१८ चैत्र २०८२, बुधबार
बागमती मुख्‍य समाचार समाचार

नागरिक दैनिकमा तालाबन्दी : माग पूरा नभएसम्म आन्दोलन जारी

काठमाडौं । नेपाल पत्रकार महासंघले बुधवार बिहान नागरिक दैनिकको व्यवस्थापन कक्षमा तालाबन्दी गरेको छ । श्रमजीवी पत्रकारका न्यायोचित मागहरू पटक–पटक उठाउँदा पनि व्यवस्थापन पक्षबाट सुनुवाइ नभएपछि महासंघले बुधवार तालाबन्दी गरेको हो । महासंघले नागरिक दैनिकका प्रबन्ध निर्देशक तथा सिईओको कार्यकक्षमा तालाबन्दी गर्दै श्रम ऐनअनुसार सेवा–सुविधा, पारिश्रमिक तथा श्रम सम्झौता कार्यान्वयन गर्न माग गरेको जनाएको छ […]

बागमती मुख्‍य समाचार समाचार

आज भीमा एकादशी श्रद्धा र भक्तिपूर्वक मनाइँदै

काठमाडौं । आज माघ शुक्ल पक्षमा पर्ने भीमा एकादशी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ । अन्य एकादशीहरू जस्तै भीमा एकादशीलाई पनि पाप हरण गर्ने तथा भोग र मोक्ष दुवै प्रदान गर्ने महत्त्वपूर्ण एकादशीका रूपमा लिइन्छ । महाभारतकालदेखि नै भीमा एकादशीको विशेष महत्त्व रहेको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । कुन्तीपुत्र भीमले यस दिन व्रत बसेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

काठमाडौँ, १५ माघः हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भू–भागमा पूर्णतया बादल लागेको छ र बाँकी भागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज […]

कोशी खेलकुद मुख्‍य समाचार समाचार

खेल पर्यटनको केन्द्र बन्दै गल्फ कोर्स

धरान सुनसरी, १५ माघः धरानमा सञ्चालनमा रहेको एक मात्र ‘गल्फ कोर्स’ले पछिल्लो समय गल्फ खेलाडीको ध्यान तान्न थालेको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको यो गल्फ कोर्स हाल गल्फप्रेमीहरूको मुख्य खेल केन्द्र नै बन्दै गएको छ । यहाँ इटहरी, विराटनगर, बर्दिबासलगायत पूर्वी क्षेत्रका खेलाडी मात्र होइन, पोखरा, काठमाडौँ र साथै यहाँ […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ माघः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०१ […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि

गण्डकी, १४ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा खटिने निर्वाचन प्रहरीको तालिम आइतबारदेखि सुरु हुने भएको छ । जिल्लामा खटिने दुई हजार ३०३ निर्वाचन प्रहरीको छनोट भइसकेको र आइतबार नियुक्ति दिएर तालिममा सहभागी गराइने सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिका सदस्यसचिव चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार कास्कीमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति

काठमाडौँ, १५ माघः निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ । निर्वाचनलाई मितव्ययी, पारदर्शी बनाउन र स्थानीय सामग्रीको प्रयोग तथा प्रोत्साहनका लागि आयोगले सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको हो । निर्वाचनका लागि कुल ५१ सामग्री प्रयोग हुने र हाल ३७ प्रकारका सामग्री विकेन्द्रीकृत रूपमा प्रदेश […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आत्मसमिक्षा गरेर एकतामा आउन विप्लवलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र अप्ठेरो परिस्थितिमा रहेको उल्लेख गर्दै कम्युनिष्ट आन्दोलन र जनताको चाहनाको सम्बोधनका लागि एकताबद्ध हुनुको विकल्प नरहेको बताएका छन् । विप्लव नेतृत्वको पार्टीबाट विद्रोह गरी केन्द्रीय सदस्यहरूसहित नेकपामा समायोजन कार्यक्रममा बोल्दै संयोजक दाहालले राष्ट्र जोगाउन र आन्दोलनलाई सही दिशामा अघि बढाउन कम्युनिष्ट शक्तिहरूबीच […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार स्वास्थ्य

रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधबार त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै लामिछानेको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको हो । उनको नशाबाट एन्टिबायोटिक्सको माध्यमबाट उपचार भइरहेको अस्पतालले जनाएको छ । विज्ञप्तीमा लेखिएको छ,‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उप–प्रधान तथा गृहमन्त्री […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

अरिजित सिंहले अब चलचित्रमा गीत नगाउने

काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन् । नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक […]

बागमती मुख्‍य समाचार समाचार

केही विमानस्थल बन्द, बाँकी सबैमा नियमित उडान : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले आफ्नो यात्रुहरूका लागि केही विमानस्थल अस्थायी रूपमा बन्द रहेको जानकारी गराएको छ । बुद्ध एयरका अनुसार हाल तुम्लिंगटार एयरपोर्ट, राजविराज विमानस्थल, भरतपुर विमानस्थल, सुर्खेत विमानस्थल अस्थायी रूपमा बन्द भएका हुन् । यस बाहेक देशभरिका अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्। एयरलाइन्सका अनुसार बन्द विमानस्थलमा मौसमी अवस्थाका कारणले उडान संचालन रोकिएको हो। […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

काठमाडौं । महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवारको बुधबार बिहान विमान दुर्घटनामा निधन भएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयका अनुसार मुम्बईबाट बारामती जाँदै गरेको चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटनाग्रस्त हुँदा चालकदलसहित विमानमा सवार पाँचै जनाको मृत्यु भएको हो । मुम्बईबाट बारामती जाद्यै गरेको चार्टर्ड विमान बारामती विमानस्थलको […]