२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाज

आज सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

काठमाडौं । आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको ५१ हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति

काठमाडौँ, १२ साउन ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेविज विरुद्धको भ्याक्सिन तथा सर्पदंश उपचारमा प्रयोग हुने औषधि आपूर्ति गरेको छ । विभाग अन्र्तगतको व्यवस्थापन महाशाखा प्रमुख डा पवनजङ्ग रायमाझीले यसअघि नै खरिद भएर आपूर्तिका क्रममा रहेको औषधि प्रदेश सरकारहरूका स्वास्थ्य संस्थामा वितरण गर्नेगरी आपूर्ति केन्द्रहरूमा पुगिसकेको जानकारी दिए । […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

सुविधाबाट वञ्चित छन् अल्पसङ्ख्यक सुनाहा समुदाय

दोधारा चाँदनी कञ्चनपुर, १२ साउनः सरकारले लोपोन्मुख र अल्पसङ्ख्यक जातिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । तर अल्पसङ्ख्यक सुनाहा जातिको जातीय पहिचान सूचित नहुँदा अल्पसङ्ख्यक समूदायले प्राप्त गर्ने सेवा सुविधाबाट वञ्चित छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ का चन्द्रकला सुनाहा राज्यबाट पाउनुपर्ने सेवा सुविधाबाट वञ्चित हुनुपर्दा केटाकेटी पढाउन नसकेको बताए । पछिल्लो समय पुख्र्यौली […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाज

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा

काठमाडौँ, १२ साउनः साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

वीरगञ्ज पर्सा,१२ साउन ः वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औषतमा एक लाख लिटर खानेपानी ट्याङ्कर मार्फत वितरण गर्दै आइरहेको छ । मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

‘नेफ्रोटिक सिन्ड्रम’ नहोस् भन्नाका लागि समय समयमा बालबालिकाको पिसाब परीक्षण गराउने कि

म्याग्दी, १२ साउन ः तनहुँको दमौली निवासी दिपासा आले ‘नेफ्रोटिक सिन्ड्रम’ पिसाबमा प्रोटिन चुहिने समस्या भएका छोराको उपचारका लागि करिब दुई वर्ष काठमाडौँ धाए । पर्वतको जलजला गाउँपालिका–३ की चन्द्रकुमारी खत्री पनि ‘नेफ्रोटिक सिन्ड्रम’ भएकी छोरीको उपचारका लागि पछिल्लो दुई वर्ष हरेक तीन तीन महिनामा काठमाडौँ पुगे। तनहुँकी आले र पर्वतकी चन्द्रकुमारी जस्तै देशभरका अभिभावक […]

बागमती मुख्‍य समाचार समाज

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

रसुवा, १२ साउन ः पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नानको क्रममा आइतबार दुई जना तीर्थालु बेपत्ता भएका छन् । जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका मनोज न्यौपाने रहेका छन् । गहिरो ठाउँबाट स्नान गर्न कुण्डमा पसेका कारण डुबेको हुनसक्ने आँकलन गरिएको छ । बेपत्ताको […]

बागमती मुख्‍य समाचार समाज

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ १२ साउन ः मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट देशभरका आठ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाईकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ […]

कोशी मुख्‍य समाचार समाचार समाज

मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

झापा, १२ साउन ः मेचीनगर नगरपालिकाका दुई महिलामा जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको विर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि […]

बागमती मुख्‍य समाचार समाज

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

काभ्रेपलाञ्चोक, १२ साउनः यहाँको बेथानचोक गाउँपालिकाले व्यावसायिक किसानलाई ऋणको ब्याजमा पाँच प्रतिशत अनुदान दिने भएको छ । स्थानीय किसानले संस्थागत रुपमा चालु आर्थिक वर्षदेखिनै व्यवसाय गर्न यस योजनाका लागि दिइएको आवेदन गाउँपालिकाद्वारा स्वीकृत समेत भएको छ । व्यासायिक किसानलाई उद्यामशीलता ब्याजमा अनुदान प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले २४ कृषि फर्मले छनोट गरेको जनाएको छ । यसका […]

बागमती मुख्‍य समाचार समाज

पत्रकार पराजुलीको उपन्यास बखान प्रकाशोन्मुख

चितवन, १२ साउनः तत्कालीन राणाशासन र पञ्चायतका विरूद्ध आफ्ना छोराद्वय गुमाएका पात्र हुन् बखानसिंह गुरुङ । विसं २००७ को बन्दीपुर कब्जा गर्दा छोरा धर्मध्वज गुरुङ गुमाएका बखानले विसं २०१८ को भरतपुर काण्डमा दोस्रो छोरा लालध्वज गुरुङ पनि गुमाउन पुगे । तनहुँको पुलिमराङमा जन्मिएर चितवनको बस्ती विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका बखान सिंहको जीवन यात्रालाई उपन्यासमा […]

कोशी मुख्‍य समाचार समाज

कोशी सरकारको दाबी : संघीयताको औचित्य पुष्टि भयो, समृद्धिको आधार बन्यो

विराटनगर । संघीयता र प्रदेश संरचनाको प्रभावकारितामाथि विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला कोशी प्रदेश सरकारले पछिल्लो एक वर्षमा बहुआयामिक उपलब्धि हासिल गर्दै संघीयताको औचित्य पुष्टि गर्ने प्रयास गरेको जनाएको छ । पूर्वाधार विकासदेखि नागरिक सेवा सुधार, लगानी प्रवद्र्धनका साथ वित्तीय अनुशासनसम्मका क्षेत्रमा प्रदेश सरकारले प्रस्तुत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको हो । ८१ प्रतिशत वित्तीय प्रगति […]