भोजपुरमा पशुको नश्ल सुधार गर्न कृतिम गर्भाधान सेवा सुरु
भोजपुर, १२ साउनः भोजपुरका किसानका गाईभैँसीमा कृतिम गर्भाधान सेवा सुचारु गरिएको छ । नश्ल सुधार गरेर किसानलाई उन्नत जातका पशुपालनमा प्रोत्साहन गर्न यहाँ कृतिम गर्भाधान सेवा सुचारु गरिएको हो । नश्ल सुधारमार्फत किसानलाई उन्नत जातका पशुपालनमा लाग्न सहजता थप्नको लागि कार्यक्रम सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख पुष्पराज दाहालले बताए । […]











