२० आश्विन २०८३, मंगलवार
मधेश मुख्‍य समाचार समाज

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

काठमाडौँ, १३ साउनः मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रमका सहभागीले मधेससहित मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा पनि खडेरीका कारण रोपाइँमा […]

बागमती मुख्‍य समाचार समाचार

मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको नहर अवलोकन

काठमाडौँ, १३ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन् । उनले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए । मन्त्री खड्काले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले भन्दै तोकिएको लक्ष्य हासिल […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय

जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ । मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुरÞ्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि साथै खानेपानी र सिँचाइमा काम शुरु गरेका छन् । समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुख्खा क्षेत्रको […]

बागमती मुख्‍य समाचार समाज

नागपञ्चमीका अवसरमा टौदहमा पूजा आराधना

ललितपुर । कीर्तिपुर–६ स्थित ऐतिहासिक टौदह पोखरीमा सोमबार नागपञ्चमीको अवसरमा श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ । बिहानैदेखि पूजाका सामग्रीसहित भक्तजनहरू नाग देवताको पूजा गर्न टौदहमा जम्मा भएका थिए । रंगीचंगी झण्डाहरूले सजिएको पूजास्थलमा श्रद्धालुहरूको भीड देखिन्छ । पूजा गरिरहेका, जल चढाइरहेका र प्रसाद ग्रहण गरिरहेका दृश्यहरू नागपञ्चमीको धार्मिक र सांस्कृतिक महत्व झल्काउँछन् । पोखरीको बीचमा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बाघको संख्या बढ्दो छ तर व्यवस्थापनमा बजेट अभाव छ’

कन्चनपुर । नेपालमा बाघको संख्या तोब्बर बनाउने लक्ष्य राखेपनि तेब्बरको हाराहारीमा पुगेको राष्ट्रिय निकुन्जका अधिकारीहरुले बताएका छन् । २०१० मा संख्या वृद्धि गर्ने भन्दै बाघको संख्या २०२२ सम्म दोब्बर बनाउने भनेर लाग्दा तेब्बरको हाराहारीमा पुगिसकेको शुक्लाफाँटा राष्ट्रिय निकुन्जका सुचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनले बाघको संख्या वृद्धि गर्न व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए ।  संख्या बृद्धि हुँदै गएपछि व्यवस्थापनमा चुनौति देखिन थाल्छ । बासस्थान, घाँसे मैदानको व्यवस्थापन र आहारजन्य बस्तुहरुको कुरामा विशेष ध्यान दिनुपर्ने छ ।’ त्यस्तै उनले व्यवस्थापनमा रकम न्यून हुँदा पर्याप्त काम गर्न नसकेको बताउँदै घाँसे मैदान व्यवस्थापन गर्न नसकेको जिकिर गरे । मानव र वन्यजन्तु सहअस्तित्व कायम गर्नको लागि मध्यवर्ती क्षेत्रमा विभिन्न कार्यक्रमहरु भएपनि स्रोतको अभाव भएको उनले बताए । ‘सरकारबाट आउने स्रोत न्यून छ । हजारौँ हेक्टरको घाँसे मैदान भएपनि यस बर्ष जम्मा सातलाख रुपैयाँ मात्र बजेट छ । मध्यवर्ती क्षेत्रमा कार्यक्रम गर्नपनि बजेटकै अभाव छ,’ वाग्लेले भने ।  

बागमती मुख्‍य समाचार समाचार

सिजी ब्रुअरीको सञ्चालन आम्दानी १ अर्ब ८८ करोडले घट्यो

काठमाडौं । चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ । रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो । जस अनुसार आर्थिक वर्ष (आव) २०८०÷८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । यस […]

कर्णाली मुख्‍य समाचार समाज

खाद्य कम्पनी द्वारा मुगुमा १२ करोड ८७ लाखको खाद्यान्न विक्री

मुगु । खाद्य व्यवस्था तथा व्यापार कमपनी लिमिटेडले मुगुमा एकवर्षमा १२ करोड ८७ लाख रुपैयाँको खाद्यान्न विक्री गरेको छ । पछिल्लो समय मुगुमा सडक सञ्जालको विस्तार राम्रो भएसँगै सरकारको स्वामित्व रहेको खाद्य कम्पनीले यहाँ पर्याप्त मात्रामा खाद्यान्न पठाउने गरेको छ । मुगुस्थित खाद्य कम्पनीको शाखा कार्यालय, खत्याड डिपो, सोरुकोट डिपो, पुलु डिपो र विक्री केन्द्र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

विश्व बाघ दिवसको छायाँमा गाउँलेका आँशु : सहअस्तित्वको कथामा पीडादायी घाउ

कन्चनपुर । आज जुलाई २९, विश्व बाघ दिवस । ‘सहअस्तित्व र आयआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिवर्तन’ भन्ने नारा गुञ्जिरहेको छ—तर यति भनिरहँदा, कञ्चनपुरको एक गाउँकी मिना शाहको आँखा फेरि रसाउँछन् । एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन् । आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप […]

बागमती मुख्‍य समाचार विशेष समाचार

खानेपानी मन्त्री खड्का विपक्षमा खुले, अब दुई मत निर्णायक

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दल बैठकलाई लिएर सत्ता समीकरण नयाँ मोडमा पुगेको छ । बहालवाला खानेपानी मन्त्री श्याम खड्का खुलेर मुख्यमन्त्री बहादुरसिंह लामा विरुद्ध जाने भएका छन् । मन्त्री खड्काले बिहान १० बजेसम्म सहमति भएमा मतदान प्रकृयामा जान नपर्ने बताए पनि यदि मतदान भयो भने मन्त्री पदबाट राजीनामा दिएर विपक्षमा मतदान गर्ने […]

बागमती मुख्‍य समाचार समाज

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थान भन्दा उत्तर तर्फ अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल देशभर साधरणतया बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३८ रुपियाँ ३७ पैसा र बिक्री दर १३८ रुपियाँ ९७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपियाँ ३१ पैसा र बिक्रीदर ९१ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ […]