२८ असार २०८३, आईतवार
अर्थ बागमती मुख्‍य समाचार

शेयर बजारमा गिरावटः एकैदिनमा ६३.७३ अंकले घट्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसुचक ६३.७३ अंकले घटेसँगै शेयर बजारमा ठुलो गिरावट आएको छ । आज नेप्से परिसुचक २.१८ प्रतिशतले घट्दै २८५८.९० बिन्दुमा झरेर रोकिएको छ । यसअघि तीन हजार बिन्दु नाघेको नेप्से पछिल्ला केहि दिनयता निरन्तर ओरालो यात्रामा छ । यस दिन कुल ३१९ स्टकको १३ अर्ब ७ करोड ५० लाख ४ हजार ९२० रुपैयाँ बराबरको ३ करोड २२ लाख ६० हजार ३४१ कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बिहीबार कुल १५ अर्ब ९८ करोड ८९ लाख ११ हजार ९९४ रुपैयाँको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता शेयर कारोबार भएको थियो । आज सेन्सेटिभ इन्डेक्स १०.३७ अंकले घटेको छ । फ्लोट इण्डेक्स ४.२२ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ३.५२ अंकले घटेको छ । यसदिन ट्रेड टावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १०४.३० रुपैयाँले बढेर ११४८.३० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी शिवश्री हाइड्रोपावरको शेयर मूल्यमा पनि सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता १९.२७ रुपैयाँले बढेर २१२.१० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, थ्रि स्टार हाइड्रोको शेयर मूल्य प्रतिकित्ता ३९.८४ रुपैयाँले बढेर ९१५.८७ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने नारायणी विकास बैंकको शेयर मूल्यपनि प्रतिकित्ता ६४.१० रुपैयाँले बढेर १७२२.८६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।     यसदिन सान्भि इनर्जी र समता घरेलु लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर १०÷१० प्रतिशतले घटेको छ । सान्भी इनर्जीको शेयर मूल्य ८९.१० रुपैयाँले घटेर ८०२.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी, समता लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ११८.६५ रुपैयाँले घटेर १०७२.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यसदिन हिमालयन डिस्टिलरी लिमिटेड, हिमालयन रिइन्स्योरेन्स लिमिटेड, नेपाल रिइन्स्योरेन्स, सिवम् सिमेन्ट र नाग्दी ग्रुप पावर लिमिटेडको शेयर सबैभन्दा धेरै कारोबार भएको छ ।  

बागमती मुख्‍य समाचार समाचार

राहदानी बनाउनेलाई परामर्श सेवा

सिरहा, १८ साउन ः यहाँको इलाका प्रशासन कार्यालय लहानबाट गत आर्थिक वर्ष २०८१÷८२ मा राहदानी बनाउने तीन हजार ३१८ जनाले आप्रवासी स्रोत केन्द्रबाट परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जान चाहनेहरूका लागि कार्यालयभित्रै स्थापना गरिएको स्रोत केन्द्रबाट दिइने यो परामर्श सेवा सशक्त सुरक्षा उपायका रूपमा लिइन्छ । कार्यालय […]

बागमती मुख्‍य समाचार समाचार

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

काठमाडौँ । परम्परागत औजार “ढिकी जाँतो” को नामबाट काठमाडौंमा केही युवाले स्थानीय स्तरमा उत्पादन हुने खाद्य सामग्रीलाई संकलन गरेर शहरवासीको भान्सामा पु¥याउने काम जोडतोडले गरिरहेका छन् । कोभिड–१९ को महामारीमा लकडाउन भएर घरमै बसिरहेका बेला चार्टड एकाउन्टेन्ट कृष्ण प्रसाद शर्मा, आइटी इन्जिनियर अश्विन सापकोटा र उनका साथीहरू बीच स्थानीय स्तरमा उत्पादन हुने खाद्यन्नलाई सिधैं उपभोक्ताको […]

बागमती मुख्‍य समाचार

निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएकाछन्  । आइतबार सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । उनले निर्मला प्रकरणको अनुसन्धानमा कुनैकसर बाँकी नराख्न सिआइबीलाई निर्देशन दिएका छन्  । “ निर्मला पन्त लगायत ब्युरोले अनुसन्धान गरिरहेको सबै जटिल घटनाको अनुसन्धानमा तिव्रता दिन आग्रह गर्छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेकोछ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।” उनले सिमित स्रोत साधनका बिच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको बताए  । मुलुकमा पछिल्लो समय बित्तिय अपराध बढेकाले आफूले बित्तिय अपराध नियन्त्रणका लागि बित्तिय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए  । “ प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुदै आएको छ ।” उनले  भने–“ प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतको भन्दा चालु आर्थिक बर्षमा तुलनात्मक रुपमा बजेट बढी बिनियोजन गरिएको छ ।” प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पुरा गर्न प्रविधि, जनशक्ति लगायतका विकास गरिनेमा जोड दिए । सो क्रममा सिआइबीका बरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौती लगायतका विषयमा प्रस्तुती राखे । बरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त प्रकरणका साथै अरु घटना सम्वन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराएका थिए । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरित्त महारिक्षक चन्द्रकुवेर खापुङ् लगायत सिआइबीका कार्यरत प्रहरी अधिकारी सहभागी थिए ।  

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भानु खरेलको टिमले गरे एनआरएनए अमेरिकाको लागि उम्मेदवारी घोषणा

अमेरिका । यही अगस्ट १६–१७ मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाको अध्यक्ष पदका लागि भानु खरेल र उनको टिमले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन्। शनिवार टेक्सस इर्भिंगमा आयोजित एक कार्यक्रममा उम्मेदवारी घोषणा गर्दै भानु खरेलले अमेरिकामा रहेका नेपालीहरूको सामुदायिक सम्मान अरू उच्च बनाउन र अमेरिकास्थित नेपालीहरूको बौद्धिक, आर्थिक र व्यावसायिक […]

बागमती मुख्‍य समाचार समाचार

विश्व आदिवासी दिवस मनाइने, सप्ताहव्यापी कार्यक्रम तय

काठमाडौं ।  विश्वभरिका आदिवासी समुदायद्वारा प्रत्येक वर्ष अगस्त ९ तारिखका दिन मनाइँदै आएको अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवसको ३१ औं संस्करण नेपालमा पनि भव्य समारोहका साथ मनाउने तयारी गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालयको आयोजनामा यो दिवस राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा मूल समारोहसहित सप्ताहव्यापी कार्यक्रमका साथ मनाइने भएको हो । यस वर्षको […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल चेम्बर र श्रीलङका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता

काठमाडौं । श्रीलङकास्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल चेम्बर अफ कमर्स एनसीसी र श्रीलङकन चेम्बर अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज  एसएलसीएसएमआई बीच साना तथा मझौला उद्यम प्रवद्र्धन, व्यापार तथा लगानी अभिवृद्धिका लागि रणनीतिक साझेदारीको सम्झौता भएको छ । श्रीलङकाका लागि नेपाली राजदूत डा.पूर्ण बहादुर नेपालीको उपस्थितिमा सम्झौता पत्रमा एनसीसीका तर्फबाट अध्यक्ष कमलेस कुमार अग्रवाल र एसएलसीएसएमआईका तर्फबाट अध्यक्ष रोहन डी शिल्भाले हस्ताक्षर गरेका हुन् । दुई संस्थाबीच साना तथा मझौला उद्यमहरुको प्रवद्र्धन, दुईदेशीय व्यापार एवं लगानीको अवसर तथा नेपाल श्रीलङकाको निजी क्षेत्रबीच व्यापार सहजीकरण गर्र्ने विषयमा सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साना तथा मझौला उद्यममा एक अर्काको देशमा भएका अभ्यास, नीतिगत व्यवस्था, क्षमता अभिवृद्धि कार्यक्रम,  प्रशिक्षण, कार्यशाला गोष्ठि जस्ता विषयमा सहकार्य गर्ने विषयमा सम्झौतामा हस्ताक्षर भएको हो । यस्तै दुवै देशका चेम्बर प्रतिनिधीहरुबीच दुई पक्षीय भेटवार्ता, साना तथा मझौला उद्यममा दुई पक्षीय लगानी जस्ता विषयमा पनि सहकार्य हुने जनाईएको छ । साना तथा मझौला उद्यमीहरुद्धारा उत्पादित बस्तुहरुको एक अर्काका देशमा प्रर्दशनी एवं व्यापार अभिवृद्धि गर्नका लागि नेपाल चेम्बर अफ कमर्स एनसीसी र एसएलसीएसएमआईका तर्फबाट समन्वय गरिने विषय सम्झौतामा उल्लेख छ । दुई पक्षीय व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, साना तथा मझौला उद्योगको सम्भावना सम्वन्धमा संयुक्त खोज तथा अनुसन्धान गरिने चेम्बरले जनाएको छ । खासगरी नेपाल र श्रीलङकामा साना तथा मझौला उद्यमको प्रर्वद्धन गर्नका लागि दुई देशका चेम्बरबीच रणनीतिक साझेदारीको सम्झौता भएको चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।        

बागमती मुख्‍य समाचार राजनीति

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएको बताएका छन् । पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठद्वारा लिखित ‘लोकतन्त्र र जनअभिमत M नेपालको निर्वाचन इतिहास’  पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार शासक नभइ, व्यवस्थापक र सेवक मात्रै हुने बताएका हुन् । ‘लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार हुन्छ र जनताप्रति उत्तरदायी हुन्छ । यस प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र सेवक मात्रै हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो ध्येय सुशासन र समृद्धि हो । कोही पनि अराजक भएनन् भने सरकारले कानुुन लगाइरहन पर्दैन । अराजकता देखिएमा त्यसलाई कानुनुले आफ्नो बाटो लिनुुपर्ने हुन्छ ।’ यसैगरी उनले संविधान र लोकतान्त्रिक प्रणाली नमान्नेहरुले संसद्मा अवरोध गरिरहेको बताए । प्रतिनिधिसभाका बैठकहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीको लगातारको अवरोध र बहिष्कारलाई सङ्केत गर्दै संविधान र कानुनभित्र रहेर स्वतन्त्रपूर्वक आफ्ना कुरा राख्न पाएको अवस्थामा पनि व्यवस्थाभित्रै छिरेर व्यवस्थाविरुद्ध आगो लगाउन खोज्ने प्रवृत्ति गलत भएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणाली आफैंमा गलत नभएको तर यसलाई कार्यान्वयन गर्ने प्रक्रियाका सन्दर्भमा कतिपय गलत प्रवृत्ति रहेकाले प्रक्रियामा देखिएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलीले नेपालको निर्वाचन प्रणाली खर्चिलो भएको र उम्मेदवारहरुले सीमाभन्दा बढी खर्च गर्ने गरेको सन्दर्भमा वक्ताहरुले गरेका टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अनुुभवमा त्यस्तो नभएको स्पष्ट पारे ।  

बागमती मुख्‍य समाचार

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा छलफल

काठमाडौं । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको संरक्षण, ग्यालरी बैठक पुनर्निर्माण र संसद भवनको निर्माण अवस्था तथा बहुविवाहसम्बन्धी कानुनमाथि गम्भीर छलफल भएको छ । बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकमा अवस्थित पुरातात्विक सम्पदाको संरक्षण, महालक्ष्मीस्थान मन्दिर परिसरमा निर्माण गरिएको व्यायामशाला तथा स्वयम्भू क्षेत्रको जग्गा व्यक्तिको नाममा नामसारी भएको विषयमा व्यापक […]

बागमती मुख्‍य समाचार समाचार

विदेशिएकाहरु क्षमता विकास गरेर फर्किनुहोला : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले विदेशिएका नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्किन आग्रह गरेकी छिन् । विदेश जान चाहने विद्यार्थीलाई रोक्न नसकिएपनि क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आइतबार आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री राणाले ६२८ उत्तिर्ण भएका नर्सहरुमध्ये ५०५ विदेश गएको भन्दै उनले क्षमता विकास गरेर स्वदेश फर्किन आग्रह गरेकी हुन् । महाराजगंज नर्सिङ क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) हालसम्म प्राप्त गर्न नसकेको सुन्दा अचम्म लागेको पनि उनले बताइन् । ‘अझैपनि यो क्याम्पसले क्युएए प्राप्त नगरेको भन्ने सुन्दा अचम्म लागेको छ । यस विषयमा आज क्याविनेटमा राख्नेछु । यो क्याम्पसले आजसम्म कुनैपनि क्वालिटी नपुगेको भन्ने मलाई लाग्दैन । कुनैपनि आफ्नो पर्सनल रिसिभी, राजनीतिक प्रतिशोधको कारण यत्रो क्याम्पसले क्युएए नपाउनु राम्रो कुरा होइन । कि त कारण भन्न सक्नुपर्यो कि त कारण दिनसक्नु पर्यो ।’ यसैगरी मन्त्री डा. राणाले वर्तमान स्वास्थ्य सेवा प्रणालीमा सुधार ल्याउनका लागि यस्तो संवेदनशील सेवामा समर्पित नर्सहरूलाई प्रोत्साहन, सेवाको सुरक्षा, समयानुकुल तालिम र प्राविधिक संशोधन उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । मन्त्री डा राणाले भनिन्, ‘नर्सहरूको भूमिकालाई स्वास्थ्य सेवकका रुपमा मात्र सीमित नराखी एक प्रशिक्षित स्वास्थ्य अभियन्ताका रुपमा विकास गर्नुपर्दछ । नेपालमा समावेशी, पहुँचयोग्य र गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका लागि नर्सहरुको यो भूमिका आवश्यक छ ।’ उनले नेपालमा सेफ मदरहुड नेटवर्क मार्फत् मातृ तथा शिशु स्वास्थ्यका क्षेत्रमा आफूले विगतदेखि गर्दै आएको अभियानको स्मरण गर्दै अहिले भने नेपालमा मातृ स्वास्थ्यका क्षेत्रमा धेरै सुधार भएको र त्यसमा थप प्रगतिका लागि नर्सिङ पेशालाई समयानुकुल सुविधासम्पन्न बनाई विकास गर्दै लैजानुपर्नेमा जोड दिइन् । नेपाली नर्सहरु विदेश गइरहेको वर्तमान अवस्थाप्रति उनले भनिन्, ‘यहाँहरुले राम्रो अवसर पाएरै विदेश गइरहनुभएको होला, त्यसमा म केही भन्दिन । तर पनि विदेशमा रहँदा त्यहाँको ज्ञान र सीप बटुलेर स्वदेश फर्किनुहोला । यो देशमा यहाँहरुको सख्त खाँचो छ ।’    

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

बहुविवाहसम्बन्धी कानुनी प्रस्तावप्रति चर्को विरोध : ‘के महिलाहरु प्रयोगशाला मात्र हुन् ?’

महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिनमात्र बनाउन खोजिदैछ : अधिकारकर्मी काठमाडौं । सरकारले बहुविवाहलाई कानूनी मान्यता दिने गरी कानुनको मस्यौदा तयार पारेको खबर सार्वजनिक भएपछि देशभर चर्को बहस सुरु भएको छ । महिला अधिकारकर्मी, कानुन व्यवसायीदेखि सर्वसाधारणसम्मले यस कदमको कडा आलोचना गरेका छन् । नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै कानुन व्यवसायी तथा सर्वोच्च बार एशोसिएसनका […]