२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

युवा संघबाट निलम्बित कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो

काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो । ‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले […]

मुख्‍य समाचार राजनीति

डा. शेखर कोइरालाको प्रश्न : हामीले कस्तो देश बनाउन खोजेका हौं ?

काठमाडौं  । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक प्रणाली र प्रशासकीय चरित्रप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै वर्तमान शासन प्रणालीप्रति प्रश्न उठाएका छन् । काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म–स्मृति सभा तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार एवं सेवा पुरस्कार नेपाल समर्पण समारोहमा बोल्दै उनले वर्तमान राजनीतिक र प्रशासनिक प्रबृत्तिको आलोचना गरे । उनले वर्तमान प्रशासकीय […]

अर्थ बागमती मुख्‍य समाचार

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

काठमाडौँ, ११ साउनः राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले अर्थ मन्त्रालयको सहमति लिएरै अमेरिकी अन्तरराष्ट्रिय विकास नियोग युएसएड सँग वित्तीय सङ्घीयता कार्यान्वयन र सार्वजनिक वित्त व्यवस्थापन सहायता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको प्रष्टीकरण दिएको छ । सरकारको अनुमति बिनै युएसएडसँग सहकार्य गरेर कार्यक्रम सञ्चालन गरेको भन्दै आयोगका पदाधिकारीविरुद्ध प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा उजुरी परेको थियो । […]

कोशी मुख्‍य समाचार समाचार

जनतामा आशा जगाउँदै कोशी प्रदेश सरकार

विराटनगर, ११ साउनः कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१र८२ मा ८१ प्रतिशत वित्तीय र सात दशमलव छ प्रतिशतले राजस्व वृद्धि भएको जनाएको छ । सङ्घीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा उल्लेखनीय प्रगति गरेको प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका आर्थिक सल्लाहकार डा मोहन सुवेदीले जानकारी दिए । पूर्वाधार निर्माण, […]

कोशी मुख्‍य समाचार राजनीति

कोशी प्रदेशसभाः विधेयक स्वीकृत

विराटनगर, ११ साउनः कोशी प्रदेशसभामा आजको बैठकले ‘योगदानमूलक निवृत्तभरण कोष स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतले स्वीकृत गरेको छ । कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले प्रदेशसभामा पेस गर्नुभएको सो प्रस्तावमा सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयकमा सैद्धान्तिक छलफल पनि सुरु भई कोशी प्रदेशसभा सदस्य रमेशकुमार […]

मुख्‍य समाचार राजनीति लुम्बिनी

बुद्ध शिक्षामार्फत कूटनीति र शान्तिमा नयाँ आयाम ल्याउन सकिन्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी ११, साउनः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्धका शिक्षालाई व्यावहारिक कूटनीतिक अभ्यासमा रूपान्तरण गर्नु आजको आवश्यकता भएको बताएका छन् । कूटनीति र बुद्धका शिक्षाः विश्व शान्ति तथा दिगो विकास तर्फको मार्ग’ विषयक अन्तरराष्ट्रिय सङ्गोष्ठीको आज लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले गौतम बुद्धको शिक्षा द्वन्द्वभन्दा संवाद, प्रतिस्पर्धा भन्दा सहयोग र द्वेषभन्दा मित्रता निर्वाह गर्ने मूल्यमान्यतामा […]

बागमती मुख्‍य समाचार समाचार

भक्तपुरको ‘फिस टनेल एक्स्पो’ : अफ सिजनको कारण लगानी उठाउनै धौ–धौ

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ राधेराधेमा गत असार छ गतेदेखि सुरु भएको ‘फिस टनेल एक्स्पो २०८२’ को समापन भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाद्वारा राधेराधेस्थित रोयल थाई हस्पिटालिटीको खुला क्षेत्रलाई उपयोग गरी सञ्चालन गरिएको एक्स्पो शनिबार साउन १० गते समापन भएको हो । एक्स्पोको मुख्य आकर्षणका रूपमा ‘फिस टनेल’ नेपालमा हालसम्मकै सबैभन्दा ठूलो जलजीव […]

गण्डकी मुख्‍य समाचार समाज

दोर्दी गाउँपालिकाले नागरिकको निःशुल्क बिमा गर्ने

लमजुङ, ११ साउनः दोर्दी गाउँपालिकाले जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीबाट पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क बिमा गर्न सुरु गरेको छ । दोर्दी गाउँपालिकाले पालिकाको वडा नं ४ नौथर सेरामा आज एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ गरेको हो । गाउँपालिका अध्यक्ष युवराज अधिकारीले वडा नं १ भारतेका प्रेमबहादुर गुरुङलाई स्वास्थ्य बिमा कार्ड उपलब्ध गराएर बिमाको […]

अर्थ बागमती मुख्‍य समाचार

राजस्व बाँडफाँड र प्राकृतिक स्रोत परिचालनमा आयोगको भूमिका महत्वपूर्ण

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आइतबार बसेको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत सिफारिस, सुझाव तथा ती सिफारिस बजेटमा समावेश भए/नभएको विषयमा विस्तृत छलफल गरिएको छ । बैठकमा आयोगले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्ने क्रममा भोगेका समस्या, चुनौती तथा समितिमा प्राप्त उजुरीहरूबारे समेत छलफल भएको हो […]

बागमती मुख्‍य समाचार राजनीति

समाजलाई नराकात्मक चिन्तनबाट मुक्त गराऔं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले समाजलाई उज्यालोतर्फ डो¥याउन नकारात्मक विचारहरु बाधक हुने उल्लेख गरे । सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले आइतबार ललितपुरमा आयोजना गरिएको ‘अक्षलोक’ साहित्यिक पत्रिका लोकार्पण तथा सम्मान कार्यक्रममा उनले समाजलाई नराकात्मक चिन्तनबाट मुक्त बनाउनुपर्ने बताए  । सकारात्मक विचार र चिन्तनले मात्र समाजलाई समृद्ध बनाउन सक्ने भएकाले सवैले नकारात्मक विचार […]

बागमती मुख्‍य समाचार राजनीति

कांग्रेस–एमालेबीचको सहकार्य आजको आवश्यक्ता हो ः मन्त्री पाण्डे

काठमाडौं, । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले देशको समृद्धिका लागि पहिलो निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको परिकल्पना नै मार्गदर्शक रहेको स्पष्ट पारेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण समारोह’लाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने ‘वीपी कोइराला त्यस्तो व्यक्ति हुन्, जसले जहाँनियाँ राणा शासनको विरुद्ध निर्भीकतापूर्वक उभिएर जनतालाई गोलबद्ध गर्दै क्रान्तिको नेतृत्व गर्नुभयो । उहाँले रोपेको लोकतन्त्रको बीउका कारण आज हामीले विभिन्न कालखण्डमा लोकतन्त्र स्थापनाका लागि आन्दोलन गर्न सफल भएका छौं । उहाँको परिकल्पना भनेको समृद्ध राष्ट्र बनाउने, असमानता हटाउने र नागरिकका अधिकार सुनिश्चित गर्ने हो ।’ मन्त्री पाण्डेले हालको सरकार निर्माणको पृष्ठभूमिमा एमाले र नेपाली कांग्रेसबीच सहकार्य हुनुमा आवश्यकताबाट उत्पन्न भएको उल्लेख गरे  । ‘दुई पार्टी नमिल्दा मुलुकमा अस्थिरता मौलाएको थियो । त्यसैले सहकार्य आवश्यक बन्यो,’ उनले भने,‘हामी अब २०८४ सालसम्म यही गठबन्धनलाई निरन्तरता दिनेछौं । त्यसपछि एमाले र कांग्रेसबीच स्वच्छ प्रतिस्पर्धा हुनेछ ।’ उनले आगामी निर्वाचनमा दुबै पार्टीका मन्त्रीहरूले गरेका कामको मूल्याङ्कनका आधारमा प्रतिस्पर्धा हुने स्पष्ट पारे । कार्यक्रममा विपी कोइरालाको योगदानलाई स्मरण गर्दै विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका चारजना स्रष्टालाई ‘वीपी कोइराला राष्ट्रिय पुरस्कार–२०८१’ बाट सम्मानित गरिएको थियो । सम्मानित व्यक्तिहरूमा साहित्यतर्फ मोरङका भुवन ढुंगाना कोइराला, राजनीतिक दर्शनतर्फ सुनसरीकी मीना गुरुङ, अछामका नयनसिंह कठायत तथा बैरागी काँइला नामले चिनिने तिलविक्रम नेम्वाङ थिए  । उनिहरुलाई दोसल्ला, प्रमाणपत्रसहित जनही एक लाख रुपैयाँ नगदसहितको पुरस्कार प्रदान गरिएको छ ।  

बागमती मुख्‍य समाचार समाचार

चार प्रतिभालाई विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा चार प्रतिभाहरुलाई पुरस्कृत गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुवन ढुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गरेका हुन् । प्रधानमन्त्री ओलीले प्रजातन्त्रका […]