१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

स्मार्ट शौचालयमा स्नान र स्तनपान कक्ष 

काठमाडौँ, २८ साउन ः सार्वजनिक शौचालय भन्ने बित्तिकै दिसा, पिसाब गर्ने स्थान भन्ने बुझिन्छ । यस्ता शौचालयमा पस्ने बित्तिकै नाक थुन्नुपर्ने पनि हुनसक्छ । अर्कोतर्फ, यस्ता शौचालयमा फरक क्षमता ९अपाङ्गता०, स्नान, स्तनपान कक्ष तथा स्यानिटरी प्याड तथा डाइपर फेर्ने सुविधा पाउनु त कल्पना बाहिर । तर आजदेखि कलङ्की नागढुङ्गा राजमार्गअन्तर्गत चन्द्रागिरि–१५ ढुङ्गेअड्डास्थित बस बिसौनी नजिक […]

कोशी मुख्‍य समाचार समाज

सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदार मृत फेला

धरान सुनसरी, २८ साउनः सुनसरीको दुहबी नगरपालिका–४ स्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र एक कामदार मृत फेला परेका छन् । मृतकहरूमा दुहबी–२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन् । तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले […]

बागमती मुख्‍य समाचार समाचार

कर्णाली सरकारले विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिने

कर्णाली, २८ साउनः कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले नागरिकको स्वास्थ्य समस्या समाधानमा विशेष प्राथमिकता दिएको छ । मानव स्वास्थ्य बचाउन र नागरिकलाई स्वास्थ्य जाँचका लागि अस्पतालसम्म पुग्ने तथा फर्किने क्रममा हुने आर्थिक अभाव परिपूर्ति गर्न सरकारले सहयोग गर्ने भएको हो । सरकारले ‘विपन्न तथा असहाय नागरिकका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च’ कार्यक्रम सञ्चालन […]

बागमती मुख्‍य समाचार

उच्च अदालतका २७ जना न्यायाधीशलाई शपथ

काठमाडौँ, २८ साउन : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समुपस्थितिमा उच्च अदालतको न्यायाधीशका लागि नियुक्ति भएका २७ न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराइएको छ । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले नवनियुक्त न्यायाधीशलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन । न्याय परिषद्को यही साउन २२ गते बसेको बैठकले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

भौतिक पूर्वाधारको अवस्था कमजोरका कारण क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने बाध्यता छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले समग्र कारागारको भौतिक पूर्वाधारको अवस्था कमजोर रहेको बताएका छन् । बुधबार बसेको कानुन न्याय तथा मानव अधिकारी समितिको बैठकमा बोल्दै उनले धेरैजसो कारागारमा क्षमताभन्दा बढि कैदीहरु रहेको अवस्था रहेको बताउँदै कारागारको भौतिक संरचना ठूलो र पूर्वाधार निर्माणको लागत बढि लाग्ने भएकाले समयमा नै सम्पन्न गर्न स्रोतको कमि भएको बताए । […]

बागमती मुख्‍य समाचार

रबि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् । लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी छन् । बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले […]

मुख्‍य समाचार लुम्बिनी समाचार

ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’

मर्चवार लुम्बिनी, २८ साउन ः बुद्धको जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीका लागि श्रद्धा र आस्थाको केन्द्र हो । लुम्बिनीलाई विश्वभर शान्तिको मुहानका रूपमा चिनिन्छ । तर बौद्ध विद्वानहरुले व्याख्या गरेको र बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने बुद्धको मावली अमकोहिल नगर देवदह को अझै पनि ओझेलमा छ । रुपन्देहीको मर्चवारी–२ अमवास्थित सगरा नामक देव निर्मित प्राचीन पोखरी […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

बैतडी, २७ साउनः जिल्लाको दुर्गम तल्लोस्वराड क्षेत्रस्थित शिवनाथ गाउँपालिकामा विद्युत् सेवा विस्तार भएको छ । गाउँपालिकाकाको वडा नं २ शर्माली र वडा नम्बर ३ सौगडामा विद्युत् सेवा विस्तार भएको हो । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदका अनुसार भारतसँग सिमाना जोडिएको शिवनाथ–२ शर्मालीका ५८ घरमा बिजुली पुगेको छ । वडा नम्बर ३ को सौगडामा पनि धमाधम […]

कोशी मुख्‍य समाचार समाचार

उत्पादनमा आधारित अनुदानले तनहुँका किसान व्यावसायिक पशुपालनमा

तनहुँ २८ साउनः व्यास नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान प्रदान गरेपछि यहाँका सर्वसाधारण व्यावसायिक पशुपालनतर्फ आकर्षित भएका छन् । किसानलाई प्रोत्साहनस्वरुप सहकारीमार्फत दुध र मासुमा अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । दुर्इं हजार ५०० किसानले गाई, दुई हजार जनाले भँैसी र सात हजार ५०० ले बाख्रा पालेका उनले बताए । गत […]

कर्णाली मुख्‍य समाचार समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा रोकाय

कर्णाली, २८ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन ।

कोशी मुख्‍य समाचार समाचार

खोलामा बगेर बालकको मृत्यु

दमक झापा, २८ साउनः खोलामा बगेर दमक–१० जहदाका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्रको मृत्यु भएको छ । आज बिहान स्थानीय भालुखोला तर्ने क्रममा उनी बगेका हुन् । प्रहरी निरीक्षक नवीन राईका अनुसार बगेको आधा घण्टापछि उद्धार गरी दमकस्थित निम्स अस्पताल पुर्याइएकामा चिकित्सकले निजलाई मृतक घोषणा गरेका हुन् ।

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

जेलेन्स्कीको चेतावनी बीच ट्रम्प र पुटिन मात्रै अलास्कामा भेट्दै

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको चेतावनीको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनले शुक्रबार अलास्कामा एक्लाएक्लै भेट्ने छन् । केहिदिन अघि युक्रेनको सहभागिता बिना गरिएको कुनै पनि निर्णय अस्वीकार्य हुनेछ भन्दै जेलेन्स्कीले एक भिडिायो मार्फत चेतावनी दिएका थिए । ह्वाइट हाउसका प्रेस सचिव कारोलिन लेभिटले मंगलबार घोषणा गरे कि ट्रम्प […]