२० आश्विन २०८३, मंगलवार
मनोरन्जन मुख्‍य समाचार सुदूरपश्चिम

परिवारजनको दीर्घायुको कामना गर्दै राना थारु समुदायका महिलाले आज तीज पर्व मनाउँदै

कञ्चनपुर, ११ साउनः कैलाली–कञ्चनपुरका राना थारु समुदायका महिलाहरूले आज तीज पर्व मनाउँदैछन् । यसै अवसरमा अवसरमा कञ्चनपुरका छ पालिकाले आज सार्वजनिक बिदा समेत दिइएको छ । शुक्ल पक्षको तृतीया तिथिका दिन आज पर्ने राना थारू समुदायको तीज पर्वका लागि कृष्णपुर, बेलौरी, पुर्नवास, शुक्लाफाँटा नगरपालिका, बेलडाँडी र लालझाडी गाउँपालिकाले बिदा दिएका छन् । पालिका मातहतका कार्यालय […]

कोशी मुख्‍य समाचार

साम्पाङमा रहेको बौद्ध गुम्बा संरक्षण

भोजपुर, ११ साउन ः षडानन्द नगरपालिका–१० साम्पाङमा रहेको ‘हिमालयन माहायान छेदेन छ्याकी खोलो’ बौद्ध गुम्बाको संरक्षण गरिएको छ । संरक्षण अभावमा जीर्ण बन्दै गएको गुम्बाको षडानन्द–१० सम्पाङ वडा कार्यालय तथा प्रदेश सरकारको बजेटमा संरक्षण गरिएको हो । गुम्बा भवन संरक्षण गरिएपछि यहाँका बौद्ध धर्मावलम्बी खुसी भएका छन् । पूजाआजा गर्न सहजता भएको गुम्बाका लागि सिंहबहादुर […]

कर्णाली मुख्‍य समाचार समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान् प्रहरी नियन्त्रणमा

कर्णाली, ११ साउन ः घरमा राखिएको काठको खुट्टा प्रहार गरी सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गए राति वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत सुगर खोला स्थित ४२ वर्षीय दानसिंह ठाडामगरले ४१ वर्षीया श्रीमती रविनालाई सुतिरहेको अवस्थामा खाटको खुट्टा बनाउन राखेको काठ टाउको प्रहार गरी घटनास्थलमा हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं मोहनजङ्ग बुढथापाले जानकारी दिए। […]

कर्णाली मुख्‍य समाचार समाज

कुष्ठरोगीको आशङ्कामा छ वर्ष छाउगोठमा बिताउनु परेपछि ।।।

अदानचुली हुम्ला, ११ साउन : कुष्ठरोगको आशङ्कामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी कामीको उद्धार गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले जानकारी दिए । उनले भने, कामीको जिल्ला अस्पतालमा […]

कोशी मुख्‍य समाचार समाज

चितुवाले खोरबाटै खसीबाख्रा लान थालेपछि लोसेवासी चिन्तित

इलाम, ११ साउनः माइजोगमाई–२ लोसेवासी एकमहिना देखि चितुवा आतंकले त्रसित भएका छन् । चितुवाले गाउँका किसानको पशुचौपायलाई आक्रममण गर्न थालेपछि उनीहरु समस्यामा परेका हुन् । माइजोगमाई–२ लोसेका पशुपालक शेरबहादुर गुरुङले भने, चार दिन भयो, निद्रा नै लाग्दैन । गए राति गुरुङको खोरभित्रै पसेर चितुवाले माउ बाख्रा मारेको हो । यस्तै, केही दिनअघि पनि लोसेमै चितुवाले […]

कर्णाली मुख्‍य समाचार

हुम्ला–मुगु लिङ्क रोडः लोतीखोलामा ‘बेलीब्रिज’ जडान

अदानचुली हुम्ला, ११ साउन ः हुम्ला र मुगु जोड्ने चङ्खेली गाउँपालिकाको लोतीखोलामा बेलीब्रिज निर्माण सम्पन्न भएको छ । रु चार करोड ९८ लाखमा बेलीब्रिज जडान गर्ने काम सम्पन्न भएको हो । पूर्वाधार विकास कार्यालयका प्रमुख इञ्जिनियर नरेशराज जैैसीलेका अनुसार बयालीस मिटर लम्बाइको उक्त बेलीब्रिज कर्णाली नदीबाट १० मिटर उचाइमा रहेको र पुलको ३.१५ मिटर उचाइ, […]

गण्डकी मुख्‍य समाचार समाज

सडक निर्माणका लागि सहयोग अभियान

गण्डकी, ११ साउनः सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको रु ३० लाख र गण्डकी प्रदेश सरकारले रु […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा

न्यूयोर्क  । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई)अधिकृत प्रवेश रिजाललाई अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूची एआइ १०० मा समावेश गरिएको छ। यो प्रतिष्ठित सम्मान उनलाई शुक्रबार न्यूयोर्कमा आयोजित मेसिनकन २०२५ समारोहका क्रममा प्रदान गरिएको हो। बिराटनगरमा जन्मिएका रिजाल कृत्रिम बौद्धिकता (एआइ), वित्तीय सेवा र परिमाणात्मक नवप्रवर्तनको संगममा एक प्रखर व्यक्तित्वका रूपमा उदाएका छन्। विश्वका प्रमुख वित्तीय प्रविधि ९फिनटेक० कम्पनीहरूलाई प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने  क्रस रिभर बैंकमा उनी संस्थाको डेटा र एआई रणनीति अगाडि बढाउने जिम्मेवारीमा छन्। रिजालले आफ्नो करियर सिटिग्रुपबाट सुरु गरेका थिए । त्यसपछि उनले क्रस रिभरको  क्वान्टिटेटिभ  स्ट्राटेटिज विभाग स्थापना गरी नेतृत्व गरे र पछिल्लो समयमा प्रमुख डेटा तथा एआई अधिकृत पदमा नियुक्त भएका हुन्। उनले न्युयोर्क युनिभर्सिटीबाट वित्तीय इन्जिनियरिंगमा स्नातकोत्तर डिग्री लिएका छन् र हाल फ्रान्सस्थित  इ डी एचइसी बिजनेस स्कुलबाट क्वान्टिटेटिभ  फाइनान्समा विद्यावारिधि गर्दैछन्। एआइ १०० अवार्डले कृत्रिम बौद्धिकता र डेटा विज्ञानको प्रयोगमार्फत व्यापारमा रूपान्तरण ल्याउने अग्रणी नेताहरूलाई सम्मान गर्छ। विजेताहरूको छनोट प्रभाव, नवप्रवर्तन, र जटिल उद्योगहरूमा एआई समाधानलाई मापनयोग्य रूपमा लागू गर्ने क्षमताका आधारमा गरिन्छ। कार्यक्रम आयोजकहरूले रिजाललाई  ुवित्तीय सेवामा एआईको भविष्यलाई मूर्तरूप दिनसक्ने  एक साहसी र बहु(विषयगत नेताु को रुपमा चित्रण गर्दै  उनको कथाले आजको एआई नेतृत्व कति विश्वव्यापी भइसकेको छ भन्ने कुरालाई उजागर गर्छ भन्ने देखेको बताए । अमेरिकाभरिका शीर्ष एआई नेताहरूले मन्तव्य व्यक्त गरेको उक्त सम्मेलनको आयोजना कृत्रिम बुद्धिमत्ता सम्बन्धी अग्रणी विश्लेषण संस्था, एआइएम रिसर्च, ले गरेको थियो।  

मधेश मुख्‍य समाचार समाज

खडेरीले खेतका धाँजा फाट्न थालेपछि किसान चिन्तित

रौतहट । रौतहटमा प्रर्याप्त आकाशे वर्षा र सिँचाइको सुविधा नहुँदा अपेक्षानुसार धान रोपाइ हुन सकेको छैन । केहिले स्यालो ट्युबवेल र मोटरको सहारामा धान रोपाइँ गरेपनि खडेरीले खेतको धाँजा फट्न थालेको छ । रौतहट सहित मधेश प्रदेशका जिल्लामा सिचाई र  पानीको अभावमा धान सुक्न थालेको किसानको गुनासो छ । चन्द्रपुर नगरपालिका किसान बलराम तिमल्सिनाका अनुसार […]

बागमती मुख्‍य समाचार राजनीति

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् । आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध […]

बागमती मुख्‍य समाचार

सात बुँदे मागसहित दिक्तेलका मेयर भट्टराईले सुरु गरे सत्याग्रह

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले सत्याग्रह सुरु गरेका छन् । स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन वाधक भएकाले पटक–पटक लिखित तथा मौखिक अनुरोधलाई संघीय सरकारले वेवास्ता गरेको भन्दै उनले आइतबारदेखि सात बुँदे मागसहित सत्याग्रह सुरु गरेका हुन् । सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरि बाँसका मुडा बोकेर […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको हिजो(शनिबार)सात बर्ष पूरा भएको छ । २०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारको उखुबारीमा फेला परेको थियो । तर घट्ना भएको सात बर्ष पुरा हुँदा पनि अपराधी पत्ता लाग्न सकेको छैन् […]