१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

फेसबुकमा आएको आकर्षक विज्ञापनको लिङ्क खोल्दै हुनुहुन्छ भने होसियार !

काठमाडौँ, २८ साउनः तपाईं सामाजिक सञ्जालमा आउने अनेकन आकर्षक विज्ञान देख्नुभयो भने के गर्नुहुन्छ ? हतारिएर उक्त विज्ञापनका लिङ्क खोल्नुहुन्छ वा त्यसलाई वेवास्था गर्नुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा भएको उल्लेखनीय विकास र विस्तारसँगै त्यसका सकारात्मक र नकारात्मक दुवै पाटा मुखर भएर आएको छ । सामाजिक सञ्जाललाई सकारात्मक रुपमा प्रयोग गर्ने कि त्यसलाई नकारात्मक बनाउने भन्ने […]

कोशी मुख्‍य समाचार समाचार

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भोजपुर, २८ साउनः पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोड १३ लाख लागतमा संरक्षण गरिएको हो । गाउँपालिकाले पोखरी तथा मन्दिर आसपासमा रहेका बस्तीलाई हटाएर पोखरीको संरक्षण गरेको जनाएको छ । जसअन्तर्गत पोखरीको […]

मधेश मुख्‍य समाचार विशेष समाचार

उपचारका क्रममा कैदीको मृत्य भएपछि छानबिन समिति गठन

वीरगञ्ज पर्सा, २८ साउनः जिल्ला प्रशासन कार्यालय पर्साले नारायणी अस्पतालमा उपचारका क्रममा मङ्गलबार कैदीबन्दी राहुल साह तुरहाको मृत्यु भएपछि छानबिन समिति गठन गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले घटनाबारे विस्तृत छानबिन गरी १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्ने गरी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी बाबुलाल […]

बागमती मुख्‍य समाचार समाचार

पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड

काठमाडौं, २८ साउनः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुकको विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्दै पत्रकारितामा सत्य, निष्पक्षता र जिम्मेवारीको मान्यता कायम राख्नुपर्नेमा जोड दिएका छन् । मङ्गलबार यहाँ आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ फोनिजको २६औँ स्थापना दिवस तथा फोनिज अवार्ड(२०८२ मा मन्त्री गुरुङले आदिवासी पत्रकारिताले मुलुकको सञ्चार क्षेत्रमा ठूलो योगदान पु¥याएको […]

बागमती मुख्‍य समाचार समाचार

सप्ताहव्यापी गाईजात्राअन्तर्गत पशुपति क्षेत्रमा रोपाइँजात्रा

काठमाडौँ, २८ साउनः गाईजात्रा सप्ताहको तेस्रो दिन मङ्गलबार पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिर परिसरमा रोपाइँजात्रा सम्पन्न भएको छ । सप्ताहव्यापी गाईजात्राको तेस्रो दिन अर्थात् भाद्र कृष्ण तृतीयाका दिन प्रत्येक वर्ष पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर परिसरमा यो जात्रा हुने गरेको छ । पुरुषले महिलाको भेष धारण गरी खेतालालाई खाजा बाँडेको अभिनय गरिने यो जात्रा हेर्न पशुपति क्षेत्रमा […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइयो

दोधारा चाँदनी कञ्चनपुर, २८ साउनः कञ्चनपुरमा ३९ वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बेदकोट नगरपालिका–१० मा २३ वटा र कृष्णपुर नगरपालिकामा–१ मा १६ वटा छाउगोठ भत्काइएको जानकारी दिए । बेदकोट र कृष्णपुर नगरपालिकाको निगाली र भेन्टी बजारमा रहेका ३९ वटा छाउगोठ भत्काइएको छ, उनले भने, स्थानीय […]

बागमती मुख्‍य समाचार समाज

धार्मिक सहिष्णुताका लागि लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना

काठमाडौँ, २८ साउनः श्री बौद्धनाथ क्षेत्र विकास समितिले धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र रक्षामन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राह्मण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गरे। उनीहरूले महाङ्कालको पूजाअर्चना गरी प्रसाद […]

बागमती मुख्‍य समाचार विशेष समाचार

रवीन्द्र ढाँटलाई पाँच लाख पुरस्कार

काठमाडौँ, २८ साउनः आफ्ना भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै म्याट्रिक्स फाइट नाइट एमएफएन बान्टमवेट च्याम्पियन बन्न सफल बझाङका रवीन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप रु पाँच लाख प्रदान गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबारको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई उक्त रकम प्रदान गरिने जानकारी आज सामाजिक सञ्जाल फेसबुकबाट दिएका हुन् । प्रधानमन्त्रीले च्याम्पियन ढाँटका प्रशिक्षकलाई रु दुई लाख […]

अर्थ बागमती समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ ०५ पैसा र बिक्रीदर १४० रुपैयाँ ६५ पैसा तोकिएको छ । यस्तै राष्ट्र बैंकले आज युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ २३ पैसा, युके पाउन्ड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच वटा समितिको बैठक बस्ने भएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गत अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभा अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागिएको हो । आज बस्ने […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २६ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५ […]

अर्थ बागमती मुख्‍य समाचार समाज

सागर डिष्टिलरीको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । गत साउन १२ गते कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्कासनका लागि अनुृमति पाएको थियो । त्यसैका […]