुर्घटनाका दोषीलाई कारबाही गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् । आयोगले घटना भएको ४३ दिनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष र अन्तिम प्रतिवेदन निष्कर्ष तथ्यगत फरक परेकाले सो अवस्थामा गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम न्यायीक जाँज आयोग गठन गर्नुपर्ने माग खतिवडाले गरेका हुन् । ‘३४ दिनदेखि बिमानस्थलमा थन्किएको जहाज मर्मत नगरि किन उडाइयो ? काठमाडौँमा बिग्रेर थन्किएको जहाज पोखरामा मर्मत गर्न लानुको औचित्य के ? मर्मत गर्न लगिएको गैर व्यावसायीक ‘फेरी’ उडानमा नियम विपरित मर्मतसँग असम्बधीत  यात्रु किन बोकियोे ? सरकारले विधि मिचेर किन जाँच अनुसन्धान आयोग गठन गर्यो ?’ खतिवडाले प्रश्न गरे । छानविन समितको सदस्य सचिव मुकेश डंगोल क्याप्टेन मनिष शाक्यको आफन्त रहेकोले पनि उनले चालकलाई प्रतिवेदनमा जोगाउन खोजेको पीडित खतिवडाले आरोप लगाएका छन् । सो कार्यक्रममा म्याप मेमेरियल सोसाईटीले सो दुर्घटनामा दिवंगत खतिवडाका छोरी प्रिजा खतिवडा, ज्वाँई मनुराज शर्मा र नाती अधिराज शर्माको नाममा १ लाख राशीको मनुराज,अधिराज,प्रिजा स्मृति पुरस्कार घोषणा गर्दै खतिवडाले प्राविधिक, निजामति कर्मचारी र पत्रकारिता विधामा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने जानकारी गराए । कार्यक्रममा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष भूपराज खड्का, पीडित परिवारका सदस्यहरु सञ्जीव भण्डारी, सुसिल दाहाल, धिरज ढकाल, समिर खतिवडालगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । सोसाईटीका संरक्षक उषा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए ।  

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सङ्कटग्रस्त घोषणापछि प्रधानमन्त्री ओली मधेस भ्रमणमा

जनकपुरधाम, ९ साउनः मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा अहिले खानेपानी तथा सिँचाइको सङ्कट उत्पन्न भएको छ । यसबारे स्थलगत रुपमा जानकारी लिन उनी यहाँ आएका हुन् । […]

खेलकुद बागमती मुख्‍य समाचार

एलिसन स्पोट्र्सले काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसीप’ गर्ने

काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आयोजना हुने भएको छ । नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही भाद्र १८ गते आयोजना हुने प्रतियोगितामा नेपालभरका कुनैपनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा […]

गण्डकी मुख्‍य समाचार समाज

कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की, ९ साउनः कास्कीमा गत आर्थिक वर्ष २०८१र८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर रु तीनका दरले […]