२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नयाँ विद्रोहको तयारीमा छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा आउँदादेखि अहिलेसम्म माओवादी पार्टी विभाजनको लागि अनेक षड्यन्त्रहरु भइरहेको बताएका छन् । आइतबार ‘बोत्ले हत्याकाण्ड’ दोलखाको स्मृति सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादीहरुले पार्टीलाई पटक–पटक विभाजन गर्नको लागि अनेक षड्यन्त्रहरु गर्ने र जालझेलहरु भइरहेको बताए । उनले भने,‘हामी शान्ति सम्झौतामा आउँदादेखि नै प्रतिक्रियावादीहरुले हाम्रो […]

बागमती मुख्‍य समाचार

दुईवटा संसदीय समितको बैठक बस्दै,यस्तो छन् कार्यसूची

काठमाडौं । आज संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठके बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ । साथै समितिमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित […]

मुख्‍य समाचार लुम्बिनी समाचार

कालिका क्याम्पसले प्राप्त गर्याे क्युएए प्रमाणपत्र

बुटवल । नेपालकै नमूना सामुदायिक क्याम्पस बुटवल कालिका क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट गुणस्तर  सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्राप्त गरेको छ। स्थापनाको सबैभन्दा छोटो अवधिमा  क्युएए  प्राप्त गर्ने नेपालको पहिलो सामुदायिक क्याम्पस बन्न सफल भएको हो। वि.सं. २०७०  मा  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी सालमा स्थापना भएको क्याम्पसले १२ वर्षमा क्युएए प्रमाणपत्र प्राप्त  गरेको हो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

 बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज पदबाट राजीनामा दिने भएका छन् । लामाले आइतबार बिहान हेटौंडा पुगेर राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री लामाले प्रस्तावअनुसार आफूले १४ साउनमा नियुक्त गरेका तीन जना मन्त्रीलाई सपथ गराउनु पर्ने र लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति भएपछि उनी […]

बागमती मुख्‍य समाचार

पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्र ढाँटलाइ प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइटमा च्याम्पियन बनेका नेपालका रवीन्द्र ढाँटलाई  बधाई दिएका छन्। आइतबार नेपाली मिक्स्ड मार्सल आट्र्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ऐतिहासिक जित हासिल गरेकोमा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन्। उनले लेखेका छन्,‘भारतका चोंगरेंग कोरेनलाई हराउँदै रवीन्द्र ढाँट म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट […]

खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार

रवीन्द्र ढाँटले जिते एमएफएनको उपाधि

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका छन्। भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै उनले च्याम्पियनसिप टाइटल जितेका हुन् । यो जितसँगै उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर समेत बनेका छन्। यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ भने उनले कोरेनको पाँच […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज तुर्कमेनिस्तान जाँदै छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज तुर्कमेनिस्तान जान लागेका हुन् । प्रधानमन्त्री ओलीको भ्रमण सम्मेलन ५ देखि ८ अगस्ट २०२५ सम्म तुर्कमेनिस्तानको अवाजामा आयोजना हुने बताएको छ । ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउने सल्लाहकार स्मिथमाथि छानवीन सुरु

काठमाडौं । राष्ट्रपति ट्रम्पविरुद्ध अभियोग लगाउन नेतृत्व गरेका पूर्व विशेष सल्लाहकार ज्याक स्मिथमाथि छानवीन हुने भएको छ। पदबाट राजीनामा दिएका उनलाई अफिस अफ स्पेसल काउन्सिल (ओसिएस)ले छानबीन अघि बढाउने भएको हो। ट्रम्पले कागजातको दुरुपयोग गरेको तथा सन् २०२० को निर्वाचनलाई प्रभावका पार्न खोजेको आरोपमा छानवीन गर्न स्मिथलाई सन् २०२२ मा विशेष सल्लाहकार चयन गरिएको थियो […]

मुख्‍य समाचार राजनीति

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गरिएको छ । बैठकमा सांसदहरूले विधेयकका विभिन्न पक्षबारे धारणा राख्दै कानुन निर्माणमा संवेदनशीलता अपनाउनुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री तथा नेकपा (एमाले) की सांसद विद्या भट्टराईले छलफलका क्रममा मिडिया काउन्सिल विधेयक कस्तो हुनुपर्छ भन्नेबारे सबैले आफ्ना धारणा […]

बागमती मुख्‍य समाचार समाचार

किसानलाई पर्याप्त मल उपलब्ध गराउन अझै सकिने अवस्था छैन : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीलेनेपाल सरकारले छुट्याइएको बजेट अनुसार चालु आर्थिक बर्षमा ९८ प्रतिशत रासायनिक मल आयात भएको बताएका छन् । प्रथम राष्ट्रिय कोदो दिवसको अवसरमा बोल्दै विगतको १० बर्षको अवस्था हेर्दा आयातमा सन्तोष मान्न नसकिएपनि यसबर्षको क्रियाशीलताले आयात बढाउन सकिएको बताए । तर हालको बजेटले किसानलाई प्रर्याप्त मल उपलब्ध गराउन […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

मधेश प्रदेशका विपक्षी दलहरुले बुझाए मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

जनकपुर ।मधेस सरकारले मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेककेहीगर्न नसकेको भन्दै विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । शुक्रबार मधेश प्रदेशमा प्रतिपक्षी दलहरुमा रहेका जनता समाजवादी पार्टी नेपाल, ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. एकिकृत समाजवादी, राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका सांसदहरुले मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई संयुक्त रुपमा ९ बुंदे मागसहितको ध्यानाकर्षण पत्र बुझाएका […]

कर्पोरेट मुख्‍य समाचार समाचार

कोदो र फापरबाट बनेका परिकार प्रवद्र्धन गर्न निजी क्षेत्र तयार छ : अध्यक्ष ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरुको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल कोदो,फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रवद्र्धन गर्नका लागि र यसबाट बनेको परिकारहरुका बारेमा सचेतना जगाउनका लागि सरकारतथा अन्य संघ,संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने बताए […]