१९ आश्विन २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

केचना–कञ्चनजङ्घा सडक अवरुद्ध

फिक्कल इलाम, २८ साउन ः केचना–कञ्चनजङ्घा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाम नगरपालिका–११ सोयाकस्थित घोर्लेभिरमा गए राति खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोले उक्त सडक अवरुद्ध भएपछि इलामको गोलाखर्क हुँदै झापा जाने सडक पनि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध भएपछि लामो दूरीको मेची राजमार्गबाट नै सवारीसाधन सञ्चालन […]

गण्डकी मुख्‍य समाचार समाचार

कर्णालीको अदुवा–बेसार विदेशी बजारमा रोजाइ

काँक्रेविहार सुर्खेत, २८ साउनः आर्थिक वर्ष २०८१र८२ मा कर्णालीबाट तीन सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तरराष्ट्रिय मापदण्ड अनुसार प्रमाणीकरण गरी जर्मनी निर्यात गर्न थालिएको छ । सल्ल्यान, रुकुमपश्चिम […]

बागमती मुख्‍य समाचार समाचार

‘पर्यावरण संरक्षणमा हात्ती अनिवार्य’

चितवन, २८ साउनः पर्यावरण संरक्षणमा हात्तीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले तिनको संरक्षणमा लाग्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । चौधौँ अन्तरराष्ट्रिय हात्ती दिवसका अवसरमा सौराहामा आयोजित भएको हात्ती वनभोज कार्यक्रमका उनीहरूले हात्ती संरक्षण नगरी पर्यावरण संरक्षण नहुने बताएका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले हात्तीबिना संरक्षणको कल्पना गर्न नसकिने बताए […]

गण्डकी मुख्‍य समाचार समाचार

बागलुङ र पर्वतमा चक्लाबन्दी गरेर व्यावसायिक फलफूलखेती

ढोरपाटन बागलुङ, २८ साउनः प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइमार्फत बागलुङ र पर्वतका विभिन्न स्थानमा ९९.५ हेक्टर जग्गा चक्लाबन्दी गरी व्यावसायिक रुपमा फलफूल तथा सागसब्जीखेती थालिएको छ । परियोजना एकाइका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७६÷७७ देखि कृषक समूह र कृषि सहकारीमार्फत किसानलाई जोडेर व्यावसायिक खेतीतर्फ आकर्षित गर्न चक्लाबन्दी गरिएको हो । जग्गा चक्लाबन्दी गरेपछि […]

बागमती मुख्‍य समाचार समाचार

आज सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम […]

बागमती मुख्‍य समाचार समाचार

प्रेस स्वतन्त्रता हननका ९४ घटना

काठमाडौँ, २८ साउन ः गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो । विसं २०८१ साउन १ देखि २०८२ असार ३२ गतेसम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी […]

मधेश मुख्‍य समाचार समाचार

चौध वर्षमा पनि बनेन कमलामा पुल

सिरहा, २८ साउनः कमला नदीमा २०६८ सालमा निर्माण सुरु भएको पक्की पुल अझै अधुरो छ । तीन वर्षमा सम्पन्न गर्ने भनिएको पुल १४ वर्षमा पनि पूरा नहुँदा सिरहा र धनुषाका सर्वसाधारण वर्षायाममा अधिक प्रभावित हुने गरेका छन् । उनीहरूको एकमात्र सहारा डुङ्गा बनेको छ । सिरहा नगरपालिका–५ का वासुदेव यादव दैनिक गाईवस्तुलाई घाँसपात गर्न नदीपारि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो विदेश भ्रमण, सरकारका उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्नुहुने प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईँले जानकारी दिए। तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली यही साउन २३ गते स्वदेश […]

कोशी खेलकुद मुख्‍य समाचार

ताप्लेजुङ गोल्डकपः सेमिफाइनल आजदेखि

ताप्लेजुङ, २८ साउनः तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकअन्तर्गत सेमिफाइनलका खेल आजदेखि हुँदैछन् । पहिलो खेल सुनसरीको द योङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ । यही साउन २४ गतेदेखि सुरु भएको गोल्डकपको उद्घाटन खेलमा सुनसरीले आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । यसैगरी, ललितपुरले भारतको […]

बागमती मुख्‍य समाचार समाचार

कृषि सामाग्री र साल्ट ट्रेडिङका कर्मचारीसँग प्रधानमन्त्रीले भने तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानुप¥यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीलाई बोलाएर तपाइँहरुको संस्थाले गर्दा नेता र मन्त्रीले गालि खानु परेको बताएका छन् । रासायनिक मल आपुर्तिको जिम्मा पाएका यी दुबै कम्पनीका कर्मचारी सहित कृषि मन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी लाई मंगलबार बोलाएर प्रधानमन्त्रीले मलको […]

बागमती मुख्‍य समाचार समाचार

बागमती प्रदेश सभाको नवनिर्मित भवनको समुद्घाटन

हेटौंडा । बागमती प्रदेश सभाको नवनिर्मित नयाँ भवनको समुद्घाटन गरिएको छ। मंगलबार अपरान्ह एक समारोहका बीच सभामुख भुवन कुमार पाठकले नवनिर्मित सभा भवनको समुद्घाटन गरेका हुन्। करिब ५ वर्षको अवधि लगाएर निर्माण गरिएको प्रदेशसभाको अस्थायी प्रि–फ्याब भवनको मंगलबार उद्घाटनसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । २०७७ साल मंसिर १० गते शिलान्यास गरिएको २५० जना अट्ने […]

गण्डकी मुख्‍य समाचार समाचार

डाँडाखेत सवस्टेशनको पूर्वाधार निर्माण सकियो

म्याग्दी, २८ साउन :  म्याग्दीको मालिका गाउँपालिका–७ डाँडाखेतमा विद्युत् सवस्टेशनको पूर्वाधार निर्माण सकिएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित डाँडाखेत–राहुघाट प्रशारणलाइन आयोजनामार्फत सवस्टेशनको पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको हो । आयोजना प्रमुख रोशन अग्रवालले डाँडाखेत सवस्टेशनमा उपकरण राख्ने जग्गा र भवन तयार भएको जानकारी दिए । एकाउन्न रोपनीमा निर्माण भएको डाँडाखेत सवस्टेशनमा १३३÷३३ केभी, […]