२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति

संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा आक्रोश

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अर्को दिन बस्नेगरी सारिएको छ । आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई […]

मधेश मुख्‍य समाचार समाज

मधेशमा डिपबोरिङ जडान सुरु

जनकपुरधाम, ११ साउनः लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो । ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री […]

गण्डकी पर्यटन मुख्‍य समाचार

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

गलकोट बागलुङ, ११ साउनः नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ५७३ पर्यटक […]

बागमती मुख्‍य समाचार राजनीति

सरकारको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेन : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले सरकार निर्माणको वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बाध्यात्मक परिस्थितिमा निर्माण भएको सरकार भएकाले वर्ष दिनको मुल्याङ्कन गर्र्दा सोचेजस्तो काम हुन सकेको बताए । उनले कसैको बहुमत नभएकाले वर्तमान सरकारको विकल्प अर्को हुन […]

बागमती मुख्‍य समाचार राजनीति

समाचार सुधार र क्षमायाचना : डिजिटल अर्थतन्त्रबाट वर्षको एक खर्ब रुपैयाँ भित्रिएको शिक्षामन्त्रीको दाबी

काठमाडौं  । शिक्षामन्त्री रघुजी पन्तले नेपालमा डिजिटल अर्थतन्त्रको तीव्र विस्तारसँगै विदेशबाट वर्षमा झन्डै एक खर्ब रुपैयाँ भित्रिने गरेको बताएका छन् । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका–१५ वडा कमिटीले आयोजना गरेको एसईई सम्मान, बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मन्त्री पन्तले अहिले नेपालमा ठूलो संख्यामा युवाहरू डिजिटल माध्यमबाट घरमै बसेर विदेशी कम्पनीहरूसँग काम गरिरहेको उल्लेख […]

बागमती मुख्‍य समाचार राजनीति

सांसदसँग संवाद, आवश्यकताका आधारमा संविधान संशोधन अघि हुन्छः महिलामन्त्री सुडी

काठमाडौँ, ११ साउनः जनता समाजवादी पार्टीका नेता एवं महिला, बालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले वर्तमान सरकारले आवश्यकताका आधारमा संविधान संशोधनको प्रक्रिया अघि बढाउने स्पष्ट पारेका छन् । सरकारले सबैवर्ग, क्षेत्र र समुदायको चाहना र भावनाअनुसार संविधान संशोधनको कार्य अगाडि बढाउने उनको भनाइ छ । सप्तरी जिल्ला निर्वाचन क्षेत्र १ बाट निर्वाचित उहाँ यसअघिको […]

बागमती मुख्‍य समाचार समाचार

सुनकोशी नदीमा पाँच वर्षदेखि पुल निर्माण अलपत्र

काभ्रेपलाञ्चोक, ११ साउनः काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको पक्की पुल पाँच वर्षदेखि अलपत्र परेको छ । काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाको सापिङका विभिन्न वडा तथा बस्तीमा सडकको पहुँच पुर्‍याउने उद्देश्यले विसं २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण कम्पनीले उक्त मोटरेबल पुलको काम समयमा नगर्दा भुम्लुका हजारौँ नागरिकले सास्ती […]

बागमती मुख्‍य समाचार

नेपालमा पानी जहाज सपना : कानुन निर्माणमै अलमल

काठमाडौं । नेपाल हिमाल, पहाड र तराइले बनेको एक भूपरिवेस्टिक देश हो । चारैतिर छिमेकी देशहरूले घेरिएको यो मुलुक समुद्रबाट टाढा रहेपनि जलस्रोतको दृष्टिकोणले अत्यन्त समृद्ध छ । नेपालका ठूला नदीहरू—कोशी, नारायणी, गण्डकी, कर्णाली—देखि लिएर सयौं तालहरू जल यातायातका लागि उपयुक्त मानिन्छन् । यति हुँदाहुँदै पनि नेपालमा जल यातायातको विकास सुस्त गतिमा छ । नेपाल […]

अर्थ बागमती मुख्‍य समाचार

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको समेत बताइन् । उनले भने,‘ अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार

रसुवागढी सीमानाकामा बेलीब्रिज निर्माण सुरु : आगामी भदौ ३० गतेभित्र सम्पन्न गरिने लक्ष्य

रसुवा, ११ साउनः नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरुआत भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पु¥याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार नेपाल–चीनबीच आवतजावत र […]

कोशी मुख्‍य समाचार समाज

एसईई पास भएका विद्यार्थीलाई कम्प्युटर र सिलाइ तालिम

मुगु । मुगुमा एसइइ पास भएर आर्थिक अभाभले उच्च शिक्षा तथा प्राबिधिक शिक्षा लिनबाट बन्चित युवाहरुलाई कम्प्युटर र सिलाइकटाइ तालिम दिइएको छ । गुड्नेवर इन्टरनेशनलको आर्थिक सहयोगमा किडाक नेपालको सहयोगमा १४ जनालाई आधारभुत तीन महिने कम्प्युटर र ११ जनालाई पहिलो चरणको सिलाइकटाइ तालिम दिइएको हो । गुड्नेवर इन्टरनेशनलले आर्थिक सहयोगमा किडाक नेपालले तल्लो कक्षादेखि एसईईसम्मका […]

बागमती मुख्‍य समाचार

आकाश प्रसाद उप्रेतीले ल्याए ‘विद्यार्थी आन्दोलन र नेविसंघ’

काठमाडौं । नेपाल विधार्थी संघका केन्द्रीय सदस्य आकाश प्रसाद उप्रेतीद्वारा लेखन तथा संकलन गरेको ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक सार्वजनिक गरिएको छ । कांग्रेसका सभापती तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पुस्तक सार्वजनिक गरे । पुस्तकबाट नेपाली राजनीतिक परिवर्तनमा विद्यार्थी आन्दोलनले खेलेको भूमिका संगसँगै संसारका हरेक देशहरुमा विद्यार्थी आन्दोलनले के कस्तो भूमिका खेलेको खेलेको छ भन्ने […]