२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार समाचार

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता […]

मुख्‍य समाचार समाचार

बेपत्ता हायु परिवारको खोजीमा रामेछापको प्रहरी पनि परिचालन

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका एकै परिवारका १७ जना सदस्यको खोजीका लागि रामेछाप प्रहरी पनि परिचालित भएको छ । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँ सहित १७ जना बेपत्ता भएपछि उनीहरू रामेछापको हायु गाउँमा आएको हुन सक्ने भन्दै रामेछाप प्रहरी पनि खोजीमा जुटेको […]

अर्थ मधेश

मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु

जनकपुर । मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमाको दायरामा […]

खेलकुद

टियू क्रिकेट मैदानको काम सन्तोषजनक : सभापति गैरे

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको सभापति ठाकुर गैरेले टियू क्रिकेट मैदानमा भएको काम सन्तोषजनक रहेको बताएका छन् । सोमबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिकोतर्फबाट अनुगमन गर्दै उनले साउन महिनाभरीमा निर्धारित गरिएका टेण्डर बमोजिमका सबै कामहरु सम्पन्न गर्न सकिन्छ भन्ने उद्देश्यका साथ […]

बागमती मुख्‍य समाचार राजनीति

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

काठमाडौँ, १२ साउन ः राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले जलस्रोत विधेयक, २०८१ माथिको छलफावार छलफल अन्तिम चरणमा पुर्‍याएको छ । समितिको आजको बैठकमा सो ऐनको परिच्छेद ९ अन्तर्गत विभिन्न दफामाथि छलफल भएको सभापति तुलसाकुमारी दाहालले जानकारी दिए । विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा पुगेको छ, अबको दुईरतीन वटा बैठकमा दफावार छलफल सक्छौँ, उनले भने । विसं […]

कर्णाली मुख्‍य समाचार समाज

कर्णालीका १६ हजार ७२ घरको विपत जोखिम वीमा

सुर्खेत । प्राकृतिक विपतको उच्च जोखिममा रहेको कर्णाली  प्रदेशका सबै घरहरुको वीमा गरिने भएको छ । कर्णाली प्रदेशले प्रदेशका विपत जोखिम क्षेत्रका स्थानीय तहहरुमा घर बीमा कार्यक्रम लागू गरेको छ । कार्यक्रम अन्तर्गत पहिलो चरणमा कर्णालीका ७९ स्थानीय तह मध्ये १५ वटा  पालिकामा यो कार्यक्रम सुरु गरिएको हो । आर्थिक बर्ष २०८१÷०८२ को कार्यक्रम अन्तर्गत […]

मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीमा युवा तथा खेलकुदमन्त्री पाण्डेद्वारा शपथ

लुम्बिनी, १२ साउन ः लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष नवनियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्चपदस्थ पदाधिकारीहरुको उपस्थितिमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज […]

अर्थ बागमती मुख्‍य समाचार

विश्व बैंकले दिने ऋणको ब्याजदर बढायो

काठमाडौँ । विश्व बैंकले यहीँ जुलाईदेखि लागू हुनेगरि नेपाललाई दिँदै आएको ऋणको ब्याजदर बढाएको छ । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित वैदेशिक सहायता परिचालन प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले यस्तो जानकारी दिएका हुन् । उनका अनुसार नेपालले हालसम्म विश्व बैंकसँग लिँदै आएका विकास […]

कोशी मुख्‍य समाचार समाज स्वास्थ्य

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

झापा, १२ असार ः कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उनले बताए । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशानालको […]

बागमती मुख्‍य समाचार

साउन महिनामा आधाले घट्यो मासुको व्यापार

काठमाडौँ, १२ साउन ः साउनमा मासुको व्यापार आधाले घटेको व्यापारीहरूले गुनासो गरेका छन् । विगत २० वर्षदेखि कलङ्कीमा मासु व्यापार गर्दै आउनुभएको सन्दीप महर्जनका अनुसार साउन महिना लागेसँगै माछामासुको व्यापारमा आधाले कमी आएको छ । अन्य समयमा दैनिक १५० वटा कुखुरा खपत हुन्थ्यो भने अहिले दैनिक ८० खपत हुन पनि मुस्किल छ, उनले भने, “सोमबार […]

बागमती मुख्‍य समाचार समाज

सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १६ जना बेपत्ता

रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १६ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले […]

बागमती मुख्‍य समाचार समाचार

नेप्से घटेसँगै कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसुचक २.०७ अंकले घटेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्से परिसुचक घटेसँगै २९६२.१३ अंकमा पुगेर रोकिएको छ । आइतबार नेप्से परिसुचक २९६४.२० बिन्दुमा रोकिएको थियो । यस दिन कुल ३२१ स्टकको १९ अर्ब ३६ करोड ८ लाख ७३ हजार ३४ रुपैयाँ बराबरको […]