२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाज

एक हजार एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज(आइतबार)सुनको मूल्य एक हजार एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको एक लाख ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो […]

बागमती मुख्‍य समाचार समाज

आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ १३ पैसा र बिक्री दर १३८ रुपियाँ ७३ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ ७९ पैसा र बिक्रीदर १६२ रुपियाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार

पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न पाँचवटा समितिका बैठक बस्दै छन् । आइतबार अर्थ समितिको बैठक बिहान ११ बज सिंहदरबारस्थित आआफ्नो बैठक कक्षमा बस्दै छ । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगसँग आर्थिक वर्ष २०८२–०८३ को बजेटका लागि आयोगले दिएका सिफारिस र सुझाव तथा ती सुझाव र सिफारिस बजेटमा समावेश भए÷नभएको अवस्था आयोगको […]

बागमती मुख्‍य समाचार

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ । बैठकमा ‘पर्यटन विधेयक– २०८१’ माथि दफाबार छलफलका लागि निर्णय (सभामा वा समितिमा) गरिने कार्यसूची रहेको छ ।

बागमती मनोरन्जन मुख्‍य समाचार

दिपेन्द्रले निर्देशन गर्ने नयाँ सिनेमा ‘क्याप्टेन साब’को छायांकन सुरु

काठमाडौं ।चलचित्र ‘क्याप्टेन साब’को छायांकन सुरु भएको छ । ‘क्याप्टेन साब’को ढुंखर्क, बेथानचोक काभ्रेपलाञ्चोबाट छायांकन सुरु भएको हो । असार २६ गते गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको थियो । कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन, काभ्रे र वीरगञ्जमा हुनेछ । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक हो […]

बागमती मुख्‍य समाचार समाज

आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु

काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ । पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो । नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार

नेपाली टोलीलाई डाना कप

नेपाली टोलीले डाना कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । डेनमार्कमा भएको प्रतियोगितामा एजी १० फुटबल एकेडेमी, गोल्स फुटबल एकेडेमी र नेपाल फुटबल एकेडेमीको संयुक्त यु–१४ टोलीले उपाधि जितेको हो । उक्त टोलीले फाइनलमा केन्याको इलाइट सकर एकेडेमीलाई ३–० गोलले पराजित ग¥यो । विजयी टिमका लागि रिहान बुढा मगर, नोआ राई र अरणिस गुप्ताले समान […]

बागमती मुख्‍य समाचार समाज

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ३० रुपौयाँ,गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४४ रुपैयाँ, […]

कर्णाली मुख्‍य समाचार राजनीति

प्रदेशको पुर्नसंरचनामा आवश्यक छः मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुर्नसंरचना आवश्यक रहेको बताएका छन् । प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिकाटिप्पणी उठन थालेको बताउँदै मुख्यमन्त्री कडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्र्तगतका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यता रहेको धारणा राखेका हुन । कर्णाली प्रदेश सरकारले गठन […]

बागमती मुख्‍य समाचार राजनीति

सिन्धुपाल्चोकका ‘अजित’ माओवादी केन्द्रमा पुनः सक्रिय

काठमाडौं ।  सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठ (अजित) पुनः नेकपा (माओवादी केन्द्र) मा  सक्रिय हुने भएको छन् । संविधानसभा सदस्य समेत रहेका उनी माओवादी केन्द्रमै रहेपनि नेकपा विभाजनपछि सक्रिय राजनीतिबाट टाढा रहेका थिए । उनलाई अध्यक्ष प्रचण्डले  पुनः सक्रिय भएकोमा पार्टीमा उचित जिम्मेवारी दिने गरी स्वागत गरे ।