१९ आश्विन २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

मूल्य बढेपछि अलैँची खेती विस्तारमा जुट्दै किसान

भोजपुर, २५ साउनः अलैँचीको मूल्य वृद्धि भएपछि भोजपुरका किसान खेती विस्तारमा जुटेका छन् । यसअघि उत्पादन भएको अलैँचीले राम्रो मूल्य पाएपछि किसान अलैँचीखेती विस्तारमा जुटेका हुन् । गत वर्षदेखि मूल्य वृद्धि भएपछि यहाँका किसान नयाँ बगैँचा विस्तारसँगै पुराना बगैँचाको संरक्षणमा जुटेका टेम्केमैयुङ–५ का शिवकुमार विष्टले बताए । गत वर्ष प्रतिमन अलैँची रु एक लाखदेखि रु […]

गण्डकी मुख्‍य समाचार समाचार

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की, २५ साउनः पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको महाराष्ट्र तथा पश्चिम बङ्गाल घर भई पोखरामा विभिन्न स्थानमा बस्ने उनीहरुलाई पक्राउ गरी शनिबार सार्वजनिक गरिएको हो । पक्राउ परेकाहरुबाट नगद रु पाँच लाख १४ हजार समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी […]

बागमती मनोरन्जन मुख्‍य समाचार

गाईजात्राका अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी

काठमाडौँ, २५ साउनः परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा राजधानीका टोलटोलबाट सांस्कृतिक झाँकी निस्किएका छन् । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ का अवसरमा आज राजधानीका नेवार समुदायले विभिन्न स्थानबाट सांस्कृतिक झाँकी निकालेका हुन् । साना बालबालिकालाई गाईको रूपमा सिँगारेर सांस्कृतिक झाँकी निकालिएको छ भने केहीले गाईलाई नै […]

कोशी मुख्‍य समाचार समाचार

सप्तकोशीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलियो

धरान सुनसरी, २५ साउनः लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार शनिबार राति ९ः०० बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेण्ड दुई लाख ४३० क्यूसेक पुगेको छ । मापन केन्द्रका अनुसार कोशी ब्यारेजका ५६ मध्ये अहिले २८ ढोका खोलिएका […]

गण्डकी मुख्‍य समाचार समाचार

तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता

दमौली तनहुँ, २५ साउन ः जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१ र८२ मा एक लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ […]

बागमती मुख्‍य समाचार समाचार

निर्धारित समयमा रङ्गशाला निर्माण सम्पन्न हुनुपर्ने

चितवन, २५ साउनः पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशला निर्धारित समयमा पूरा गर्न निर्माण कम्पनी सचेत रहनुपर्नेमा जोड दिएका छन् । आज रङ्गशालाको निरीक्षणपछि उनले तोकिएको समयमा नै निर्माण पूरा हुनुपर्नेमा जोड दिए। रङ्गशाला क्रिकेट खेलाडी उत्पादनमा सहयोगी हुने विश्वास व्यक्त गरे । उनलाई भरतपुर महानगरपालिका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

विश्वभर पहिचान बनाउँदै चिनियाँ स्मार्ट चश्मा

एजेन्सी । चीनले उत्पादन गरिरहेको स्मार्ट चश्माहरुले विश्वको ध्यान खिचेको छ । चिनियाँ चश्मा केन्द्रले स्मार्ट उत्पादनहरू मार्फत विश्वव्यापी ध्यान खिचेका हुन् । एआईमा आधारित यस्ता स्मार्ट चश्मा कम्पनीहरुले जनवरी २०२५ मा, अमेरिकामा भएको अन्तर्राष्ट्रिय उपभोक्ता इलेक्ट्रोनिक्स शोमा आफ्नो डेब्यू गरेपछि थप चर्चा पाएका हुन् । झेजियाङ इन्टरटेक कम्पनी लिमिटेडका सह–संस्थापक टोङ लुयाओले स्मार्ट चश्माले […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलाली, २५ साउनः यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण स्थानीयस्तरमा माछापालन गर्दै आएका किसान समस्यामा परेका छन् । यहाँ उत्पादित माछाले उचित मूल्य पाउन नसकेपछि किसान समस्यामा परेका हुन् । यहाँ उत्पादित माछा बिक्रीका लागि बजारको समस्या नभए पनि जिल्लाका विभिन्न सिमानाकाबाट अवैध रूपमा भारतीय माछा भित्रिने गरेकाले उचित मूल्य प्राप्त हुन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

काठमाडौँ, २५ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न सरकार दृढ रहेको बताएका छन् । मधेस प्रदेशका आठ जिल्लामा ७६ दशमलव ५४ प्रतिशत रोपाइँ भएकामा खुसी व्यक्त गर्दै उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै तराईमा सिँचाइको स्थायी समाधान खोजिने बताएका हुन । तराईमा आगामी वर्षदेखि आकासे वर्षाको निर्भरता हटाएर सिँचाइको स्थायी समाधान […]

कोशी मुख्‍य समाचार समाचार

मेकानिकल इञ्जिनियरिङमा  अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

गण्डकी, २५ साउनः पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु हुने भएको छ । विश्वविद्यालयले पाठ्यक्रम तयार गरी पहिलोपटक यस शैक्षिकसत्रका लागि भर्ना खुलाएको विश्वविद्यालयका विज्ञान तथा प्रविधि सङ्कायका डिन सहप्राध्यापक बुद्धिराज जोशीले जानकारी दिए । विश्वविद्यालयले समयानुकूल आवश्यकता समेतलाई दृष्टिगत गर्दै नवीनतम् प्रविधियुक्त विषयको पठनपाठन बढाउने योजना अनुुरुप नै मेकानिकल […]

बागमती मुख्‍य समाचार समाचार

सवारी साधन दुर्घटनामा मृत्यु

देउखुरी दाङ, २५ साउनः दाङमा दुईवटा सवारी साधन मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छभने दुई जना घाइते भएका छन् । घोराही– तुलसीपुर सडकखण्डको तुलसीपुर–१८ दुधरासमा तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको लुप्र०२–००१प ११२१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु३४प ५४०६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले […]

बागमती मुख्‍य समाचार समाज

पूर्वराष्ट्रपति भण्डारीद्वारा गाईजात्रा पर्वको शुभकामना

काठमाडौँ, २५ साउन : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको बताएका छन् । गाईजात्रा पर्वका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उहाँले नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व सांस्कृतिक विविधता र राष्ट्रिय एकताको प्रतिविम्ब रहेको छ भने । पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् , “नेपालीहरूको […]